I think, It won’t be an exaggerated thing if I say it is the best performance ofsonam20kapoor_3 Sonam Kapoor till the date. And, In fact, her physical along with facial appearance is somehow matching with the original character Neerja Bhanot, is a plus point too for her.

Neerja, an air-hostess, did the best in terms of humanity and her responsibility when she along with her entire crew plus passengers were in a terrible condition of hijacking by some terrorists. And this movie via showing her such courageous act, is trying to portray the meaning of being human, focusing more on being a responsible human. Read the rest of this entry »

Audience in Movies

बुढी औंला सानो भएरै होला शायद हामी अधिकांश दर्शकको औंला लम्बाईमा लामो कि त चोर कि त सिधै माझी औंला उठाउन सजिलो ठानिदिन्छौ – कुनै पनि नेपाली चलचित्र हेरे पश्चात। हुन त नेपाली चलचित्र उधोग नहेरी गालि गर्नुभन्दा हेरेर ताली बजाउनुस भन्छ तर हेरेपश्चात नि गालिमात्र हैन निर्देशकलाई कोट्याई कोट्याई हेर्दा लागेको पैसा र समय दुवै फिर्ता मागौ कि झैँ सोचमग्न बनाउँछन् – त्यतिसम्मको बेकम्फुसे बनाइएका हुन्छन्। निर्देशकले कमजोर दृश्य पस्कनु र दर्शकले आलोचना गर्नु एक तरिकाको दोहोरी नै भैसकेको परिपेक्षमा राम्रा चलचित्रलाई पनि दर्शकले आफ्नो साँघुरो मानसिकताबाट कमजोरी मात्र इगिंत गरी निर्देशकीय प्रशंशामा अनुदार बनिदिनु एक बिडम्बना बनिदिएको छ। प्रसंग – किम्फको डम्बरे लघु चलचित्र हुँदै मुख्यधारका चलचित्रमा देखिएको दर्शकको सोचको।

पुजा गुरुङविभूषण बस्नेतको संयुक्त निर्देशनमा निर्मित ‘द कन्टाजियस एपारिसन अफ डम्बरे डेन्ड्राइड’ प्रदर्शन पश्चात किम्फको प्रश्नोतरNepali Short Movie Dambare Dendrite कार्यक्रममा आवाज उठ्यो – ढक्कनको अर्थात डेन्ड्राइडको पेस्टमा ढक्कन गोजीबाट न निकाल्दा लगाइएको थियो न गोजीमा राख्दा। हुन त प्रश्नकर्ताको अधिकारको कुरा हो के प्रश्न सोध्ने तर पनि औंला ठड्याउँदा खेरि कुन औंला उठ्दैछ त्यो हामी दर्शकले नि थोरै सोचविचार गरे राम्रा निर्देशकहरुलाई अन्याय हुन्नथ्यो कि ?

जड्याहाले पैसा पट्याइ पट्याइ राख्दैन, कच्याककुचुक नै राख्छ, त्यसरी नै डेन्ड्राइडमै झुलिरहने डम्बरे जस्ता पात्रले ढक्कन (बिर्को) लगाई लगाई पेस्ट गोजीमा राख्दैनन् किनकी छिनछिनमा प्रयोग गरिरहनु पर्ने डेन्ड्राइड लगाउ खोल झन्झटिलो नै हुन्छ नशामा रहँदा। यदि यो निर्देशकिय कमजोरी नै थियो भने नी पात्र सुहाउँदो थियो र यदि पात्र सुहाउँदो थिएन भने नि उठान योग्य कमजोरी छँदै थिएन तर नि हामीले परिश्रम देखिएको निर्देशकीय काम कार्यलाई नजरअन्दाज गरी त्यस ढक्कनलाई नै बार बार प्रकाशमा ल्याईरह्यौं।

अब कुरा गरौँ केहि वर्षपहिले आएको मुलधारको चलचित्र ‘धन्दा’ को। धन्दाको समिक्षामा एक समिक्षकले चलचित्र किन नराम्रो भन्ने कारणमा लेखेका थिए – अर्पण थापा शिक्षक भैकन हाफ टिसर्टमा देखिए तथा समुना के.सी. गाउँले भैकन सफा र सुन्दर देखिइन। पुर्वाग्रही तरिकाले समिक्षा गरिएझैँ देखिने उक्त समिक्षकले गाउँले भनेका फोहोरी र सुग्घरी नहुने आफ्नो मानसिकता चलचित्रको विश्लेषणमा प्रयोग गरिएको देखियो साथै शिक्षक टिसर्टमा देखिए भनि दोहोलो काट्दा ति शिक्षक खेलकुद शिक्षक थिए र विधार्थीलाई बल खेलाउँदाको खेल समयमा लगाएका थिए भन्ने कुरा कि त बुझ्न सकेनन् या कि त कमजोरी खोज्ने प्रयत्नमा त्यो कुरा ख्याल गर्न सकेनन्। Read the rest of this entry »

Movie-Review-Icon

Naughty Nine Status Related with Movie

 

  1. हाँसो त उठ्छ तर फिलिम हेरेर हैन फिलिमप्रति उठिदिन्छ र पो बर्बाद! —  watching ब्रेक फेल – Comedy Movie.
  2. पुरापुर लुगामा अभिनय राम्रै देखिने रहेछ…त फेरी उत्ताउलो अभिनय गरी सेता तिघ्रा किन देखाउनु परेको हो रेखा दिज्युलाई? बुझिएन! —  watching मालतिको भट्टी.
  3. घिसिपिटी story घिसिपिटी acting… Prajwal Giri’s act slightly OK & plz Sushma Karki be remain Item Girl —  watching बाउन्सर
  4. भएभरको Sex देखाई फेरी उनिहरु नै लास्टाँ अर्ति दिन पछि पर्दैनन्। हाय रे नेपाली सिनेमा! watching Nep Movie – A.T.M.

 

Intermission

Read the rest of this entry »

Movie Review-Web Head

Naughty Nine Status Related with Movie

  1. नेपाली चलचित्र: फाइदा – हेरु‌ञ्जेल दिमागको 1% को नि काम हुन्न… बेफाईदा – हेरेपछि दिमागको 99% ले काम गर्न छोड्छ! —  watching Nepali movies.
  2. गीत तथा शब्द चयन बेजोड रहने विकास आचार्य आफ्ना हरेक मुवीमा मान्छे किन मार्छन् ? —  watching नाइ नभन्नु ल २ “अष्ट्रेलिया”.
  3. लाख कोशिश गरुँ… र नि नेपाली फिलिम हेर्दा न फिलिम हेरेको आभाष गर्न सकिन्छ न feel गर्न नै —  watching ओम.
  4. From directional and cultural point of view… Just a word muahhh  —  watching नुमाफुङ.

 

Intermission

Read the rest of this entry »

searching something

एक दार्शनिकले भनेका थिए प्राऋतिक रुपमै केही छिनको लागि मानिसको दिमाग पागल हुन्छ, ज्यादा तिक्ष्ण हुन्छ, सुत्छ अनी मर्छ पनि अरे। तर यहाँ यो संवाददाताको दिमाग एक छिनको लागि नभै एक दिनको लागि पागल हुन खोज्दै थियो । केही नै नभएको ठाँउमा केही पाउने आशमा यो संवाददाता लागिरहदा उसको आफ्नै दिमागले भन्दै थियो ” यो त अली अचाक्ली नै भयो कि ? “

घटना खोज्दै ठाउँसम्म पुग्नु वा ठाउँमा पुगेर घटना खोज्नु अर्कै कुरा हो तर मानिसको ओहोरदोहोरमात्रको स्थानमा एक ठाउँमा बसी रही अब पो केही भेटिन्छ कि भन्दै पुरै दिन बिताउन खोज्नु, म आँफैलाई कता कता भद्दा लागिरहेको थियो । तर यसरी पागलपनको सिमा नाघ्दै नजाने हो भने यस्ता लेखहरु कसरी बनिन्थे होलान् र ?

बिहानको ६ बजेको छ, स्विपरले कुचो लाँउदा निस्केको ख्यार्‍र ख्यार्‍र आवाज एक तमासले आइरहेको छ अनी छेवैको मन्दिरको घण्टाका ध्वनी क्रमश: बाक्लिदै छन् । बिहानीपख भएर हो शायद, हल्का चिसो मौसममा संवाददाताको यो पागलपन एक प्रकारले रमाइलै लागिरहेको छ । चिया पसलेको घडीले सात बजेको संकेत गर्‍यो । Read the rest of this entry »

my mistakes, realization

म र एक बिदेशी मित्र बसन्तपुरमा हल्का रमाई ठमेल हानिन भनि हिड्यौं। मित्रले रिक्शासँग कुरा गरे टुटेफुटेको नेपाली प्रयोग गर्दै – रु. ७० मा। ठहिटी पुगेको बेलामा मैले ठमेल दिशा देखाउँदा रिक्शावाला बम्किन थाल्यो – चढ्नेबेला ठहिटी भन्दै ठमेलसम्म रिक्शा तनाउँछ भनेर। कान सुन्नुछैन – ठमेललाई ठहिटी सुन्नुछ उल्टै गलफत – म नि केहि बम्किए। ठिकै छ यहिँ उत्रिऔं भनि मित्रले भनेछी पैसामा कुरा मिलेन किनकी ठहिटी कटिसकेको थियो र ठमेल आइपुगिसकेको थिएन। ठमेल पुगिनसकेको हुँदा म रु. ६० दिदैंथिए – उ लिइरहेको थिएन। भनाभन हुनुभन्दा ल ठिकै छ भनि रु. ७० नै दिदाँ फेरी मानेन। लिने कि नलिने ? मेरो कन्सिरी तातेर आयो। दिदाँ लिदैन – नदिदाँ छोड्दैन। केहि समय दोहोरी चलिरह्यो। पछि मित्रले अलि साम्य भएपछि मैले ठहिटी नै भनेर चढेको थिए भने। मैले मात्र मुखले ए! भने, जबकी हामी Meditation, Civilization, Critical Thinking जस्ता गम्भिर बिषयमा रहेका कुराहरु गर्दै बसन्तपुरबाट ठहिटी/ठमेल आइरहेका थियौं।

यस्तै एकदिन कुनै होटेलमा खाना खाइरहँदा होटेलकी दिदीले टिना-फलाम-कापी-किताबवालासँग मोलमलाई गरिरहेको दृश्य देखें। कबाडीवाला रु. १८ काट्नुस भन्थ्यो, दिदी रु. २०। रु. २ को लागि दिदीले मिठो मुस्कानको बाण हानिन – लाग्यो र सम्झौता भयो रु. २० मै। म मनमनै हाँसे। मान्छेको जात बडो ज्याद्रो हुँदोरहेछ – आफ्नो गल्तिहरु नजरअन्दाज गरिइन्छन अनि अर्काका गल्तीमा हामी कुटिल र ब्यंगात्मक हाँसो मनमनै फ्याँक्न ढिलाई गर्दैनौं। माथिको रिक्शावाला प्रसंग सम्झी फेरी म मनमनै हाँसे – अब भने म आफैं प्रति।

विराटनगर छोडेको लगभग डेढ बर्षपछि म रिक्शा चढेको थिए अर्थात यो कहिलेकाँहीको कुरो थियो तर नि कहिलेकाँही, यदाकदा गरिने यस्ता साना पैसाको कारोबारमा हामी सधैंजसो अल्झिरहेका हुन्छौं नै। मैले त्यो रिक्शावाला दिनभरी घाममा तात्तिएको देखिन, न देखें १२० के. जी. भन्दा माथिका वजन तानिरहेको लिखुरे खुट्टा – देखें त बस रु. १०।

रिक्शा सधैं चढिइन्नथ्यो – विराटनगरै हुँदा पनि। उसको लागी ठुलो र मेरो लागी सानो रहेको १० को नोट अब म प्रतिष्ठासँग दांज्छु – जिते शान फेर्छु , नजिते अझ रु. १० ज्यादा थपेर ला भिख भनि फेरी शान फर्काउँछु। यो मेरो मात्र हैन – हो त प्रायश: हरेक मान्छेको जातको र यो जातबाट म अछुतो छैन।

अब यसो भनिइरहँदा कहिलेकाँही चढिने, गरिने रिक्शालगायतका अन्यजस्तो साना कारोबारी कुराहरुमा त अबदेखि विचार गरुँला म तर सधैंजसो चढिइरहने सार्वजनिक यातायातको भाडा किचकिच नि ? यो सधैंको कारोबार हो, यसर्थ यसबारेमा अहिले विचार नगरम 🙂 साथै कहिलेकाँही नै गरिइने केहि ठुला कारोबारी कुराहरुमा नि यस्ता विचार नगरेकै बेश होला 🙂 कि कसो ?

If You Liked the above Post then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for new post.

Social-Media-and-College-Admissions.jpg-1024x701

Sweet + Interesting Facebook Status || Twitter Tweet Collection @ Social Media

>>1>> काठको मन भएकाहरुलाई मान दिने – काठमान्डु —  feeling injustice.

>>2>> हरेर लगेकै सही सीतालाई पवित्र राखेको रावणको हामी एक अंश नि कदर गर्दैनौ तर आफ्नै पत्निको चरित्रमाथि शंका गर्ने रामको भने जयजयाकार गर्छौ #नवमी

>>3>> मान्छे चिन्ने भन्दा नि चिनीई राख्दा चै राम्रो होला कि ?

>>4>> A Logophile – A lover of Words  — reading Poem’s in my own word’s in Bhaktapur.

>>5>> बाँच्यो जो जिन्दगी… मात्र यादको
बन्यो त्यो अभागी … पात्र दयाको
# या-द = द-या
 —  feeling Memories Should be Memories… Not the life.

>>6>> मनका भावाना कुनै डिपार्टमेन्ट स्टोरमा राखिएका सामान झै भए-जो नि आयो…छोएकै छ…चलाएकै छ…Judge गरेकै छ…मैलाएकै छ!listening to What i really feel.

>>7>> 2071 = 2+0+7+1 = 10 अर्थात Digital भाषामा कि ON कि OFF… Life & Success नि… कि वार कि पार #Determination feeling New Year Resolution.

Read the rest of this entry »

Business-Social-Media

Sweet + Interesting Facebook Status || Tweeter Tweet Collection @ Social Media

>>1>> अलिकति फरक कोणबाट हेर्ने हो भने Ice-Cream खुवाई आफैमा एक Vulgarity हो।
हेराई र सोचले नै Define गर्छ हर कुरालाई।
— watching One with Ice-Cream.

>>2>> हुन त फूल एउटै हो तर नि धनीको घरमा ज्यास्मीन नै शोभा दिन्छ अनि गरिबकोमा चमेली नै! —  feeling difference.

>>3>> बिना कारण रिसाउनेको कमी छैन यहाँ
आखाँमा त द्धेष छ, नमी छैन त्यहाँ
 —  feeling insecure.

>>4>> बामदेव – बिचार बाम
खरेल – खरो काम
जनता – सिस्नुको झ्यांग    ……….
तरकारी बनेर धेरै नै पोसियो। अब बन्ने हो सिस्नुपानी…दिने हो झ्याम झ्याम feeling Bamdev Vs Kharel.

>>5>> Even though jam eats our lots of time, we know how to manage the time! #Kathmandu #jam #traffic #life

>>6>> NTC का User नि Looser – नेट नलागी दिक्क बनाउँछ
Ncell का User नि Looser – पैसा काटी दरिद्र बनाउँछ
looking for Better & Cheap Comm. Company.

>>7>> तिमी यसरी हतारिदो छौ कि मेरो मौसमी सुन्दरताले नि लोभ्याउन्नन्! #Nature #People
Read the rest of this entry »

movie reviewNaughty Nine Status Related with Movie

  1. गाउँको अनपढ लठेब्रो २ मिनेटकै अन्तरालमा English बोल्ने र Smart Guy कसरी भयो? भौचकन्ना भाछु! —  watching कस्लाई दिउँ यो जोवन.
  2. Q – Quality
    U – Ubiquitous Story
    E – Entertainment
    E – Emotion
    N – Natural    ……    
    5 strong pillar of movie Queen
    — watching Queen The Film.
  3. Big Banner ढक्कन Movie — watching  Hasee Toh Phasee.
  4. रेखा थापा फिलिमको मन पर्ने पक्ष – ठुटे कपाल हुने हिरोईन जो सुकै हुन् हिरो चै रेखा थापा नै हुन्छिन…बिशेषत सेतो साप्रा अनि त्यसको लात —  watching हिफाजत.

 

Intermission

Read the rest of this entry »

movie, nepali movie

Naughty Nine Status Related with Movie

 

  1. People who see only Sex in Mira Nair’s movie…seems hardly understand Woman, their Nature & Emotion — watching Kama Sutra: a Tale of Love.
  2. हेर्नुभन्दा बरु Suicide गरे निको होला type को Movie नबनाइदिस्यो न Plz…I Love My Life…#बिन्ती  —  watching Nepali Movie One Day.
  3. वाह! जीना तो कोही तुमसे सिखे… अपनी Life तो जैसे डिब्बेमे बन्द हो । —  watching Dasvidaniya
  4. Q: Why Man ? Any problem in Life ?  A: Yes Sir! Life is my problem ! —  watching Dasvidaniya.

 

Intermission

Read the rest of this entry »