
कम्पनरत छ मुटु, रक्तसिंचित नशाहरु व्यग्र छन् , दौडाइमा छु म । जिन्दगी त वैसे पनि दौडिरहेको छ तर आज शारिरीक रुपमा नै साँझको हावा खान पशुपतितिर हानिएको छु बेजोडसँग । साँझको परिवेश बिहानको भन्दा फरक त अवश्य नै छ । फरक यस मानेमा कि बिहान ‘हेल्थ कन्सियस’ हरुको जमात हुन्छ त साँझ ‘भगवान एक रुप अनेक’ को नारामा ढल्किन्छ , पशुपति नगर । जोगिदेखि लिएर भोगिसम्म, जोडीदेखि लिएर कौडिसम्म को संगम स्थल , पशुपति परिसर , अझ अर्कै अनुपम स्वादमा आफुलाई पस्किरहेको झैं भान हुन्छ । आरतीको समय भएको छ ।
चिता जलिरहेको छ । रोदन छ, क्रन्दन छ । भजनमा लिप्तहरुको फेरी यता छुट्टै संसार छ । कोही आलिंगनमा मस्त छन् त कोही नशाको बन्धनमा । आँखा एक तर फरक फरक कोण अनी फरक फरक द्रिश्य । यस्ता विविध द्रिश्यहरुको भुमरिमा आरतीको संगितमा लिप्त भई एकाग्रताको एउटा परिधिमा समाहित हुन खोज्दैछ मेरो मन तर अनायस एक शिर्षक मानसपटलमा घुम्दछ । पशुपतिमा एक साँझ ,ईश्वरको अस्तित्व ?? प्रश्नचिन्ह !!! आरती स्थल तल बाग्मती किनारमा एक बहुलाई भजनको तालमा नाच्दैछिन् ।
(more…)
Like this:
Like Loading...