Archive for June, 2008

Totally personnel…….A same person तिमी in real world with you and ‘तिमी’ in virtual world with me……….no one understand this…only i and who try to understand this……..

तिमीलाई पछ्याइ हिड्दा
म भित्रको ‘तिमी’ मर्ने भो
तिम्रै अस्तित्व बचाउन 
बाध्य भइ टाढा हुनु पर्ने भो 

कल्पनाका दर्पणमा
तिम्रो आभाष सदैव पाइँरहन्छु कि ?
यो शिशु त तिम्रै हो
म मेरो नाम दिन सक्छु कि ?

चाहिन्न तिम्रो स्पर्श
मेरो संसारको तिमी हराउने भो
तिमीलाई केलाउने अवसर पाउँदा
म भित्रको शिशु निस्सासिने भो

म भित्रको ‘तिमी’ बेग्लै हो 
बिना तंरगको
तिम्रो एक पुकारले मात्र
यो पानी धमेलिने भो (more…)