Archive for January, 2009

तिन चिज छन् काठमाडौंमा जसलाई म असाध्यै घृणा गर्छु – बेला न कुबेलाको वर्षा , ताँइ न तुँइको ट्राफिक जाम र ढिलो काठमाडौं प्रवेश गरेको म । हो, काठमाडौंमा स्नातक गर्न नआउनु मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ति थियो र रहिरहने छ । हेरौ , समय र भाग्यले कतातिर डोर्‍याउँला ?? अनि यो वर्षा नि ?? वर्षा त वर्षको एक सिजन न हो कसैगरी व्यवस्था गरिएला । अब कुरा गरौ जामको , यो त सधै झेलिइन्छ यार । यो समस्याको समाधानै छैन त ? कुरो सिधा छ , सडकहरु सिधा हुनुपर्यो र यातायातको उचित तरिकाले व्यवस्थापन हुनुपर्यो । यो त भयो राज्य तथा सरकारको तर्फबाट सोचिने कुरो,तपाईंको तर्फबाट नि ???

6palpasacafe

मदन पुरस्कार विजेता नारायण वाग्लेको “पल्पसा क्याफे” एक जमानामा आफ्ना सीमाहरु पार गर्दै चरमोत्कर्षमा पुग्यो – समय नै त्यस्तै थियो । हरेक व्यक्तिका दृश्यझै सपना थिए, सपना साथै खाका थिए तर त्यसलाई विथोल्ने अपहरणकारीहरु पनि थिए । अहिले पनि समय उहि छ – मात्र कर्ताहरु अज्ञात छन् । खैर, यो लेखको विषय राजनिति तथा समसामयिक हुँदै हैन । धेरै जसो पाठकहरुले पल्पसा र दृश्यको प्रेम कुनै सुन्दर बगैंचामा हुर्काए होलान् । अनि दृश्यको आँखाबाट गाँउको परिवेश कुनै शान्त वातावरणबाट आभाष गरे होलान् । मेरो कुरा गर्नुहुन्छ भने पल्पसा मरी गाडीमै , दृश्यले ऋष्टिनालाई किस गर्यो गाडीमै अनि अपहरित पनि भयो – गाडीमै । अझ ऋष्टिना र दृश्यको हल्का प्रेम मिश्रित वार्तालापलाई साथ दिन माईक्रोले यो गित बजाएको थियो – “मेरे मौला मौला मेरे मौला , मतवाला में तो हुवा रे” – कता कता मन पर्न थालेको छ यो गीत – अनायसै मुस्कान छुटेझै हुन्छ गीत सुन्दा । कसरी ?? हजुर !  पुरै उपन्यास गाडीमै जो सकियो !

(more…)

“तनिश्क ! ”
“हजुर !” चश्मा भित्रका बदामे आँखा हल्का भावमा म तिर जिज्ञाशु भए ।

यो क्याफेमा आज चन्द्रमा आफै आएर प्रकाश पारेझै भान भइरहेको छ । उसका खुला र लामो कपाल म वर्णन गर्न सकिरहेको छैन । विराटनगरको अमेरिकन लाइब्रेरीमा कसैले भनेका “भनाइ” लाई आफ्नो नोटबुकमा सार्दै गर्दा मैले यी अपरिचित मित्रलाई भनेको थिए ” Make your own quotation, never run to others” त्यतिबेलाको त्यो सानो कुराकानी अहिले फकिर्दै आएर काठमाडौंको यो व्यस्त क्याफेमा कफि गपसपमा परिणत हुदैछ । मलाई कता कता पत्यार नै लागिरहेको छैन ।

“You are too georgeous” के बोल्ने के, भेउ नपाइरहेको जिब्रोले आफै दिशा पत्ता लगायो ।
” I Know ” मुसुक्क हसाइँ , उसको तर्फबाट ।

विराटनगरस्थित उक्त लाइब्रेरीमा हाम्रो प्रथम पटक भेट हुँदा एकदम औपचारिक गफ भएको थियो , जुन अझै पनि केहि मात्रामा छ तर स्वाद अलि बेग्लै छ । करिब एक घण्टा जतिको कुराकानीमा वैचारिक कुस्ताकुस्ती मात्र भए “भनाइ” सँग सम्बधित, अहिले सोचिइन्छ यदी काठमाडौंमा उनि अनायसै नभेटिएको भए ?????

सधै झै साँढे पाँच, नेपाल यातायात , अफिसको काम , अनि उहि दिक्दारे जीवन , वाक्क भई झ्याल बाहिर जीवन नियालिरहेको थिए । अनायसै आँखा केहि आश्वर्यभावमा शंशकित भएको चाल पाँउछु । मलाई ठम्याउन धेरै बेर नि लागेन

“तनिश्क ???”
“हो” मैले भर्खर भोगेको आँखाको भाव उतिर सर्यो ।
म मात्र छक्क पर्दै मुस्कुराँउदै हल्का टाउको निहुराँउछु ।
“अमित ???” उसले जिज्ञाशु भई प्रश्न राख्न नपाउँदै मैले हो मा टाउको हल्लाए ।
” What a co-incidence ” उ चकित भकी थिई ।

उहि तनिश्क आज कता कता बिस्तारै बिस्तारै हेलमेल हुँदै जाँदा मेरो मन भित्र सुस्त सुस्त प्रभाव पार्दै छे । म उसलाई बताउन चाहन्छु तर यो आत्मिय रुपले बढ्दै गइरहेको मित्रतालाई पनि तोड्न चाहन्न । हल के होला ? पोखिइनु वा दबिनु ?

मात्र बस वाल्ल परेर उसैलाई हेरिरहेको थिए । सुपको चुस्किसँगै ‘व्हाट’ को संकेत स्वरुप उसका आँखिभौ चलमलाए । म आँखा फेर्छु ।
सकिन मन थाम्न र साहस गरेर भन्छु फ्याट्टसँग ” I Love You ”
उसको चुस्की एकछिनको लागि अडिन्छ मुखसम्म लग्न नभ्याँउदै , बाटो बिराएझै ।

——- —— ———–

“हत्तेरिका”
किन हुँदाखाँदाको मित्रतालाई बलि चढाको होला मैले ? मेरो बारेमा के सोच्दै होली उसले ? पाँच महिना त भयो राम्ररी चिनजान भको, प्रेम प्रस्ताव गरिहाल्नु पर्ने म बेकम्फुसेलाई ? उफ । (more…)