हरेक विषयमा ‘म’ को संयोजन लगाई लेख्नु सजिलो हुने रहेछ । यसर्थ पनि यस भेटी बिरोधी तर्कमा मैले भन्नै पर्ने हुन्छ – म भेटी बिरोधी हुँ । सानो सानोमा एक रुपैयाँको पनि लोभ लाग्ने भएकाले मन्दिरमा गएर भेटी चढाउनु मेरो मनलाई लोभले दिदैनथ्यो । तर पछि अलि ठुलो हुँदै गएपछि भने आफ्नै एक सिद्दान्तले रोकिरहेको छ । झट्ट हेर्दा कुरो रु एक को हो तर कुरा यहाँ एक भन्दा ठुलो भोकको हो ।
मानिस स्वभावैले जस्तो भएपनि उसँग जस्तो छैन भन्दा पनि केहि न केहि सिद्दान्त रहेकै हुँदा रहेछन् । हावाजस्ता लाग्ने (अन्यको लागि) त्यस्ता सिद्दान्त व्यक्ति आफै चाहेर पनि हटाउन नसक्ने रहेछ । भएन, यि सिद्दान्त त अलि सामाजिक मुल्य र मान्यता विपरित भए भनेर मनै मार्दा पनि तुष चाँही अन्तरमनमा गडेरै रहिरहने । हो, भेटी हिन्दु समाजको सभ्यता हो । भगवानको घर खाली हात जानु हुन्न भन्ने मान्यताको प्रतिक हो –भेटी । र यही मान्यताको विरुद्द छ मेरो सिद्दान्त जुन चाहेर पनि म बाट हट्न मानिरहेको छैन् । कुरा मात्र एक को हो र अलिक फरक ढंगले हेर्ने हो भने कुरा करौडौको हो र अझ मानवीय तवरले हेर्ने हो भने पेटीमा माग्न बसेका अपांग र अशक्त वृद्दवृद्दाको भोकको हो ।
तपाईं पशुपति प्रायश: गइरहनु हुन्छ भने मात्र २० मिनेट बाग्मती पूर्वी किनारमा बसी पशुपतितिर नियाल्नुहोस् । पशुपति उपल्लो परिसरबाट तल कालजयी मुर्ति(बाग्मती किनारमा अवस्थित) मा बर्षने भेटीका सिक्काहरुले तपाईं स्वयंलाई सोच्न बाध्य तुल्याउने छ –यो सब किन ?? सुख्खा जमिनमै चढाइएका ति भेटी स्वरुप सिक्काहरुलाई छेवैका बालकहरुले एक एक गरी टिपेको दृश्यले भलै कमसे कम यि बच्चाहरुले त पैसा कमाए भनि एक मनले सन्तोष गर्नुहुँदो हो तर तिनै भक्तिवादीहरुले जब पैसा खोलामा चढाँउछन् तब ??? सकि नसकि चुम्बक लगाई अथक प्रयास बाबजुद खोलामा फ्याकिएका पैसामध्ये मात्र १०% बालकहरुको हातमा पर्न जान्छ । भगवानलाई चढाउने एक अन्धविश्वासी दौडमा पैसाको अर्थको वेवास्ता किन ??? (more…)