कोरियन मुवी A Millionaire’s First Love को Copy Paste मानिएको चलचित्र ‘मेरो एउटा साथी छ’ आफ्नो प्रदर्शनताका [September 11, 2009 – Nice Coincidence with 9/11 Twin Tower Date 🙂 ] एउटा राम्रै प्रतिक्रियाको परिधिमा आफुलाई पार्न सफल भएको थियो – मलाई जहाँसम्म लाग्छ।
DVD किनेर ल्याई (अहिले) हेरेपछि कमजोरीहरुको थाकनै निस्किए तर थोरै केही सबल पक्षहरुले धेरै कमजोरीहरुलाई दबाएको ‘मेरो एउटा साथी छ’ एक औसतभन्दा अलिकति माथिको राम्रो सिनेमा हो – मेरो लागि।
Strong Points of Nepali Movie – Mero Euta Sathi Cha (सबल पक्ष)
# आर्यन – नम्रता केमेस्ट्री
चलचित्रको मेरुदण्ड बनिदिएको छ यो केमेस्ट्री। सानो संसारबाट भर्खरै उदय हुँदै गरेकी नम्रता श्रेष्ठ र आफुलाई स्थापित गराउंदै गएका आर्यन बीच नजानिँदो एक किसिमको दरिलो केमेस्ट्री बसिदिएको छ – यो सिनेमा अवधिभर – जुन दर्शकलाई प्रिय लाग्ने एक सबल पक्ष हो।
# आर्यन लगायतको चरित्र सुहाउँदो अभिनय
प्राय सबै पात्रहरुको अभिनय चरित्र सुहाउँदो देखिएको छ तर आर्यनको चरित्र भने Perfect Fit मा गएर बसेको छ। एक घमण्डी बाबु राजा चरित्र र उनको Getup – दुवै Strong छन्।
# Melodious Music
Mind Fresh तथा कता हल्का मुस्कान छाएझैं महसुस गराउन सक्ने म्युजिक यसको अर्को सबल पक्ष हो। गीतहरु त मधुर छन् नै साथै पानीमा भिज्दाताका बज्ने म्युजिक होस् वा Shreya Shotang को “साथी छ” भनि पछाडि ब्याकग्राउण्डमा बज्ने म्युजिक – एउटा Thumbs Up त जान्छ नै दर्शकविधाबाट – अवश्य!
# फरकपन
प्राय एउटै ट्रयाकमा हिडिरहेको नेपाली चलचित्रको भिडमा कोरियन नै सहि एक फरक मिठास लिइ आएको चलचित्र दर्शक जमातमा नौलो स्वाद बनी स्मरणमा बसिदिन्छ – अर्को सबल पक्ष।
अब कमजोरी – मोटामोटी हिसाबमा
[आलोचना हैन गल्ति औल्याउने प्रयाश गरौँ – नेपाली मुवी नि अति नै राम्रो हुनेछ एक दिन #आशा ]
# असन्तुलित Mass Media
चलचित्रका चरित्रभन्दा बाहिरका Group, Mass, Crowd आदिको लागि प्रयोग गरिने मुहार व्यक्तिहरु (मैले त्यो भिडलाई Mass Media भनेको छु) कता के नमिलेको जस्तो अलिक Unrealistic जस्तो असन्तुलित छन्।
आर्यनले दिएको Birthday Celebration जहाँ रेखा थापा डिस्कोथेकमा Perform गर्दैछिन – जम्माजम्मी १२-१३ जना … भिड देखाउन एकै ठाउँमा सबै जम्मा।
जीवन लुइँटेल त्यस्तो ठुलो क्रिमिनल हुँदैनन् न कुनै ठुलो चोर-फटाहा (पहिलो चोटी चोरी गरेको भन्छ कथा) तर उनलाई पकड्न ठुलै जत्था – १३/१३ जना सशस्त्र (हरेकको हातमा बन्दुक) को प्रयोग गरिइन्छ।
मर्दै गरेकी नम्रताको अन्तिम लक्ष्य नाटक हो अनाथालय बचाउनको लागि – तर दर्शक भने बच्चाबुच्ची र खालि कुर्सी। गीत, नाटक स्टेज भब्य नै लाग्छन् तर त्यहीं नाटकको दर्शकविधालाई भने अन्याय गरेको देखिइन्छ किनकि डाक्टर र प्रिन्सिपल भन्दा बाहेकका ठुला मान्छे देखिइदैन दर्शकभिडमा साथै Backstage मा हुनुपर्ने नाटक गरिरहेका कलाकार(जीवन लुइँटेल, सुस्मा कार्की तथा अन्य) नै दर्शकविधामा देखिन्छन।
# वारिसनामा – अप्रष्ट
कोरियन भर्सन A Millionaire’s First Love कै वारिसनामालाई लिने हो भने Kang Jae-Kyung को जिजुबुवाको जम्मा २ सर्तको आशय नाति पुर्खौली घर/गाउँ जाओस् भन्नेमा प्रष्ट छ (Graduation को नाममा – Kyung लाई बिर्सिसकेको गाउँ फर्काउन) तर नेपाली भर्सन Mero Euta Sathi Cha मा सर्तमाथि सर्त थपिइदै जान्छन – तर आशय प्रष्ट हुदैन – Graduation लाई फोकस गरी बल्ल पछि पुर्खौली घर बिकल्पको रुपमा अघि सार्छ वकिल थापा।
# आर्यनको स्मरण – सन्देह
कोरियन भर्सन संवाद र दृश्यबाट प्रष्ट छ – सानोमा केटीसँग छुट्टिइ परिवारसमेत शहर जाँदा कार दुर्घटना भैं अभिभावकको मृत्यु भएपछि Kyung को मस्तिष्कमा त्यो गाउँ र आफ्नै अभिभावक नि कतै दबिएर रहेका छन् जुन बिस्तारै गाउँ आएपछिका घटनाक्रमले ताजा हुँदै जान्छन जस्तै दुई बालकलाई पछ्याउदै जाँदा बा-आमासँगको दृश्य याद आउनु, ड्रामा रिहर्सलको दृश्यले आफुले यो गाउँ छोड्दा भनेको कुरा याद आउनुआदि।
नेपाली भर्सन – अप्रष्ट छ – संवाद र दृश्य दुवैबाट। दुर्घटना कारण त भनिइएको छ राघव(जीवन लुइँटेल)को एक संवादमा तर त्यो बुझिन पर्याप्त छैन – दृश्यहरु नदेखाइएपछि।
साथै –
पानीमा भिज्दा गर्ने डान्सको हरेक स्टेप याद छ आर्यनलाई तर कोसँग नाच्ने गर्थे ? याद हुन्न ?
छेवैमा छ आर्यनको आफु सानो हुँदाको फोटो कुनै केटीसँग – तर को केटी ? कहिले हेर्दैन त्यो फोटो ? (Korean Version – उक्त फोटो स्टोरमा थन्किएको छ – जुन हिरोले देख्दैन)
Korean Version – यादहरु दबिएर रहेका छन्, समयसँगै घटनाक्रमको मद्दतबाट याद आउँदै जान्छन् – #मिल्दो
Nepali Version – आर्यनले यादहरु दबाएर राखेको छ, जीवन(राघव) ले याद दिलाउँछ … दबाएर राखेको यादहरु र दबिएका यादहरु फरक हुन् – अलि कथामिल्दो भएन।
# नाटक – नाटकै छ
अनाथालय बचाउन भनि नम्रताले गरेको भनिएको (मुटुरोगी हुँदा नि आफुलाई वेवास्ता गरी) दिनरातको मेहनत नाटकको लागि – काम नलाग्ने छ।
– खालि कुर्सी, बच्चाबुच्ची दर्शक (माथि यो प्रसंग आइसकेको छ)
– चियापत्ति टिपेर आएको रु. ५०/१०० को ज्याला लाखौँको ऋण लागेको अनाथालय बचाउननिम्ति जम्मा गरिएको कुरा असान्दर्भिक छ। कोरियन भर्सनमा बन्दा टिपेको दृश्य Play & Stage खर्च सहयोगको लागि हो – सान्दर्भिक।
– त्यत्रो परिश्रम र पैसा नि खर्च लागेको नाटकमा नाटक हैन – आर्यन(जय) र नम्रता(शिखा) को पूर्णत निजी वार्तालाप देखाइन्छ जुन पुरै नाटकीय छ (Korean Version – नाटक नै खेलिइन्छ) । त्यहाँ नाटक हेर्न पैसा काटी आएका दर्शक उनीहरुको वार्तालाप सुन्न त आएका पक्कै थिएनन् होला।
# Movie Length
सिनेमाको समय अवधि घट्दै गइरहेको हालको अवस्थामा पुरापुर 2:41:20 को Length रहेको मेरो एउटा साथी छ पट्यारलाग्दो त छैन तर अलिक लामो नै भएको आभाष दिन्छ। राघव पात्रको थपिएको अनावश्यक उपस्थितिले केहि हदसम्म समय अवधि लम्ब्याएको छ।
अन्त्यमा दुवै Korean र Nepali Version लाई हेर्दै तुलना गर्दा ‘I Live in Pokhara’ लाई नेपालीमा ‘म पोखरा हो’ भनि Bing ले गरेको Translation झैँ भैदियो कतिपय अवस्थामा – मेरो एउटा साथी छ। तालमेल नमिलेको अनुवादित कोरियन भर्सन । ‘मेरो एउटा साथी छ’ हेर्दा उठेका प्रश्नहरु A Millionaire’s First Love ल्याई हेरेपछि बल्ल शान्त भएको थियो 😦 । भाव, आशय सहितको चाहिएको सटिक ठाउँमा मात्र केहि परिमार्जन गरी अनुवाद गरिएको भए मेरो एउटा साथी छ अझ उत्कृस्ट हुनेमा कुनै शंका थिएन।
धेरै पटक आखाँ भिजाउन सफल कोरियन भर्सनको नेपाली भर्सनले आखाँ त भिजाउन सकेन तर मनमा हल्कै सही केहि मिठो मिठास दिन सफल भएकोमा धन्यवाद भने दिनै पर्ने हुन्छ।
If You Liked the above Article/Review then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for the next post.
‘मेरो एउटा साथी छ’ हेर्नु भएको थियो भने कस्तो लागेको थियो तपाईंलाई यो चलचित्र ?
[…] मेरो एउटा साथी छ: लेखकिय-निर्देशकिय के… […]
LikeLike
[…] मेरो एउटा साथी छ: लेखकिय-निर्देशकिय के… […]
LikeLike