Archive for March, 2009

 A mother takes twenty years to make his son brillient while a girl takes only two minute to make him dumb. कुरो सहि नै रहेछ । २२ महिनाको हुँदादेखी आमै बाटो यसरी काट्नुपर्छ भन्दै २२ बर्षे लक्का जवान बनाउँछिन अनी त्यही जवान जब जवानी महसुस गर्छ तब यस्तै हुँदोरहेछ । अब यसमा मेरो के दोष ? गोलो बाटुलो आँखा नै यस्ता राम्रा थिए कि म के भनु ?

ति गोलमटोल कन्यालाई हेर्ने सुरमा झन्डै हेर्‍या हेर्‍यै भको आफु, अगाडि या बडेमाको ट्याक्टर आको पनि चाल नपाको । अनी, भइएन त जिरो जिरो अन्डा ।

 यि गोल गोल चिज प्राय: सबै यस्तै हुँदारहेछन् । अब शुरुदेखी नै शुरु गरौ न । गोल (०) बाट सुरु हुने गणितका लेखाजोखा कतै गोलमाल भए पुरै गोलमाल भइ ब्यापारै चुर्लुम्म डुब्छ । जिन्दगी पनि त शुन्यबाट  शुरु भै शुन्यमै बिलाउँछ, रहन्छ त केवल उथुलपुथुल यात्राका पदचिन्हहरु । सुर्य गोल, सुर्यबाट उछिट्टिएर बनेको यो पृथ्वी गोल,पृथ्वीलाई घुमिरहेको चन्द्रमा गोल, चन्द्रमासम्म पाइला पुगाउने यि मानव दिमाग गोल (गिदिको आऋती पनि गोल गोल नै हुन्छ क्यार, हैन ?), ति दिमागबाट निस्केका बिचार , योजना यस्ता घुमाउरो गोल (चक्र) कि माउन्ट एभरेष्टबाट हानेको गोल स्ट्याचु अफ लिबर्टिमा थापेको पोस्टमा नै गोल हुने । ….. बर्ग कि.मि.को यत्रो बिशाल गोल (दुनियाँ)लाई एक बिन्दुमा समेट्न ति मानव दिमागले कती गोल गोल चक्कर काट्यो होला, कठै । गोल, अण्डा, जिरो, शुन्य, बिन्दु जे सुकै भन्नुस्, मात्र यती याद राख्नुस् कि यि यो गोलको भद्रगोल महा छ, अथाह छ । (more…)

एक जिन्दगी
जीवनदेखि मृत्यू
गोल गोल वृत झै
शुरुदेखि अन्त्य
अनि यात्रामा भेटिइन्छ
मात्र -दुई क्षण सासको साथ ।

यात्रा अनवरत
सहयात्री अनगिनत
र पनि मन उदास
कारण- व्यक्ति पिच्छे फरक फरक।