October 26, 2012 मितिमा रिलिज भएको चलचित्र ‘धुँवा यो नशा’ हालको मितिमा १ हप्ता लगाई ल्यापटपमा बल्लतल्ल हेरिसकेपछि मष्तिस्क सोच्न बाध्य भयो “अध्ययन नै नगरी किन बनिइन्छन् नेपाली चलचित्र ?”
‘धुँवा यो नशा’ त्यस्तै एक चलचित्र हो जसमा कथा ड्रग्सको छ तर ड्रगकै बारेमा अध्ययन नै नगरी मात्र क्यामेरा घुमाइएको छ र पात्रहरुलाई त्यहि क्यामेराको अघि बोल्न लगाइएको छ, बस। दृश्यमा के भन्ने, के गर्ने र के खिच्ने जस्ता कुराहरु निर्देशन पक्षले क्रमश: पात्र तथा क्यामेरापर्सनलाई राम्ररी सम्झाइबुझाइ आफु चाँही धुँवा तान्न गएको स्थिति छ किनकि दृश्यमा पात्र तथा क्यामेरापर्सनको उपस्थिति आभाष हुन्छ, निर्देशन पक्षको नाइँ। संवाद बोल्दाको प्लट कस्तो हुनुपर्छ, कसरी बोल्दा ठिक होला, अनि त्यो दृश्य त्यसरी नदेखाई यसरी देखाउदा के होला ? – यस्ता अनेक कुराहरु छन् जुन निर्देशन पक्षले विचार गर्ने कुरा हुन् तर निर्देशन पक्षले त्यस्ता कुरा वेवास्ता गरेपछि पात्र तथा क्यामेराम्यानले जे सिकाइएको छ त्यहि गरिदिएको चलचित्र हो – ‘धुँवा यो नशा’ अर्थात निर्देशकको अनुपस्थितिमा बनेको चलचित्र हो यो।
दुई पात्रले मुख खोल्दैमा ति दुई बीच संवाद भएको मान्ने हो भने यो परिपाटी चाँही परीवर्तन गर्नैपर्ने हुन्छ। दुई पात्र बोल्दा तिनीहरुलाई कस्तो अवस्थामा देखाउने, कुन तरिकाले देखाउने, छेउछाउका बस्तु-स्थिति कस्तो हुने, डायलग डेलीभरि बखतको वातावरण तथा माहौल के गरी रियालिस्टिक देखाउने, अन्य पक्ष वा पात्र समावेश गर्नु छ भने कसरी भित्राउने – यस्ता कुरा दर्शकले बताइराख्नु जरुरि हुन्न तर संवादको नाममा सोफा, बेड, गलैंचा आदि इत्यादिमा सुती-सुती, उभी-उभी, लडी-लडी मात्र बस बोल्न लगाइन्छ भने त अवश्य हामीले बताउनु पर्ने जरुरी नै हुन आउँछ। गोरु मात्रैले खेत जोत्न मिल्ने भए हली किन काम लाग्थ्यो र ? पात्रहरुले मात्र फिलिम मलिलो बनाउन नसकेरै हो निर्देशन पक्ष टड्कारो रुपमा चाहिएको जसले हर दृश्य र हर चरित्रलाई म्यानेज गर्छ। यसर्थ नि हामीले निर्देशकीय कमजोरी औल्याउनु पर्ने नै हुन्छ।
निर्देशन पक्ष एक्सन र कट बीचको अवधिमा मात्र चुकेको हैन कि फिल्म के सँग सम्बन्धित छ र फिल्मको कथासँग सम्बधित बिषयबस्तुका निम्ति गरिनुपर्ने अध्ययन तथा ति अध्ययनलाई दृश्यमा पर्दापण गर्ने तौरतरिकाबाट नि चुकेको छ। हुनसक्छ Screenplay मा Detail Information थिएनन् तर स्क्रिनप्लेलाई विवेक नै प्रयोग नगरी Visual Transformation गरिनु एक दक्ष निर्देशकीय काम चाँही पटक्कै हैन।
चलचित्र ड्रगसम्बन्धि भएर नि ड्रग बिषय नै नपढी वा पढ्न अल्छी गरी बनिइएका कारण चलचित्रलाई अनपढ भनिइएको हो।
Nepali Movie Dhunwa Yo Nasha Story in Short Form
आर्यन निशालाई मन पराउछ तर भन्न सकिराहुन्न। कलेजका साथीहरुले आँटको लागि ड्रग खाने सल्लाह दिएपछि त्यसमा फस्छ। निशाले नि भित्रभित्रै आर्यनलाई नै मनपराएकी हुन्छे। मायाप्रेम दुईबीच पुलंकित हुनथालेपछि आर्यनले निशा र ड्रग दुवै नछोड्न सक्ने जनाई साथिको सल्लाह मुताबिक निशालाई नि ड्रग युजर बनाउछ। अन्त्यमा ड्रग बेचन्तेद्वारा निशाको बलात्कार अनि मरण हुन्छ र आर्यनले नि बदला लिएपछि ड्रग ओभरडोज गरी प्राणत्याग गर्छ।
Nepali Movie Dhunwa Yo Nasha in Review Platform – as a very low Quality
- पात्रहरु लागु पदार्थ सेवन गर्छन तर कुन लागु पदार्थ ? – बताउदैन चलचित्र। ड्रग्सका नि नाम, विवरण, प्रकार हुन्छन् तर चलचित्र मौन छ यस सम्बन्धमा। चुरोटका खिल्ली असरल्ल छन् – गाँजा बनाको सम्म देखाउदैन चलचित्र। पात्रहरु सेतो पाउडर, सिरिन्ज, ट्याब्लेट आदि प्रयोग त गर्छन् तर दर्शकले चाल पाउदैनन के हुन् ति भनि – किनकि नाम सम्म बताइदैन।
- ड्रग्स युजर चौबिसै घण्टा Sick हुदैनन् र Drug मात्र तानी बस्दैनन्। यथार्थ हो यो – हाम्रै वरपरका ड्रग एडिक्ट साथीभाइ हेर्ने हो भने तर चलचित्रका पात्र धुँवामा चुरोट खोज्दै अनि सिरानीमा सिरिन्ज च्याप्दै प्रायश: हरेक दृश्यमा देखिइन्छन्। उनीहरु हर अवस्थामा Sick अथवा मातिएका देखिइन्छन्, नर्मल कन्डिसनमा झिनोरुपमा देखिइन्छन्।
- ७० देखि ८० % अर्थात अधिकांश दृश्यमा धुँवाको गन्ध आउँछ, नभए बोतलको आवाज। फिलिमको नाम धुँवा हुँदैमा प्रत्येक दृश्य धुँवामै देखिनु पर्छ भन्ने जरुरी थिएन।
- कालो ओठ र आँखामात्र ड्रग एडिक्टको चिनारी कदापि हैन। Drug Addict को Behaviour, Nature, Presentation, Thinking, Struggle, Mind जस्ता कैयन कुराहरुबाट आफुलाई बिमुख गरेको छ चलचित्रले।
- आर्यनलाई सुधारकेन्द्र(Rehabilitation Center) लगिइन्छ तर रिहाबमा कसरी Treatment गर्न खोजिन्छ ? उनीहरुले अपनाउने रणनीति के हो ? केहि बताउदैन चलचित्र। रिहाबहुँदा कसैले आर्यनलाई अर्ति दिएको देखाउछ चलचित्रमा – र जहाँसम्म हामीले जानेबुझेको कुरा हो Rehab मा अनेक हत्कण्डा अपनाई ड्रग युजरको ध्यान ड्रगबाट हटाइ अन्यमा केन्द्रित गराउन भरमग्दुर प्रयास गरिइन्छ जस्तै: सलाईको काँटीले भित्ता नाप्न लगाउनु, चामलको प्रत्येक गेडा गन्न लगाउनु आदि इत्यादि। अर्ति-उपदेश त बा-आमाले पनि दिराखेका थिए त अर्तिकै लागि रिहाब किन पठाउनु पर्यो ? रिहाब देखाए पछि रिहाब देखाउनुपर्थ्यो।
These are Theme Based, Now the Side Based :-
- ड्रग एडिक्टलाई समाजले गर्ने सिधा शंका हो – HIV/STD. HIV/STD को बारेमा चलचित्र त बोल्दै बोल्दैन साथै पात्रहरुको मष्तिस्कमा यो शंका हालिसम्म नि दिदैंन। आर्यन(सिग्देल) लागु पदार्थ सेवक रहेको थाहा पाएपछि पनि निशा(अधिकारी) बिना कुनै शंका न सोधपुछ आर्यनसँग सजिलै सहवास गर्छे। कुरा ठुलो हैन – तर पात्रहरुको मनोदशा नदर्शाउनु ठुलो कुरा हो।
- स्टेस्थोस्कोप र ब्लड प्रेसरबाटै (बिना कुनै रिपोर्ट) कुनै नि डाक्टर मुढामा बसी बसी कोइ प्रेगनेन्ट भको र ड्रग सेवन गर्न थालेको बताउन सामर्थ राख्दैनन् – चलचित्रमा देखाइए जसरी। कुरा ठुलो हैन – तर यस्ता परिदृश्यले दृश्य रियालिस्टिक लागिदिदैनन् जुन ठुलो कुरा हो।
- निशा अन्जानमा ड्रग युजर भएकी हो। आफुले ड्रग युज गरिरहेको थाहा हुनआएपछि म ड्रगको एडिक्ट हुन्न भनि आफैसँग संघर्ष गरेको देखाइनु पर्ने हो। सहन नसकी बल्ल ड्रग युज गरेको देखाइए बेस हुन्थ्यो कि ? आफुलाई झुक्याएर ड्रग खुवाएको थाहा पाएपछि नि आर्यन खोज्दै सिधै ड्रग त्यो नि सिरिन्ज तानेको दृश्य – अपाच्य।
अब केमेस्ट्री – कमजोरी:-
- आर्यन एक असल अभिनेता हुन् तर यो चलचित्रले उनलाई न्याय नगरेको हो वा उनले यस चलचित्रलाई न्याय नगरेका हुन्, जे भए नि चलचित्र र आर्यन बीच नै केमेस्ट्री छैन।
- ‘मेरो एउटा साथी छ‘ मा अब्बल देखिएका आर्यन ‘धुँवा यो नशा’मा फितलो देखिएका छन् – निर्देशनले पात्रको अभिनयमा नि फरक पार्नेरहेछ।
- आर्यन-निशाको केमेस्ट्री नि त्यति रोमान्चक छैन।
- अरुभन्दा नि ड्रगसँग आर्यनको केमेस्ट्री मिलाउन प्लट गरिएको आर्यनको निशाप्रतिको प्रेम नै स्ट्रोंग छैन।
Drug Awareness Documentary तथा Short Movie (for eg. ‘1 Percent’ – Short Movie relating with HIV) हरु नै अति स्तरिय बनिइरहेको बर्तमान परिप्रेक्षमा Mainstream Movie ‘धुँवा यो नशा’ले दर्शकको पुरापुर 2:02:31 समयावधी खेर फाल्नु सिवाय केहि गर्दैन।
अन्त्यमा
अर्ति-उपदेश तथा सिधा-संदेशको परिपाटीबाट यो चलचित्र पनि अछुतो छैन। जाँदाजाँदै चलचित्र भन्छ –
Drug Addiction is Disease Not a Crime..
लागुपदार्थ प्रयोगकर्ताहरुलाई उपचारको नितान्त जरुरत हुन्छ… बेलैमा उपचार गर्नतिर लागौं
यो बारेमा भने अर्को कुनै आर्टिकलमा कुरा गरौला बिस्तृत रुपमा 🙂
If You Liked the above Article then Plz like the Facebook Page of this blog ‘Ametya‘ – for new post.
Note : शिर्षकमा निर्देशक भनिए पनि लेख अवधिभर निर्देशन पक्ष भनिएको छ। माथिको लेख काम(निर्देशन) सँग ज्यादा सम्बन्धित छ कर्ता(निर्देशक) सँग हैन।