Posts Tagged ‘लेखन’

कुरो २००७, october तिरको हो । अनायसै केही भएझै भान भयो । भान हैन, यथार्थमै थाहै नपाई केही भएछ । एक ब्यक्ती बिशेषले यसरी तानेछन् कि म वरिपरी शब्दहरुका आऋती देख्न तथा कोर्न थालेछु । लगभग २ महिना ति ब्यक्ती बिशेषले पुरै आधिपत्य गरेको मेरो शुन्य दिमाग अहिले पनि प्रश्न गर्छ – के थियो त्यो, जसले मलाई मात्र अन्धो बनाएन बल्की  अनाहकमै ब्लगिङको यात्रामा सहभागी सम्म गरायो । एक आकर्षण वा परिवर्तनको एक माध्यम मात्र ?

ति ब्यक्ती बिशेष गर्छन् के ? कुरो सिधा छ – लेख्छन् । तर उनको लेखाइ कुनै परिवर्तनको संवाहक होस् भन्ने ध्येयले उनी लेख्दैनन्, त्यो त लेखकको कार्य हो । यस अर्थमा उनी लेखक पनि हैनन् जस्तो खगेन्द्र संग्रौला । लेखकका लेखाइमा त्यस्तो शक्ती हुन्छ जसले एक ब्यक्तिको विचारमा नै परिवर्तन ल्याउन सक्ने सामर्थ्य राख्छ । तर यस्ता कार्यका निम्ति सकारात्मक  सोच र तटस्थता जस्ता गह्र्‍ौ शब्दहरुको उपस्थिती अपरिहार्य रहन्छ ।

२०६४ चैत्र ०६, कान्तिपुरमा खगेन्द्र संग्रौलाका “ऋतघ्नताको कथा र कुँडाकर्कटहरु” पढ्दा मन सार्‍हो बिचलित भयो । मृत्‍युको मुखसम्म पुगेकी बिद्या भण्डारी माथि ओइरो खनेर आफ्ना शब्दहरुको दुरुपयोग गर्दा यो मन सोच्न बिबश भयो, यो लेखकले किन गती छाडेको होला ?

कान्तिपुरमै प्रकाशित पाठक प्रतिकृया भन्दै थिए, अंहमता, नारीलाई हेर्ने संकुचित सोच, कुण्ठित र ग्रसित मानसिकता आदी इत्यादी । तर यो ‘म’ पात्रले देख्यो तटस्थताको कमी (more…)