Posts Tagged ‘public n politics’

Sujata Koirala
हुन त नेपाली राजनीतिक इतिहासमा उनी जति विवादित कोही छैन । जब जब कोइराला सरकार कुनै काण्डमा मुछियो तब तब कोइरालापूत्री सुजाताको पनि सँगसँगै नाम जोडिएकै छ । २०४८ मा बाबु प्रधानमन्त्रि भए पश्चात राजनीतिमा हाम्फालेकी सुजाता बाबुकै शक्तिमा चलखेल गर्न जर्मनीबाट नेपाल फर्किएकी हुन् । कोइराला सरकारका पालामा भएका तत्कालिन काण्डहरुको पछाडि यिनै संकीर्ण सोचकी धनी सुजाताको निर्णय हुन सक्ने विश्चस्त सुत्रहरु बताउँछन । अहिलेको विवादित एमआरपी प्रकरण होस् वा राष्ट्रिय ध्वजावाहक तत्कालिन शाही नेपाल वायुसेवा निगमसँग सम्बन्धित लाउडा ,धमिजा जस्ता चर्चित काण्ड ‍-हरेक विवादित निर्णयमा उनको नाम जोडिनुले यो मात्र एक संयोग नभएर पैसा र शक्ति सम्मिलित संकुचित सोचको उपज भएको प्रष्ट पार्दछ ।
आमा सुस्मा कोइरालाको निधन पश्चात उनको नाममा ट्रस्ट खोलेर समाजसेवा मार्फत राजनीतिमा प्रवेश गरेकी सुजाता ट्रस्टकै मामिलामा पनि चोखी छैनन् । समाजसेवाको नाममा सुस्मा कोइराला मेमोरियल ट्रस्टबाट लाखौ पैसा उठाई मण्डिखाटार,काठमाडौंमा घर किनेको आरोप लागेकी सुजाता बेलायतस्थित नेपाली दुतावास भवन बेच्ने विवादास्पद निर्णयको समेत आरोपित व्यक्तित्व हुन् ।
सत्ता परिवर्तनपिच्छे भष्ट्राचारका निम्ति नेताहरुलाई कमाइ खाने भाँडो बनेको नेपाल वायुसेवा निगम तीव्र राजनीतिक हस्तक्षेपका कारण दिनदिनै धराशायी बन्दै गइरहेको छ । २०४६ को बहुदलिय व्यवस्थाको उदयसँगै मौलाउदै गएको भष्ट्राचार र राजनीतिक दाउपेचको चरम चपेटामा परेको निगम २०५० सालमा आफुसँग चालु अवस्थामा रहेका दुइ बोइंग जहाज एयरबस किन्ने भन्दै तत्कालिन गिरिजा सरकारद्दारा कौडीको भाउमा जर्मनीलाई बेच्ने निर्णयसँगै पुर्णतया ओरालो लागेको देखिइन्छ ।

(more…)

विवाद र चर्चाको बिच घेरिएको गिरिजा प्रसाद कोइरालाको संक्षिप्त जिवनी

नेपाली कांग्रेसको जग बसाल्ने कोइराला परिवारद्दय विश्वेश्वरप्रसाद कोइराला (वि.पि.) र गिरिजाप्रसाद कोइराला (जि.पि.) नेपाली कांग्रेसको मात्रै नभई नेपाली राजनीतिक इतिहासकै शिखर व्यक्तित्वहरु हुन् । पिताजी कृष्ण प्रसाद कोइरालाको जहानिया राणा शासन विरोधी कार्यक्रमलाई नजिकबाट नियालेका  यि दुई दाजुभाइ एकै राजनीतिक वातावरणमा हु्र्केपनि यिनिहरुबिच धेरै भिन्नता पाइन्छ । विपि राजनीतिसँगै साहित्य र दर्शनशास्त्रमा चाख राख्ने अर्थात उनको व्यक्तित्वमा विभिन्न चरित्र थिए भने गिरिजाको पक्षमा भने ‘सिंगल माइन्डेड’ – यानी मात्र राजनीति ।

हुन त विपि र गिरिजाको राजनीतिक विश्लेषण गर्ने हो भने वि.पि.आफ्नो आदर्श र विचारका कारण आजसम्म जिवितै छन् भने गिरिजा ६० दशकको लामो अनुभव र राजनीतिक वृतलाई आफ्नै वरिपरि घुमाउन सक्ने खुबिका कारण नेपाली राजनीतिका एक महान नेताका रुपमा लोकार्पित भए । तथापी आफ्नै दाजुसँगको तुलनात्मक राजनीतिक जिवनलाई नियाली हे्र्ने हो भने गिरिजा कैयन विवादित काण्डहरुको मुख्य जरोको रुपमा आरोपित छन् भने यता विपिका सिद्दान्त र दर्शन अझै पनि कांग्रेसको मेरुदण्डको रुपमा स्थापित रहिरहेका छन् ।
वि.सं. २००३ को विराटनगरको जुटमिलमा मजदुर आन्दोलन पश्चात राजनीतिक यात्राको थालनी गरेका गिरिजा २०३० जेठ २९ गतेको विमान अपहरणका नाइके समेत हुन् । मोरंग जिल्ला सभापति हुदै २०३३ मा कांग्रेसको महामन्त्रीको पदभार सम्हालेका उनि २०४८ सालमा जननिर्वाचित सरकारका प्रथम प्रधानमन्त्रि हुन् । २०४८ सालसम्मको राजनितिक जीवनमा मात्र कांग्रेसी नेताका रुपमा चर्चित गिरिजा प्रधानमन्त्रि पश्चात २०५६ सालसम्म अनेकौ काण्ड र प्रकरणको विवादमा तानिइरहे । २०४९ सालको धमिजा काण्ड होस् वा २०५७ सालको लाउडा प्रकरण या सानातिना अन्य राजनीतिक तथा आर्थिक अनिमियताका आरोपहरु – चर्चित तर पुर्णत विवादित व्यक्तित्वको रुपमा उनि चिनिए  । अचानक २०६१ माघ १९ को राजा ज्ञानेन्द्रको शाही कु लाई आफ्नो बिग्रिएको छविलाई सपार्ने एक सशक्त माध्यमका रुपमा लिएका गिरिजाले समयको सहि मुल्याकंन गर्दै माओवादीलाई शान्ति र राष्ट्रिय सहमतिको मुलधारमा ल्याई एक अभिभावकको रुपमा दर्शाउन सफल रहे र जीवनको उत्तरार्धमा सम्पुर्ण दलहरुका राजनेताको रुपमा उदयमान रहे ।
A history of Nepal by John Whelpton
नेपाली राजनीतिक इतिहासका अध्येता र ‘ए हिस्ट्री अफ नेपाल’ का लेखक जोन ह्वेल्पटन आफ्नो लेखमा लेख्छन “राजतन्त्रको अवसान हुनुमा माओवादी र कोइराला भन्दा पनि राजदरबार हत्याकाण्ड र ज्ञानेन्द्रको क्रियाकलाप बढी जिम्मेवार छन् । नारायणहिटी दरबारकाण्ड र ज्ञानेन्द्रको शाही कदमले नेपाली जनता राजतन्त्रको विकल्पको रुपमा भौतारिइ तत्कालिन सात दल र माओवादीको १२ बुँदे सहमतिको समर्थक भइ जनआन्दोलनमा सहभागी भएका हुन् । विरेन्द्रको वंशनाश नभएको भए सायद मुलुकमा अहिले गणतन्त्र आउने थिएन ।” (२०६६ चैत १६ – नागरिक ) 
नेपालको राजनीतिक इतिहास पल्टाउदै जाने हो भने २००७ सालमा त्रिभुवनको पालामा जहाँनिया राणा शासनको पतनसँगै मौलाएको प्रजातन्त्र २०१७ सालमा  राजा महेन्द्रको शाही कु सँगै ओरालो लागेको देखिन्छ ।

(more…)

२०४८ – २०५८ सालको राजनीतिवृतमा कोइरालाको इतिहास र चर्चित लाउडा, धमिजा काण्ड

नेपाली राजनीतिमा प्रभुत्व पार्न सफल एक परिवार हो – कोइराला परिवार । पिता कृष्ण प्रसाद कोइरालाको पालादेखिनै समाजसेवा र राजनितिमा होमिएको यो परिवार अन्तत: गिरिजा प्रसाद कोइरालाको देहवसानसँगै अन्योलग्रस्त अवस्थामा छ । उनको निधनसँगै सफल नेतृत्व वहन गर्न सक्ने उत्तराधिकारीको अभाव नेपाली काग्रेसमा सहजरुपमा खट्किएको अनुभव गर्न सकिन्छ ।

कोइराला परिवारबाट विश्वेश्वर प्रसाद ,मातृका र गिरिजा प्रसाद गरी तिन भाइ नेपाली राजनितिमा प्रधानमन्त्रिको पदभार ग्रहण गरिसकेका छन् । अझ,पिताजी कृष्णप्रसाद कोइरालाका कान्छा सुपुत्र गिरिजाप्रसाद कोइराला चार पटक सम्म प्रधानमन्त्रि भइसकेका एक अनुभवि र खारिएका नेताका रुपमा विधमान रहे ।
Daughter Sujata Koirala Lighting the funeral pyre of Girija

निरंकुश राणा शासन (२००७) , पंचायति व्यवस्था विरुद्दको संयुक्त आन्दोलन (२०४६) र राजतन्त्र विरोधी जनआन्दोलन (२०६२-६३) मा अग्रणी भुमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइराला १० बर्षे लामो जनयुद्द गरेको माओवादीलाई जनआन्दोलन २ पश्चात शान्ति प्रक्रियामा ल्याउन खेलेको महत्वपुर्ण भुमिकाबाटै एकाएक आफ्ना अतितका कैयौ विवादित लाउडा, धमिजा, महाकाली सन्धि जस्ता काण्डहरुबाट पन्छिदै अकस्मात सबैले मान्य सर्वमान्य तथा एक युगपुरुष राजनेताका रुपमा उदयमान भए ।

 

कोइरालाको जन्म (१९८१ असार १८) देखिन निधन (२०६६ चैत ७) सम्मको संक्षिप्त राजनितिक जिवनी नियाल्ने हो भने कोइरालालाई  एक  द्दण र हठी स्वभावका निडर नेताको रुपमा लिन सकिन्छ , जसको प्रमाण जिवनकालको ७ बर्षे जेल सजाय र जेलभित्रकै २१ दिने भोक हडताललाई लिन सकिन्छ ।
राणा प्रधानमन्त्रि चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्वहरण सहित देश निकाला गरेपछि सम्पुर्ण कोइराला परिवार भारत निर्वासनमा रहदा ताका बि. सं. १९८१ मा भारतको बिहार राज्यमा गिरिजा प्रसाद कोइराला को जन्म भएको हो ।
(more…)