कलिउड: कलिउडकै कथा भन्दैन #Nepali_Movie

Posted: May 26, 2014 in movie मन्थन
Tags: ,

priyanka karki, aaryan sigdel, kollywood, nepali movie, review

“यहि हो… अनौठो, डरलाग्दो, कहालीलाग्दो तर रोमान्चक दुनियाँ – कलिउड” भन्दै January 18, 2013 मा रिलिज भएको नेपाली चलचित्र ‘कलिउड’ कफीको चुस्कीसँगै ल्यापटपमा हेरिरहँदा स्यालले बाघको छाला ओढी जंगलमा राज गर्न खोजेको कथा मानसपटलमा आई घुमिदियो एकछिन किनकि ‘कलिउड’ चलचित्रमा कलिउड नै छैन। भित्र कथा अर्कै छ – मात्र छाला कलिउडको ओढ्याइएको छ।

यो कथा कलिउडको हैन, हो त सिर्फ काव्याको। काव्या – जो कलिउडमा छिर्न र स्थापित हुन खोजिरहेकी छे, हुन्छे पनि। उसैको उतारचढावलाई कलिउड नामाकरण गर्न मिल्दैन किनकि एक व्यक्ति बिशेष भनेकै कलिउड कदापी हैन।

Nepali Movie Kollywood Story in Short Form

Struggling Actress काव्या(प्रियंका कार्की) प्रोड्युसरलाई युज गर्दै सफल(आर्यन सिग्देल) सँग Cast हुनपुग्छे – एक चलचित्रमा नाम ‘कलिउड’। सुटिंग अवधिमा दुईको मायाप्रेम बस्छ, पछि आर्यन अर्कै केटीसँग देखी बिचमा तनाव आइपर्छ। काव्या कलिउडमा माथि चढ्दै जान्छे – सफल एक्लो हुँदै जान्छ। अन्तत: दुई बिचको अन्तरंग भिडियो लिक गरी आत्महत्या गर्छ। काव्या – Need To Move On. सकिन्छ।

अब रिल ‘कलिउड’ र रियल कलिउड – तौली हेर्दा           Priyanka-Karki-in-Kollywood-Nepali-Movie-Poster

चलचित्र ‘कलिउड’ले एउटा ट्याग झुण्ड्याएको छ नामपछि ‘The Story Within’ र यसको स्टोरी रहेको छ ‘हिरोइनले[को] प्रोड्युसरको[द्वारा] युज गर्नु[गरिनु]’ – अर्थात ‘देहको सौदाबाजी’ [त्यो नि मध्यान्तर भन्दा पहिले, मध्यान्तर पछि त कथा प्रेमकथा बन्न पुगेको छ]

के कलिउड भित्रको स्टोरी यहि मात्र हो त ? यो त काठमाण्डौ नै कहिल्यै नदेखेको गाउँको एक मनुवाले सुनेकै भरमा काठमाण्डौ भनेको धरहरा हो भनि भनेझै भएन र ? काठमाण्डौमा धरहरा मात्र छैन र काठमाण्डौकै वृतान्त बताउने हो भने धरहरा मात्र देखाएर झुक्याउन पाइन्न जसरी कलिउडको स्टोरी भनि मात्र एक हिरोइनको लव स्टोरी देखाइए झैँ।

कलिउड भित्रकै र कलिउड जानेकै व्यक्तिहरुबाट बन्ने कलिउड सम्बन्धित चलचित्रबाट यस्तो आश चाहिँ कदापि गरिएको थिइएन किनकि कलिउडबाट टाढै रहेर पनि हामीले अन्दाज गर्न सक्ने_

Story Within Kollywood: Nepali Movie Industry केहि यी हुन् :-

  • Celebrities in Drug
  • Politics, Criticism, Groupism in Industry
  • Negligence & Untold Stories related with Junior Artist, Make-Up Artist, Spot boy etc.
  • Utilization and Misuse of Media by Celeb (Vice Versa)
  • Loneliness behind Fame
  • Controversy/Self made Controversy
  • Jealousy, Betrayal between Stars
  • Honest Stars in Poverty, their Problems & Life Style
  • Leaving Movie Industry to get survive                                         etc.

– यस्ता तथ्यहरुलाई तन्काउदै अझ Imagination मा जाने हो भने

  • Kollywood being used for converting Black Money to White Money
  • LGBTI faces in Kollywood

हामी दर्शकसम्मले अन्दाज गर्न सक्ने यस्ता स्टोरीहरु टन्न छन् जुन चलचित्र ‘कलिउड’ ले एक अंश नि समेटेको छैन।

जब ‘कलिउड’ कलिउडकै कथा भन्न डराउँछ वा सक्दैन वा भन्न चाहदैन भने काव्याको कथा देखाई नाम कलिउड राख्नुको औचित्य के ?

फिलिम आफै भन्छ कलिउड नर्क हो तर चलचित्र खेल्ने/खेलाउने कारण देखाई त्यो नि हिरोइनमात्रको शरीर किनबेचलाई नर्क को माने भने लिन मिल्दैन – कलिउडलाईNepali Movie Kollywood aaryan sigdel priyanka karki नै आफ्नो पेशा बनाई कलिउडभित्र भएका हरेक बस्तुघटनालाई नजिकबाट नियालिसकेका चलचित्रकर्मीहरुले। औसतमा चलचित्र ‘कलिउड’मा चमकदमक त छ तर चरित्र छैन किनकि चरित्रले कलिउडको कथा बोक्दैन न नदेखिएको पाटो नै बोक्छ।

यो काव्या-सफलको प्रेमकथा हो र कलिउड बाहिर गइ पनि यहि कथा देखाउन सकिने भए पछि कलिउड शब्द कता कता किन प्रयोगमा ल्याइयो भनि दर्शकविधालाई घोची नरहला भन्न सकिन्न।

“Kollywood – The Story Within” सम्झी ‘कलिउड’ लाई मुल्यांकन गर्ने हो भने औसतभन्दा तलको सिनेमा हो यो तर यहि सिनेमालाई Title Change गरी “Kavya – The Story of Her” सोची पुन: मुल्यांकन गर्ने हो भने फेरी औसत भन्दा माथिको सिनेमा हो यो मेरो लागि किनकि प्रियंका कार्की र नवराज आचार्यको काम साँच्चिकै काविलेतारिफ़ छ। दुवै प्रबल सम्भावना बोकेका क्रमश: अभिनेत्री र निर्देशेक हुन् – पूर्णत खँदिला।

If You Liked the above Article/Review then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for the next post.

‘कलिउड’ चलचित्र हेर्नु भएको थियो भने तपाईंलाई कस्तो लागेको थियो ? कृपया विचार सेयर गर्नु होला 🙂

Leave a Reply using mail or your social media FB, Twitter etc.