” तिमी पत्रकारहरु कती घटना खोज्छौ, एकपटक जीवन खोजेर त हेर“ मेरो मित्रले भनेको यो वाक्य मेरो दिमागमा लगभग चार महिना घुमिरह्यो , जबसम्म म काठमाडौंको वृद्दाश्रम पुगिन । दुई वृद्दा, उमेरले ६० बढी तर जोशले ३५ कम, तारा (तस्विरमा पटुकि बाधेकी) र माया (ओढ्ने ओढेकी) भेटेपछि लाग्यो यो संवाददाताले एक फरक जिन्दगी भेटेको छ, एक जीवन जसलाई हेरेर हजार जीवन जिउन अभिप्रेरित हुनेछन ।
डेढ बर्षअघी अमेरिकातिर लागेका छोराबुहारीसँग ६२ बर्षिया तारा पनि लागिन र लगभग ३ महिनामा अमेरिकालाई मजाले जिएर फर्किन ।
“किन ?”
” त्यहाँ कुन्जिएर जिउनु भन्दा यहाँ दुई फट्को भएपनि मार्न पाइन्छ । फेरी यहाँ नयाँ नेपाल बनाउने भन्दैछन । त्यहाँ बसेर यहाँ टुलुटुलु हेर्न पनि त भएन नि !” यो उत्तर सोचे भन्दा हल्का फरक त थियो नै साथै छायाँदेवी पराजुलीलाई सम्झने एक माध्यम पनि बन्यो मेरो लागि ।
“बुहारी बारम्बार फोन गरेर उतै(अमेरिका) आउन भनिरहन्छे । औधी माया गर्छे मलाई । छोरीलाई अहिलेसम्म कुर्था सुरुवाल भन्दा बाहिर लाउन दिएकी छैन । नेपाली संस्कारमै हुर्काउदै छे । छोरो अली बरालिन थालो अरे। घर त बिना छतको जस्तो लाग्छ, भन्छे । कहिले काँही सोच्छु, कतै नेपाल फर्केर गलत निर्णय त गरिन । हे ईश्वर ! मेरी बुहारी ले छोराछोरिको सुख पाओस् ।” एक सासमै सकिन ति वृद्दाले आफ्ना कथाहरु ।
“बुहारी त गतिलो पाएकी छ मैले, कमैले पाउँदा हुन् । म फर्कदा नि गहभरी आँशु पारेकी थिइ, के गर्नु परिस्थितीले नै ढाँटेपछि…? “आँशु पुछ्दै ति वृद्दाले भनिन ।
यि वृद्दाको मात्र हैन, छेउकै ६४ बर्षिया मायाको पनि यस्तै फरक कथा छ । यि दुवै वृद्दा बुहारी बाट हैन कि परिस्थितीले ठगिएर यस वृद्दाश्रमसम्म आइपुगेका हुन् ।
” मैले जे गरे,एकदम ठीक गरे । घर छोडेर याँ आइयो, एकदम ठीक गरियो ।” म केही सोध्दैछु भन्ने चाल पाएर ति वृद्दाले जवाफ फर्काइहालिन्।
“मेरो बुहारी पनि एकदम गतिली, तर सम्धिनी हैन । कान्छा छोरासँग बस्दा बुहारी की आमा आएर सधैं छोरीको कान भर्थिन । बुहारी एकदम असल, अँ अँ भन्दै यता पनि ठीक्क, उता पनि ठीक्क । कहिल्यै दु:ख दिन तेसले । छोरीसँग सिप नलागेपछि ति बुढी ज्वाँईको कान भर्न थालिन् ।”
(more…)
Like this:
Like Loading...