Posts Tagged ‘काठमाडौ कहानी’

Royal Palace
Narayan Hiti Royal Palace, Kathmandu
विश्व मानचित्रमा एसिया महादेशको ०.३ प्रतिशत भुमि ओगटेको भुपरिवेष्ठित देश नेपाल मुख्यत एसियाका ज्योति गौतम बुद्दको जन्मस्थल लुम्बिनी र संसारकै अग्लो हिमचुचुरो सगरमाथाको कारणले प्रख्यात छ । करिब १ लाख ४७ हजार वर्ग क्षेत्रफल रहेको दुइ विशाल राष्ट्र चिन र भारत बिच सरदर १८३ कि.मि. को चौडाइ र ८८५ कि.मि. को लम्बाइ ( पूर्ब मेची देखि पश्चिम महाकाली ) भइ फैलिएको छ । छेवैको छिमेकी  देश बिट्रेनको अधिनस्थ रहदाको समयमा पनि आफ्नो सार्वभौमिकतामा आँच आउन नदिएको नेपाल जन्मैदेखि स्वतन्त्र रहेको छ । सुर्य नअस्ताउने साम्राज्य भनिएको तत्कालिन वृहत बेलायतले वि.सं. १९८० मा नेपाललाई स्वतन्त्र राज्यको रुपमा दिएको मान्यताले नेपाल बिट्रिश उपनिवेश नभएको पुष्टि गर्दछ ।
गोरखापति श्री ५ पृथ्विनारायण शाहको वि.सं. १८२५ आश्विन १३ इन्द्रजात्राका दिन काठमाडौं उपत्यका विजयका साथै शुभारम्भ भएको नेपाल एकिकरण अभियान उनका उत्तराधिकारीहरुको समयमा बढ्दै गएर पूर्वमा मेचिपारि सिक्किम (टिष्टा) र पश्विममा महाकालीपारि देहरादुन, सतलज सम्म पुगेको थियो । पछि समय अन्तरालसँगै राजाहरुको अदुरदर्शी निर्णय तथा भाइ – भारदारहरुको सत्ता र शक्ति प्राप्तिको निम्ति खेलिएका कुटनीतिक तथा षडयन्त्रमुलक दाउपेचका कारण नेपालको राजनीति पूर्णत अराजक , अस्थिरता र उतारचढावबाट गुज्रिइ  फलत: बिट्रेनको इष्ट इण्डिया कम्पनिसँग वि.सं. १८७३ मा सुगौली सन्धि गर्न बाध्य भयो जसको कारण नेपाल आफ्नो एक तिहाइ भुभाग गुमाउदै  अहिलेको सीमांकनमा आइ पुग्यो।
(more…)
नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो ।
नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्यनजर गर्ने हो भने दुवै एक अर्काको पर्यायवाची बन्न जान्छन् । गोपालवंशी, महिषपालहरुको कान्तिपुर शासनसँगै नेपाल नामको राज्यको स्थापना भएको देखिइन्छ । किराँतकाल, लिच्छविकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको वृहत आधुनिक नेपाल अहिले गणतन्त्र (राजतन्त्र विहिन)परिस्थितिसम्म आइपुग्दा पनि काठमाडौं (राजधानी बनाइएकै कारणले होला सायद)नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको एक पहिचानबाट विमुख भै सकेको छैन ।
राष्ट्रिय राजनीति र देशको अस्तित्व तथा अस्मिताको प्रमुख केन्द्रबिन्दु रहेको काठमाडौं नगरी ९० को दशकताका कस्तो थियो त ?????
केहि फाइल चित्रहरु – इतिहासको पानाबाट …………………

(more…)

नेपाली राहदानी
सरकारले चैत २९ गते एमआरपी छपाइ सम्बन्धी चैत ६ गते गरेको निर्णय फिर्ता लिए लगत्तै एमआरपी विवाद २०६६ को ठुलो काण्ड हुनबाट बचेको छ ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन( आइकाओ) ले २०६६ चैत १९ (2010 Apr 1st ) देखि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको मेसिनले पढ्न सक्ने पासपोर्ट प्रचलनमा ल्याउनको लागि नेपाल सरकारलाई २०६१ मै पत्र पठाएको थियो र तत्कालिन शेर बहादुर देउवा मन्त्रिपरिषदले तत्कालै कार्यान्वयन निम्ति एक समिति पनि बनाएको थियो । “जब भयो राती, अनि बुढि ताती” भनेझै ५ बर्षसम्म निष्क्रृय भै समयको अन्त्यतिर आइसकेपछि मात्र मेसिन रिडेबल पासपोर्ट विषयमा सक्रिय हुनुमा सरकारी पक्षको ठुलो लापरवाहि देखिइन्छ र पनि अहिलेको माधव कुमार नेपाल सरकारले कुटनीतिक र राजनीतिक दबाबका साथै समयसीमाको अभाव देखाउँदै भारतलाई पासपोर्ट छाप्न दिनु बाध्यात्मक परिस्थिति रहेको स्पष्टोक्ति मिडियालाई दिएका थिए । समय छदै आइकाओले पत्राचार गरेको भएपनि त्यतातिर ध्यान नदिनु र नेपाली जनतालाई पछि राहदानीकै कारण पर्न जाने असुविधा तिर  नसोचिनु पुर्णत सरकारी पदाधिकारीहरुको नालायकीपनको उपज मात्र हो ।

(more…)