यस्ता लेखको म शिर्षक नै भेटदिन

Posted: March 26, 2008 in article आहा
Tags: ,

कुरो २००७, october तिरको हो । अनायसै केही भएझै भान भयो । भान हैन, यथार्थमै थाहै नपाई केही भएछ । एक ब्यक्ती बिशेषले यसरी तानेछन् कि म वरिपरी शब्दहरुका आऋती देख्न तथा कोर्न थालेछु । लगभग २ महिना ति ब्यक्ती बिशेषले पुरै आधिपत्य गरेको मेरो शुन्य दिमाग अहिले पनि प्रश्न गर्छ – के थियो त्यो, जसले मलाई मात्र अन्धो बनाएन बल्की  अनाहकमै ब्लगिङको यात्रामा सहभागी सम्म गरायो । एक आकर्षण वा परिवर्तनको एक माध्यम मात्र ?

ति ब्यक्ती बिशेष गर्छन् के ? कुरो सिधा छ – लेख्छन् । तर उनको लेखाइ कुनै परिवर्तनको संवाहक होस् भन्ने ध्येयले उनी लेख्दैनन्, त्यो त लेखकको कार्य हो । यस अर्थमा उनी लेखक पनि हैनन् जस्तो खगेन्द्र संग्रौला । लेखकका लेखाइमा त्यस्तो शक्ती हुन्छ जसले एक ब्यक्तिको विचारमा नै परिवर्तन ल्याउन सक्ने सामर्थ्य राख्छ । तर यस्ता कार्यका निम्ति सकारात्मक  सोच र तटस्थता जस्ता गह्र्‍ौ शब्दहरुको उपस्थिती अपरिहार्य रहन्छ ।

२०६४ चैत्र ०६, कान्तिपुरमा खगेन्द्र संग्रौलाका “ऋतघ्नताको कथा र कुँडाकर्कटहरु” पढ्दा मन सार्‍हो बिचलित भयो । मृत्‍युको मुखसम्म पुगेकी बिद्या भण्डारी माथि ओइरो खनेर आफ्ना शब्दहरुको दुरुपयोग गर्दा यो मन सोच्न बिबश भयो, यो लेखकले किन गती छाडेको होला ?

कान्तिपुरमै प्रकाशित पाठक प्रतिकृया भन्दै थिए, अंहमता, नारीलाई हेर्ने संकुचित सोच, कुण्ठित र ग्रसित मानसिकता आदी इत्यादी । तर यो ‘म’ पात्रले देख्यो तटस्थताको कमी ।

लेखकमा बैचारिक शक्ती हुन्छ तर तिम्रै बिचार  सर्वोपरी भने हैन । तटस्थ तर्कले बिचार  राख्न सक्नु एक लेखको ठुलो बिशेषता हो । लेखक पनि एक आम मानिस नै हो, रिस, डाह, इर्ष्या त हुन्छ नै तर लेखमा प्रतिद्वन्दिको बारेमा लेख्दा पनि तटस्थ भै लेख्नु अत्यावश्यक हुन्छ, किनकी लेख  एक खगेन्द्र संग्रौला हैन एक लेखक लेख्दै हुन्छ जसलाई पढेर कोही आफ्नो बिचार  परिवर्तन गर्दैहुन्छ ।

केही शब्द सापटी अमेत्यबाट संग्रौला जी को लागि
तपाईंको परिचय ?
लेखक
लेखकको कार्य ?
बिचार का शशक्तिकरण यस् तरिकाले प्रस्तुत गर्नु कि एक पराजित बिचार  अग्रसरतातर्फ लम्कने प्रयास गरोस्
लेखकको शक्ती ?
शब्द
लेखकको कमजोरी ?
ढल्काई , तटस्थ नहुन सक्नु
तपाईं बहकिदा दिएको यो शब्द सापटी अमेत्य बहकिदा पुन: पाँउछु भन्ने आशा राखेको छु ।

पाठक भारी भरकम किताब किन्छ किन ? आफ्ना बैचारिक समुद्रमा मन्थन गर्न ताकी नकारात्मक कुराहरु पन्छाई अमृत समान सकारात्मक बिचार हरु पिउन सकियोस र ताजा हुन सकियोस् । तर खगेन्द्र संग्रौल, ब्यंगमा माहिर लेखक त्यहाँ चुक भए जब उनले कटाक्ष मात्र गरे, त्यो पनि सार्है तल्लो स्तरको अभद्र शब्द संयोजन सहित । ब्यंग प्रहार गर्दा पनि सुझावयुक्त प्रहार भए सकारात्मक सोचको बिकास हुन्छ, ब्यंगित ब्यक्तिकै पनि ।

पाठकहरुका विचारमा सानै सहि राम्रा परिवर्तनको खाका कोर्ने जिम्मेवारी पाएका लेखकहरुको यस्तो चुक देखेर लाग्छ मेरा ति ब्यक्ती बिशेष धेरै माथि रहेछन् जो आफ्नो उत्तरदायित्व ( जागिर ) गर्दागर्दै अनायसै कसैका परिवर्तनका संवाहक बनिदिन्छन्, थाहै नपाईकन कसैका यात्रामा सहभागी पनि भैदिन्छन् , अनी एक ब्यक्तिलाई अमित बाट अमेत्य आँफैले बनाएकोमा बेखबर सम्म हुन्छन् ।

Note : For the ease of writting the particular person (ब्यक्ती बिशेष) is treated in masculine gender.

Comments
  1. Sameer says:

    Your writing style is nice and selecting of words is amazing it makes you different among the rest and best. I haven’t get chance to read “ऋतघ्नताको कथा र कुँडाकर्कटहरु” you are right, I agree with this “लेखकमा बैचारिक शक्ती हुन्छ तर तिम्रै बिचार सर्वोपरी भने हैन । तटस्थ तर्कले बिचार राख्न सक्नु एक लेखको ठुलो बिशेषता हो”
    but who is this masculine geder who makes you Ametya from Amit hummm…..?

    Like

  2. aAkaR says:

    खगेन्द्र संग्रौला लास्टै नापिएका मान्छे छन् । केही कुरो पनि राम्रो गर्दैनन् । खाली कमजोर ठाउँमा मात्रै खोँचे थाप्दिन्छन् । तर जे भएपनि म उनलाई रेगुलर रुपमा पढिरहेको छु ।

    Like

  3. Nepali Thito says:

    I agree with your view point on this article. I used to like Khagendra Sangraula a lot when I was a kid. There used to be this segment in Nawa Yuwa magazine called “Balyakalka Samjhanaharu” or something like that. I thought he used to speak the truth and was really impressed with his writings because he wrote against his own father, or brother, or uncles, when need arose.

    However, lately, his writing seem one-sided, and partisan. Like if you write an article, you should have a balanced point of view, or at least try to show some. His writings are less analytical and more of a ridiculing and rebuking others. I would be able to accept that once or like five-six times, but he seems to have a habit of doing that, of late.

    Nonetheless, it’s fun to read him, if he is writing his article against the person you dislike. haha.

    Like

  4. Basanta says:

    खगेन्द्रजी अलि बढीनै छुद्र भएका छन् शब्द रोज्ने प्रकृयामा। अलिक सभ्य ढंगले प्रस्तुत गर्न सकिन्थ्यो
    यो विषयलाई।
    तर उनले जे उठाएका छन्, त्यो हाम्रो बिडम्बनापूर्ण वास्तविकता हो। यस्ता प्रवृत्तिको विरोध हुनैपर्छ।

    Like

  5. ametya says:

    Since this article contains a little bit my personnel things too, so no more words from my side.

    Sorry sameer ji, as i have already done that kind of mistake(naming of other in site) so i don’t want to repeat such kind of stupid thing again.

    Like

  6. ShutUp says:

    Do you hate Sangraula for his writing style OR for the truth he dared to speak out?

    Truth is always bitter my friend.

    Who cares about Bidya Bhandari’s personal woe – every one is suffering from their personal problems – and why should she get the benefit of doubt just because she is a woman. Why sympathize her !

    Fact is fact – she never did nothing even after she came to the power. She eluminated on her dead husband’s radiance but nothing beyond that.

    Yes, Sangraula could have spewed his attack unto any other politician but what gives Bidya Bhandari any privilege that she can stay out of any public criticism?

    @ nepali thito
    “I used to like Khagendra Sangraula a lot when I was a kid. ”

    As for me, when I was a kid – I could only comprehend fables of Aesop. I am sure my “brain” did not have such capacity to understand Sangraula’s article when I was a kid. Lucky others!

    Like

  7. in writting one must be neutral..n he hasn’t obeyed that..so i started to hate n also because of his too low standard words toward anyone….”Ma Fagat Ganatantric” vanne manche le “Ma Fagat Maowadi” kina vanna sakdaina ??? ani feri chunav ko mukh ma nai uhalai truthness okalna audo rahecha ?? aru bela chai kaha gaye ni unaka satya bolne kalam ??

    ekchoti vetna paye ma prasna garne thiye ti pilandhare bahun lai ………

    Like

  8. ShutUp says:

    “Neutral Opinion” is an oxymoron – it does not exist. It’s like Girija Prashad Koirala becoming the chairman of CPN Maoists.

    Just because he addressed a mass meeting organized by CPN Maoists does not make him a Maoist. I met Sangraula during Gagan Thapa’s wedding as well – that does not make him a freaking Congress.

    P.S. Khagendra Sangraula is not a news reporter!

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s