पुरुष वेश्या बनेको दिन #Suju_Story #My_Story

Posted: May 21, 2014 in article आहा
Tags: , , ,

sell, sex, soul, sold

Being a Male Prostitute after Dumped !!

आज ४ बर्षभन्दा ज्यादा भैसकेछ सुजुका यादरुपी जहरले मेरो मष्तिस्क रेटेको। भन्नुमात्र रेट्नु हो – आफैं रेटिदै छु। हटाउन खोज्यो – पौराणिक कालको कालीको कथा पून: दोहोरिएको आभाष पाउँछु। जति काट्यो त्यति नै बढ्दै जान्थे रे – सानोमा सुनेको ती दैत्यहरु। सुजुका यादहरु नि जति दबाउन खोज्यो जति मेटाउन खोज्यो – त्यति नै झ्याँन्गिदै आइरहेका छन्। लाग्छ – यिनै झ्याँगिएका यादहरुको पासोमा आफुलाई पाउनेछु कुनै एक दिन। त्यो दिन जमिन आफ्नो हुनेछैन, आकाशसम्म पुग्ने सामर्थ्य हुनेछैन – बस लट्किने छु र अनि मात्र अन्त्य हुनेछ ति यादहरुको नि देहसँगै। हो – त्यहि दिनको पर्खाइमा छु, खाँचो छ त मात्र विवेकशुन्य शुन्यताको ताकी त्यो कदम सजिलै लिनसकियोस।

यो स्वास्नीमान्छेको यै नहुने। वक्षस्थल मात्र अग्ला हुन् – मन त सारै गहिरो कुवाजस्तो। त्यो गहिरो मनमा धेरै कुरा लुकाउछन्। हामी चाहीं त्यहि कुवामा झाँकी हेर्दा आफ्नै प्रतिबिम्ब देखी मख्ख परिदिन्छौ। छि! सुजुका आँखामा आफ्नै प्रतिबिम्ब देख्ने म….. ति आँखामा लुकेका ठुला महत्वाकांक्षा अनि कुल्चिइदै गरेको मेरो मायाको छनक सम्म किन पाइन ? एउटा आँखामा सुजु राखी अर्को आँखामा रहेको भविष्य, करियर सबै तितान्जली दिइ आफैंलाई कानो बनाए। फलत: सुजुले छोडेपछि पूर्णत अन्धो भएको छु – न सुजु छ न भविष्य नै – अहिले यी आँखामा।

यसरी कहिलेसम्म चल्ला र ? केहि न केहि त गर्नैपर्छ। केहि गर्ने नै हो भने – स्वास्नीमान्छेलाई घृणा गर्न सिक। मेरो मन बाठो भई टोपलियो।

तर कसरी ? किन ? मनसामु प्रश्नका हुरी आए।

“सुजु यु.स.ए. जानकै निम्ति तेरो माया लत्याई त्यो गुरुकुल प्रोग्राम एडिटरको डिपेन्डेट भिसामा उता गएदेखिनको अत्तोपत्तो छैन। तँ भने बाल्टिका बाल्टि आँशु खसाल्दै त्यसमै नुहाउँदै बस्।” – मनमनै मनको हप्की खाँए।   [ 4 Years ago i was dumped by SUJU ]

“यी त एक थिइ, यस्ता अनेक आउछन। मायाले हो तँलाई मरेतुल्य बनाएको भने घृणाले तेरो घाउ निको पार्नेछ। सुजु त बस एक प्रतिनिधि पात्र हो यस्ता स्वास्नीमानिसको। यसर्थ नि प्रहार गर स्वास्नीमान्छे जातका यी पुरै वंशमै। शुरुवात गर – कुनै एक छान।” – मन नै साला मार्दिउ टाइपको छ। के सुझाव देको यो ? म मनसँग बम्किन्छु।

मान्छेको जात न हो र म मान्छेकै जात न परे – मनले मनाएरै छाड्यो। बुद्धिविलासका कुरामा मात्र मनको मालिक हुनुपर्छ भनिइदो रहेछ, आइपर्दा त मनको माली चाँही हुँइदो रहेछ। उसले जे भन्यो त्यसैमा मलजल, गोडमेल गरी अझ फक्र्याइदो रहेछ। लौ! त्यसै गर – म मनसँगै हारे।

“गर्ने के त ?” – मनले नै सिकाको हो यसर्थ पनि उसलाई नसोधे कसलाई सोध्ने त ?

कानमा आई खासखुस गर्यो। त्यसले देको सुझाव त्यसकै गाला पड्काउ झैँ छ – वेश्या बन्ने। उफ! नमानी धर पाइएला र ?

धर पाइएन। तसर्थ मन बाटो देखाउदै गयो। म हिड्दै गए। वीर हस्पिटलको आकाशे पुल नजिक आइपुगे। ८ बजिसकेछ। हल्का ट्रिम दाह्री, चश्मा छोडी कन्ट्याक्ट लेन्स, sell, sex, lady, nepalजेल लगाएको कपाल अनि अलिक ठुलो बक्कल भएको बेल्ट। क्रिकेटको क सम्म राम्ररी नजानेको म क्रिकेटरले आफ्नो सम्पति सूरक्षा गर्न लगाउने गार्ड सम्म नि लगाउन भ्याँए – आफ्नो सम्पति अर्काको आँखामा पार्न। यो अँध्यारोमा कसले पो देख्ला र खै ? छामे पोल खुल्ला फेरी, हरे। म हड्बडीए।

“ओ हिरो! तिम्रो सर्पलाई बिष चाहिए जहरको पोका अगाडि पछाडि सबैतिर लिइ घुमेकी छु। बिषकन्या हो म बिषकन्या। चाहिने हो भने भन क्यारे” – सर्पतिर हात बढाउदै त्यो छक्काले भनिरहदा म आत्तिइ फनक्क पछाडि फर्कन्छु। मेरो दुई नितम्ब उसका दुई हातसँग ह्याण्डसेक गर्न पुगे। हे हरि। म हतारिएर भागे।

ह्या! कस्तो वाहियात काम – म जंगिए।

“त्यो नि आधा नारी नै हो क्यार। अब पूर्णनारी नपाए त्यसैलाई बलिको बोको बना।” – मन अझ बहकाउदै गयो। बोको कि बाख्री ? म भने त्यो छक्काको वक्षस्थल, लिंग, नितम्ब याद गर्न थाले। के भन्ने ? – उत्तर नपाएपछि त्यो प्रश्नै फ्याँकिदिए पर कतै क्षितिजमा।

आज चौथो दिन हो। यसरी रातबिरात यस्तो ठाउँमा बसेको। साला कि त अरठ्ठीएका ज्यान भएका लाठे आउँछन कि त नाम चैं वृन्दा तल चैं तीन तिघ्रा टाइपका थाईल्याण्डप्रेमीहरु। उफ!

रेलिंगमा अडेस लागेर बसेको छु। बा.४.च. २४३२ नं. को कालो गाडी छेउमा आइ रोकियो। म निशब्द भए किनकी कारको अगाडि सिटमा एक पूर्णत महिला थिइन। आँट बटुले – एक मुस्कान फ्याँके। मुस्कान बाटो नपाएर बाहिर डुलिरह्यो। उताबाट कारको शिशा उघारियो। मुस्कानले सिधै उनको ओठलाई चुमेछ बाटो पाएपछि – प्रतिक्रिया दियो उनको आँखाले। मौन संवादबाटै भन्न खोजेको कुरा एक अर्काले बुझेपछि म बिस्तारै कारतिर बढे। ढोका खुल्यो। भित्र छिरे। भित्र यस्तै ३५ बर्ष जतिकी महिला र उनले फ्याँक्दै गरेका चुरोटको धुँवाले मलाई स्वागत गरे।

कार हुइंकियो स्वयम्भुतिर। स्वयम्भुसँगै सुजुका यादहरु नि नजिकिदै गए। स्वयम्भुको डाँडोसँगै चढ्दाका दृश्य, डाँडोबाट काठमाडौं हेर्दाका दृश्य – एक एक घुमिरहे… तर यो चोटी सुजुका यादहरुमा डुबिएर निस्सासिनु थिएन। थियो त सुजुरुपी ति हरेक स्वास्नीमान्छेको मुहारप्रति बितृष्णा जगाउनु – किनकि जिन्दगी जिउनु छ मैले। हरेक स्वास्नीमानिसमा सुजुको प्रतिबिम्ब पाई त्यहाँ भक्कानिएर रुनु मेरो जिन्दगी कदापी हैन। यसर्थ पनि मैले स्वास्नीमानिसको अनुहार एक चोटी त चिथोर्नु त छ नै। म मात्र कति सुजुका नंग्राले चिथोरिएको यो दयनीय अनुहार लिइ आफैले आफैलाई कोसीँ बसुँ ?

नबिल ब्यांक, नयाँ बानेश्वरमा स्टेसन म्यानेजर रहिछ। बुढा चाँही नेपाल टेलेकमको सिनियर इन्जिनियर। घरभित्र छिर्ने बित्तिकै सिधा सिधी गेष्ट रुममा लगेकी थिइ। के लिने ? भनी सोध्दा यसर्थ पनि मैले चिया नै भनेको थिए किनकी चिया बनाउन केहि समय त लाग्छ नै र त्यस समयमा उसले थाहा नपाउने गरी यताउता डुली उसको बारेमा थाहा पाउन समय मिलोस। नाम सुजाता रहेछ। सुजु – सुजाता। नाम नि मिल्न खोज्यो। घृणित हाँसो फ्याँके – मन कुटिल हुँदै गयो।

चिया दिदै भनी – “अप्ठ्यारो त भको छैन नि ?”

“अँह छैन” – मैले मेरो आत्मविश्वास देखाँए।

“तर मलाई अप्ठ्यारो नै मनपर्छ like अप्ठ्यारो आसन, अप्ठ्यारो पिडा…” चियाको सुर्कोसँगै हामी किन सँगै छौ का सुर्को नि खोलिदै गए।

“मतलब ?” – नभएको मर्दानापन निकाल्न खोज्छु।

“कुरा सिधा छ। श्रीमानसँग त्यस्तो सहवास गर्न नमिल्ने भएकाले तिमीलाई ५००० दिन तयार भएकी हुँ। श्रीमान घरमा छैनन्। मलाई तिम्रो दासी बनाउ – केहि पिडा, केहि चित्कार, केहि बल अनि केहि रोदन – यी नै हुन् मलाई तृप्त बनाउने कुराहरु सहवासका साथ।” – ल्यापटपमा भिडियो देखाउदै उ भन्दैगई। म घोरिदै गए – त्यो अजंगको खैरेले कसरी त्यो सुइखुट्टी खैरेनीलाई माया-दया नराखी गोरु चुटेझैं चुट्दै थियो र आफ्ना बलिस्ठ पेलाइबाट तृप्त पार्दै थियो। सुजाताको आँखामा त्यस्तै तृप्तता को लालसा देखे।

के खोज्छस् कानो? आँखा। ठिकै छ। जे खोजेकी छस् मैले दिन खोजेको नि त्यहि हो – घृणाका भाव फ्याँके उ तिर। उसले रफ लुक ठानी क्यार – उसलाई तृप्तताको पहिलो छिटा झैं लाग्यो।

आफुले आफुलाई यसरी वेश्या बनाउँनु पर्दाको स्थितिमा हो पहिलोपटक सुजु सम्झी एक घृणाको श्वास फेरे। लाग्यो – यो मेरो जीत हो।

rough sex, male, nepalगोरो छाला – काला ति अन्तरवस्त्र। आफ्नो पाइन्ट खोल्दै जाँदा हात टक्क बेल्टमा अड्कियो – निकाले। बेल्टको प्रहार गरे – उ थरथरिइ। कपाल पछाडिबाट समाती आँखामा आँखा जुधाइ हेरे। आँखा लालसामै थिए। मेरो सर्प उसका रुद्रघन्टीसम्म पुग्ने प्रयासमा थिए त उसका वक्षस्थल मेरो दन्तबिषबाट प्रताडित। कागती निचोरे झैं नितम्ब निचोरिए। घाँटी अठ्ठ्याइ वक्षस्थल, नितम्ब, गाला आदिमा अहिलेको स्थितिमा माया भुलेको मेरो हत्केलाको निर्दयी प्रहार। उ घरीघरी स्वर्गको माहौल हेरी आए झैँ गर्थी – आनन्दित। म भने मनमा दबेका सुजुका यादहरु घृणामा बदल्न तत्परत थिए। आज कुनै कसर छोडिन्न।

मैनबत्तिमा नजर गयो। ‘एकछिन’ – म यस क्रियामा रुके। मैनबत्ति कोरी सल्काएँ। उ अबोध भई के गर्न लागेको थाहा नपाई। बेडमाथि चढे। अलिक माथिको उचाईबाट पग्लिएको मैन उसको शरीरमा छोडे – उ चित्कारसहित छटपटिई। मैले राख्न लागेको देखी भनी – “हैन, गर तर अलि होश पुर्याएर”

कुन उचाई ठिक होला थाहा पाउन मैले रंगको साहारा लिए। रातो – रोक, हरियो – ठिक छ, पहेलों – अलिक माथि। त्यो रात मष्तिस्कले नि नसोचेको धेरै कुरा भए – रस्सिको कस्साकस्सी देखि लिएर लुगा च्याप्ने क्लिपसम्मको प्रयोग।

यसलाई Sadism and Masochism छोटकरीमा S & M SEX भन्दोरहेछ – पछि गुगल गरी थाहा पाँए। आइडियाहरुले पहिले नै दस्तक दिने रहेछन् अनि त्यसबारेमा ज्ञान भने पछि। त्यो रातले सिकाएको कुरा हो यो।

यु.स. डलर ५० दिदै भनेकी थिई – “प्लिज बाटोमा देखिए नबोल है त” । उसँग लगनगाँठो कस्नु मेरो सरोकारको बिषय थिएन। म केहि नबोली बिहान चुपचाप निस्किए।

यो घटना भएको ७ महिना बढी भएछ। आजकल हरेक स्वास्नीमानिस मलाई किन किन स्वार्थी लाग्छन अनि हरेक लोग्नेमानिसको आँखामा आफैंलाई पाउँछु – काला लामा कपाल सामु घुँडा टेकी उभिएको मायालाग्दा ती शिरहरु।

शनिबारको कुरा हो – माइक्रोबाट न्युरोड जाँदै थिए। जाममा टाउको बाहिर निकाल्छु। देख्छु – माइक्रोका २२ सिटमा २२ कथा छन् – बाहिर बाइकका ताँती छन् – हरेक सिटमा एउटा एउटा कथा छ। कथा भनिन खोज्छन् – हामी बुझ्ने सामर्थ्य राख्दैनौं। आफैलाई हेरे – म भित्र नि कथा छ। जब कोहि मेरो कथा सुन्नै चाहदैन भने म किन आफ्नो कथा बर्बराउँ ? जब कोहि मेरो दु:ख देख्नै चाहदैन भने म किन आफ्नो दु:ख आफै देखी दु:खित हुँ ? म अन्धो हुन खोज्छु तर सकिन – बाहिर छेउको ट्याक्सीमा गइ नजर अड्क्यो।

केटाको हातमा X-Ray को रिपोर्ट छ, केटीको आँखामा आँशु। केटी त्यो छोटो कपालमा हात फेर्छे अनि आफ्नो लामो कपाल छेउको काँधमा उसको शिर राख्छे। मैले त्यो सम्बन्ध के को हो ? दिदीभाइ, प्रेमी-प्रेमिका खोजीनिती गरिन। मात्र रोगसँग डराइरहेको त्यो केटो अनि डरका सामु आफ्नो सान्त्वना, माया, केयरको पर्खाल लगाइरहेकी त्यो केटीको निश्छल हात फेराई। हरेक स्वास्नीमानिस सुजु हुदैनन् – हरेक सुजु स्वार्थी हुदैनन् – अनि हरेक स्वार्थीहरु सधै स्वार्थी रहदैनन्। हावाको एक झोंका बतासिएर आइ ठोक्कियो। जाम खुल्यो।

dumped guy, betray

It Hurts Being Dumped😦

सडकको जामसँगै मनका जेलिएका गुत्थीहरु खुल्दै गए। भलै त्यो दिन एक स्वास्नीमानिस मेरो दासी भै होली तर म आफ्नो जीवनको उत्तरार्धसम्म सुजुको यादको दासी हुने नै छु – यो मेरो सच्चाई हो किनकी सुजुका यादहरु एक एक गरी मष्तिस्कबाट टिपी फ्यालेर मात्र केहि हुनेवाला छैन जबसम्म मष्तिस्कका पर्खालमा रहेका सुजुका यादरुपी मोटा मोटा लेपहरु उप्किइ झर्ने छैनन् – जुन असम्भव प्राय छ। हाल मष्तिस्क भलै खालि होला सुजुका यादहरुबाट तर ति बाक्ला बाक्ला लेपहरु वजनदार र पर्याप्त छन् – मलाई निस्सासिदो बनाउन र यी डढिइ जानेछन मात्र मेरो चितासँगै। मेरो कटु यथार्थ हो यो – सुजु नभए नि सुजुका स्मृतिहरु अँगाली मरेतुल्य जीवन चितासम्म घिसार्नु।

सुजु! तिमी कहाँ छौ थाहा त छैन तर नि मलाई माफ गर – as I am Still Loving You and not being able to Forget You though You easily Forgot me😦

If You Liked the above Article then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for the next post.

Comments
  1. Lokesh says:

    is this real? did it really happened?

    Like

  2. ametya says:

    Mix of Real+Imagination

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s