Posts Tagged ‘Nepali Movie’

Audience in Movies

बुढी औंला सानो भएरै होला शायद हामी अधिकांश दर्शकको औंला लम्बाईमा लामो कि त चोर कि त सिधै माझी औंला उठाउन सजिलो ठानिदिन्छौ – कुनै पनि नेपाली चलचित्र हेरे पश्चात। हुन त नेपाली चलचित्र उधोग नहेरी गालि गर्नुभन्दा हेरेर ताली बजाउनुस भन्छ तर हेरेपश्चात नि गालिमात्र हैन निर्देशकलाई कोट्याई कोट्याई हेर्दा लागेको पैसा र समय दुवै फिर्ता मागौ कि झैँ सोचमग्न बनाउँछन् – त्यतिसम्मको बेकम्फुसे बनाइएका हुन्छन्। निर्देशकले कमजोर दृश्य पस्कनु र दर्शकले आलोचना गर्नु एक तरिकाको दोहोरी नै भैसकेको परिपेक्षमा राम्रा चलचित्रलाई पनि दर्शकले आफ्नो साँघुरो मानसिकताबाट कमजोरी मात्र इगिंत गरी निर्देशकीय प्रशंशामा अनुदार बनिदिनु एक बिडम्बना बनिदिएको छ। प्रसंग – किम्फको डम्बरे लघु चलचित्र हुँदै मुख्यधारका चलचित्रमा देखिएको दर्शकको सोचको।

पुजा गुरुङविभूषण बस्नेतको संयुक्त निर्देशनमा निर्मित ‘द कन्टाजियस एपारिसन अफ डम्बरे डेन्ड्राइड’ प्रदर्शन पश्चात किम्फको प्रश्नोतरNepali Short Movie Dambare Dendrite कार्यक्रममा आवाज उठ्यो – ढक्कनको अर्थात डेन्ड्राइडको पेस्टमा ढक्कन गोजीबाट न निकाल्दा लगाइएको थियो न गोजीमा राख्दा। हुन त प्रश्नकर्ताको अधिकारको कुरा हो के प्रश्न सोध्ने तर पनि औंला ठड्याउँदा खेरि कुन औंला उठ्दैछ त्यो हामी दर्शकले नि थोरै सोचविचार गरे राम्रा निर्देशकहरुलाई अन्याय हुन्नथ्यो कि ?

जड्याहाले पैसा पट्याइ पट्याइ राख्दैन, कच्याककुचुक नै राख्छ, त्यसरी नै डेन्ड्राइडमै झुलिरहने डम्बरे जस्ता पात्रले ढक्कन (बिर्को) लगाई लगाई पेस्ट गोजीमा राख्दैनन् किनकी छिनछिनमा प्रयोग गरिरहनु पर्ने डेन्ड्राइड लगाउ खोल झन्झटिलो नै हुन्छ नशामा रहँदा। यदि यो निर्देशकिय कमजोरी नै थियो भने नी पात्र सुहाउँदो थियो र यदि पात्र सुहाउँदो थिएन भने नि उठान योग्य कमजोरी छँदै थिएन तर नि हामीले परिश्रम देखिएको निर्देशकीय काम कार्यलाई नजरअन्दाज गरी त्यस ढक्कनलाई नै बार बार प्रकाशमा ल्याईरह्यौं।

अब कुरा गरौँ केहि वर्षपहिले आएको मुलधारको चलचित्र ‘धन्दा’ को। धन्दाको समिक्षामा एक समिक्षकले चलचित्र किन नराम्रो भन्ने कारणमा लेखेका थिए – अर्पण थापा शिक्षक भैकन हाफ टिसर्टमा देखिए तथा समुना के.सी. गाउँले भैकन सफा र सुन्दर देखिइन। पुर्वाग्रही तरिकाले समिक्षा गरिएझैँ देखिने उक्त समिक्षकले गाउँले भनेका फोहोरी र सुग्घरी नहुने आफ्नो मानसिकता चलचित्रको विश्लेषणमा प्रयोग गरिएको देखियो साथै शिक्षक टिसर्टमा देखिए भनि दोहोलो काट्दा ति शिक्षक खेलकुद शिक्षक थिए र विधार्थीलाई बल खेलाउँदाको खेल समयमा लगाएका थिए भन्ने कुरा कि त बुझ्न सकेनन् या कि त कमजोरी खोज्ने प्रयत्नमा त्यो कुरा ख्याल गर्न सकेनन्। (more…)

movie reviewNaughty Nine Status Related with Movie

  1. गाउँको अनपढ लठेब्रो २ मिनेटकै अन्तरालमा English बोल्ने र Smart Guy कसरी भयो? भौचकन्ना भाछु! —  watching कस्लाई दिउँ यो जोवन.
  2. Q – Quality
    U – Ubiquitous Story
    E – Entertainment
    E – Emotion
    N – Natural    ……    
    5 strong pillar of movie Queen
    — watching Queen The Film.
  3. Big Banner ढक्कन Movie — watching  Hasee Toh Phasee.
  4. रेखा थापा फिलिमको मन पर्ने पक्ष – ठुटे कपाल हुने हिरोईन जो सुकै हुन् हिरो चै रेखा थापा नै हुन्छिन…बिशेषत सेतो साप्रा अनि त्यसको लात —  watching हिफाजत.

 

Intermission

(more…)

movie, nepali movie

Naughty Nine Status Related with Movie

 

  1. People who see only Sex in Mira Nair’s movie…seems hardly understand Woman, their Nature & Emotion — watching Kama Sutra: a Tale of Love.
  2. हेर्नुभन्दा बरु Suicide गरे निको होला type को Movie नबनाइदिस्यो न Plz…I Love My Life…#बिन्ती  —  watching Nepali Movie One Day.
  3. वाह! जीना तो कोही तुमसे सिखे… अपनी Life तो जैसे डिब्बेमे बन्द हो । —  watching Dasvidaniya
  4. Q: Why Man ? Any problem in Life ?  A: Yes Sir! Life is my problem ! —  watching Dasvidaniya.

 

Intermission

(more…)

 Merocinema official site

नेपाली चलचित्रमा Passionate रहेका एक दाइले एकपटक भनेका थिए – “भाइ! नेपाली चलचित्रक्षेत्रमा जताततै Groupism ले बिस्तार लिएछ”। चलचित्रक्षेत्रको परिधिबाट हालसम्म टाढै रहेको म न स्तब्ध भए न आश्चर्यचकित त्यतिबेला तर हिजोआज कबड्डी चलचित्रको लोकप्रियतालाई आत्मसाथ नगरिरहेको मेरोसिनेमा.कमका लेखहरुले भने म दर्शकलाई सोचमग्न पारि सोधिहेर्छ – के यो Groupism को गन्ध हो ?

kabadhi-720x371

मेरोसिनेमा.कमले संचालन गरेको Box-Office भन्ने Column मा Release भएका नेपाली चलचित्रहरुले गरेका Collection हरुलाई Tabularized गरिइन्छ तर यो Table मा कबड्डी अटाएको देखिन्न….

 BoxOffice, Nepali Movies

….. न हालैका रिलिज्ड चलचित्रहरुको Box-Office Collection Related यो लेखमा।

(more…)

Movies-Nepali-Chalchitraम कुनै समिक्षक त हैन न कुनै फिल्मी क्षेत्रसँग सम्बन्धित – हालसम्म । तर दर्शक भई फिल्म हेर्दा बिषेशत: ३ सुत्र अख्तियार गर्न रुचाउँछु – फिल्मप्रति आफ्नो धारणा बनाउन ।

१.        फिल्मले शुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सक्यो या सकेन ?

२.        मनमा उठेका प्रश्नहरु फिल्मसँगै समाधान हुँदै गए कि गएनन् ?

३.        फिल्मलाई टुक्राई टुक्रा टुक्रा हेर्दा के देखिए ?

यो कुनै एक फिल्मप्रति आफ्नो धारणा राख्दा प्रयोग गरिइने ३ बुँदा थिए तर समग्र नेपाली फिल्मका मुठाहरुप्रति नै धारणा बनाउँदा चैं मुख्यतया मोटामोटीरुपमा जानुपर्ने रहेछ – केन्द्रित कथावस्तु ।

केहि अपवाद बाहेक प्रायश: अहिलेका नेपाली चलचित्रहरु मुख्यतया ५ बिषयमा केन्द्रित रही बनिइरहेका छन् र बेच्दैछन् दर्शकसामु – यिनै पाँच बिषयकेन्द्र ।
           नेपाली चलचित्र
के बेच्छ ? के बेच्दैन ?
माया Feel
Sex Glamour
Fight Conflict
अर्ति-उपदेश विचार-सोच
पृथकता सामाजिक

(more…)