डर हैन, सबैभन्दा ठुलो डर यसैमा छ । “लोकतन्त्र नै सबैभन्दा गतिलो प्रतिशोध हो” बिचार राखी अघी बढेकी बेनजिरले २००८ देख्न पाइनन्, यसको ताजा प्रमाण हो यो ।
‘ बिचार राख्न के को डर ?’ लाई अंगाल्दै बिचार पोख्न पोख्तहरु अर्काको बिचार लाई १% पनि राम्ररी नकेलाको दृश्य फेरी दु:खलाग्दो बिषय हो । सबभन्दा धारिलो प्रहार- बिचार सही तरिकाले प्रयोग नगरिए बिचार सस्ट्रा नभै बिचाराधिनले सम्बोधित नगरिएला भन्न सकिन्न ।
मोहनदास करमचन्द गान्धी महात्मा गान्धीमा परिणत भए- मात्र एक बिचार पछ्याउँदा । इतिहास पल्टाउन सक्ने सामर्थ्य राख्ने एक बिचार को सहायताले भारतले अंग्रेजहरुलाई आफ्नो इतिहासभन्दा अघी बढ्न दिएन । तोप र गोलाको बौछार अगाडि नांगो तर दृण बिचार लिइ महात्मा गान्धी बढ्दा आज भारतले भन्न पाएको छ- “भारतियहरुको भारतमा तपाईंलाई स्वागत छ”
९० को दशकसम्म भारिभरकम शब्दको उपाधिले बिभुषित बिचार आजकाल किन हो सस्तो भाउमा जता पनि पाइन थालिएको छ । बोली बेच नेता होउ, बिचार बेच बौद्दिक कहलाउ । आशा कल्पित मुहार र स्वर्णिम सपनामा व्यस्त आँखा केही हेर्न चाहन्छन तर यहाँ आश्वासनका ठुला ठुला पोका बिचार , मिडिया र स्वार्थको संयोजनबाट यसरी पस्किइन्छन कि मानौ ति आँखा यो भन्दा ठुलो चिज हेर्ने सामर्थ्य राख्दैनन् । सामर्थ्य राखे सुर्यलाई एक टक हेर्दा ज्योति बिलिन भए झै अवस्था आउनेछ ।
बिचारै बिचार को संजालबाट यो देश मात्र नभै पुरै विश्व एक फरक बिचार चाहन्छ, भोक जाग्रित गराउने बिचार न कि खोक्रो आडम्बरको ठेलीले मुखमा बुजो लगाउने बिचार ।
फरक बिचार लिएर हिंड्नु निश्चय नै सहज चाँही छैन । नमुना, सिद्दान्तवादी, एक्लो आदी इत्यादी उपनामहरुलाई अंगिकार गर्न सक्ने साहस र ठुलो हृदय हुनुपर्छ । क्रान्तिको जन्म बिचार को शशक्तिकरणबाट नै शुरु हुन्छ । एक बिचार को उत्पतिले मानव सही अर्थमा मानव कहलाउँछ अनी त्यसको असार एक देश वा पुरै विश्व महसुस गर्छ । न्युटन, आइन्सटाइन जस्ता बैज्ञानिकहरुको बिचारको धरातलमा टेकी आजको विश्व यो समयसम्म आइपुगेको छ । मार्टिन लुथर किंगले ५०-६० को दशकताका बर्ण बिभाजनको मुद्दा उठाउँदा आज कोण्डोलिजा राइस्(अश्वेत महिला) बिदेशमन्त्रीको कार्यभार सम्हाल्दै छिन् । मात्र बिचार साथमा लिइ मुद्दा उठाउनु सहज भने पक्कै हैन, सहि बिचार सहि तरिकाले उठाइएको छ भने त्यसको सहि प्रतिफल वर्तमानले नपाए पनि भविष्यले अवश्यै पाउनेछ भन्ने आशय माथिको पङक्तिले दिएको छ । (more…)