Archive for January, 2010

” यो संवाददाता अली अनौठो लाग्छ मलाई ” म फर्के लगत्तै ति युवती छेउकै साथीलाई भन्दै थिइन ।
एउटै प्रश्न बिभिन्न ब्यक्ति-बिशेषलाई सोधी तिनीहरुको विचारलाई केलाउन सार्‍हो मजा लाग्छ मलाई, मजा पनि किन नलागोस् फरक फरक कोणबाट हेर्दै दिइएका उत्तरहरु गन्दै जाँदा उत्तरका परिभाषा अनगिन्ती बनिदिन्छन्, जबकी प्रश्न हुन्छ मात्र एक ।
” हात मिलाउने अवसर पाउँदा को सँग मिलाउन चाहनुहुन्छ तपाईं ?” यो चोटिको प्रश्न म आँफैलाई कता कता अनौठो लागिरहेको थियो ।

” एक यस्तो साथी जसको स्पर्शमात्रले म मा एक कम्पन ल्याओस् ” ति युवती, आंकाक्षालाई थाहा थियो शायद, म यस्तै भिन्न उत्तरलाई प्राथमिकता दिन्छु भन्ने र त नि उनका उत्तर यहाँ छन् ।

( एक हात समाई हिड्ने वातावरण कहिले आउला ??? )

” धेरै भयो हात मिलाउने काम, भष्ट्राचार, विऋती,विसंगति,कुरीती को को सँग हात मिलाउने काम भएका छैनन् र ? अब बेला आएको छ हात धुने न कि हात मिलाउने ” एक २५ बर्षे युवा, आश्रयले यसरी उत्तर दिइरहदा म सोचिरहेको थिए, हैन! हरेक ब्यक्तिको अन्तरकुनामा एक बिमल निभा सुतिरहेको हुन्छ कि क्या हो ? घुमाउरो तर सोचनयोग्य उत्तर ठाउँमा दिने अनी सुतिहाल्ने फेरी । कती गजब हुँदो हो त्यो बिमल निभा सधैंभरी उठिरहदो हो त ?

” पहिले मेरो प्रश्नको उत्तर दिनु हुन्छ कि ? ” बानी लगायो भने अब संवाददाताले हरेक उत्तरदाताका प्रश्नमा अल्झिनुपर्ने हुन्थो तर अँह भन्न पनि त सकिएन ।
“भन्नुस्”
” एउटा आँखाले संसार देखिन्छ भन्दैमा अर्को आँखा फोड्ने कार्यलाई के भन्नुहुन्छ ?”

(more…)