Archive for May, 2008

नेपाल देश मात्र एक हो तर यहाँ तीन देश बाचेका छन् । एक काठमाडौं, दोश्रो मोफसलका शहरहरु र तेस्रो सुदुर पश्चिम ।

हरेक सुबिधाले सु-सम्पन्न काठमाडौंमा लाग्छ जिन्दगी कुद्दैछ,सहरलाई हेर्दा लाग्छ त्यहाँको जिन्दगी चल्दैछ र सुदुरको जिन्दगी त ठप्पै छ भन्दा नि हुन्छ । एकै देशभित्र रहेर पनि यत्रो फरक किन ? अनी समाधान के त ? प्रान्तिय क्षेत्र अर्थात स्वायत्त प्रदेशमा बिभाजन गरेर यसको समाधान होला त ? उत्तर अहिले थाहा भएन तर काठमाडौंलाई हेरेर एक समाधान निकाल्न सकिन्छ कि? काठमाडौंको जिन्दगी कुदेको त छ तर एकोहोरो,एक्लो अनी भिडै भिडमा दुर्गन्धित भइ। राजधानी अन्त सारे के होला ? काठमाडौं एक पर्यटकिय नगरीको रुपमा परिभाषित होला, जनसंख्याको चापले थिचिएको यस खाल्टोले राहतको सास लेला अनी मन्दिरै मन्दिरको सहरमा मल्लकालिन ति कलाऋतिले म बाँच्ने भए भनी सास फेर्न सक्थे होलान् । राजधानीको टोपी अर्कैलाई लाउन दिए उ पनि कुद्थ्यो कि ? साथै अरुलाई पनि कुदाउथ्यो कि ? (more…)

के अरे ?
अट्टहास पूर्ण हाँसो अनी पुन: प्रश्न, “यत्रो लाठे भइसक्दा एकचोटि पनि काठमांडौ गएकै छैनस् त ??”

लाज र संकोच मिश्रित मेरो जवाफ, “जानु पर्ने कुनै कामै परेन अनी फेरी पढाई पनि यि बिराटनगरमा नै सकाए अनी”

मानिसको स्वभाव कन्जुस र पनि दयालु हुन्छ ।  खौरेर मसिनो र दिएर आफ्नो त कहिल्यै हुँदैन, तर पनि सल्लाह सुझावको कुरामा उपरोक्त उखान लागु हुँदैन । अर्ती , उपदेश यसरी दिइन्छ कि मानौं दिनु धर्म हो – शब्द दान । भोली बातावरण बिग्रदो परिस्थिती नआओस् भनी ज्ञान दिनु राम्रो हो तर जब यिनै ज्ञान डर र त्रासको बातावरण आँफैले सिर्जना गरिदिन्छन् तब ???

त जन्डिसेलाई जन्डिस भइरहन्छ, फेरी बल्झेला, होस् गर्नु
त्यहाँ हरेक चिज बेचिइन्छन्, आफुलाई बेचिनबाट जोगाएस्
कहिल्यै घर नछोडेको तँ, तँलाई गार्‍हो हैन महागार्‍हो  हुन्छ ।
अहिले सम्म संगत बिग्रेको छैन, संगत बिगारिस् भने घरमा पाइलै  नटेक्नु

यि सब त ठिकै थिए, एकछिन श्वासप्रश्वास स्तब्ध भएको महसुस मैले तब गरे जब सुझावको पेटिमा मैले यो पाए,

“काठमांडौ मान्छेले मान्छे खाने बस्ती हो, beware from human” (more…)