चलचित्र भर्सेस दर्शक : डम्बरे @किम्फ

Posted: December 19, 2014 in movie मन्थन
Tags: ,

Audience in Movies

बुढी औंला सानो भएरै होला शायद हामी अधिकांश दर्शकको औंला लम्बाईमा लामो कि त चोर कि त सिधै माझी औंला उठाउन सजिलो ठानिदिन्छौ – कुनै पनि नेपाली चलचित्र हेरे पश्चात। हुन त नेपाली चलचित्र उधोग नहेरी गालि गर्नुभन्दा हेरेर ताली बजाउनुस भन्छ तर हेरेपश्चात नि गालिमात्र हैन निर्देशकलाई कोट्याई कोट्याई हेर्दा लागेको पैसा र समय दुवै फिर्ता मागौ कि झैँ सोचमग्न बनाउँछन् – त्यतिसम्मको बेकम्फुसे बनाइएका हुन्छन्। निर्देशकले कमजोर दृश्य पस्कनु र दर्शकले आलोचना गर्नु एक तरिकाको दोहोरी नै भैसकेको परिपेक्षमा राम्रा चलचित्रलाई पनि दर्शकले आफ्नो साँघुरो मानसिकताबाट कमजोरी मात्र इगिंत गरी निर्देशकीय प्रशंशामा अनुदार बनिदिनु एक बिडम्बना बनिदिएको छ। प्रसंग – किम्फको डम्बरे लघु चलचित्र हुँदै मुख्यधारका चलचित्रमा देखिएको दर्शकको सोचको।

पुजा गुरुङविभूषण बस्नेतको संयुक्त निर्देशनमा निर्मित ‘द कन्टाजियस एपारिसन अफ डम्बरे डेन्ड्राइड’ प्रदर्शन पश्चात किम्फको प्रश्नोतरNepali Short Movie Dambare Dendrite कार्यक्रममा आवाज उठ्यो – ढक्कनको अर्थात डेन्ड्राइडको पेस्टमा ढक्कन गोजीबाट न निकाल्दा लगाइएको थियो न गोजीमा राख्दा। हुन त प्रश्नकर्ताको अधिकारको कुरा हो के प्रश्न सोध्ने तर पनि औंला ठड्याउँदा खेरि कुन औंला उठ्दैछ त्यो हामी दर्शकले नि थोरै सोचविचार गरे राम्रा निर्देशकहरुलाई अन्याय हुन्नथ्यो कि ?

जड्याहाले पैसा पट्याइ पट्याइ राख्दैन, कच्याककुचुक नै राख्छ, त्यसरी नै डेन्ड्राइडमै झुलिरहने डम्बरे जस्ता पात्रले ढक्कन (बिर्को) लगाई लगाई पेस्ट गोजीमा राख्दैनन् किनकी छिनछिनमा प्रयोग गरिरहनु पर्ने डेन्ड्राइड लगाउ खोल झन्झटिलो नै हुन्छ नशामा रहँदा। यदि यो निर्देशकिय कमजोरी नै थियो भने नी पात्र सुहाउँदो थियो र यदि पात्र सुहाउँदो थिएन भने नि उठान योग्य कमजोरी छँदै थिएन तर नि हामीले परिश्रम देखिएको निर्देशकीय काम कार्यलाई नजरअन्दाज गरी त्यस ढक्कनलाई नै बार बार प्रकाशमा ल्याईरह्यौं।

अब कुरा गरौँ केहि वर्षपहिले आएको मुलधारको चलचित्र ‘धन्दा’ को। धन्दाको समिक्षामा एक समिक्षकले चलचित्र किन नराम्रो भन्ने कारणमा लेखेका थिए – अर्पण थापा शिक्षक भैकन हाफ टिसर्टमा देखिए तथा समुना के.सी. गाउँले भैकन सफा र सुन्दर देखिइन। पुर्वाग्रही तरिकाले समिक्षा गरिएझैँ देखिने उक्त समिक्षकले गाउँले भनेका फोहोरी र सुग्घरी नहुने आफ्नो मानसिकता चलचित्रको विश्लेषणमा प्रयोग गरिएको देखियो साथै शिक्षक टिसर्टमा देखिए भनि दोहोलो काट्दा ति शिक्षक खेलकुद शिक्षक थिए र विधार्थीलाई बल खेलाउँदाको खेल समयमा लगाएका थिए भन्ने कुरा कि त बुझ्न सकेनन् या कि त कमजोरी खोज्ने प्रयत्नमा त्यो कुरा ख्याल गर्न सकेनन्।

फेरी कुरा गरौँ अर्को समिक्षकको जसले ‘हाइवे’ चलचित्रमा ऋचा शर्मा नग्न प्रस्तुत गरिएकोमा उछितो काटेका थिए निर्देशकको। अश्लिलतालाई महिलाको मात्र गहना ठान्ने ति समिक्षक ‘धुँवा यो नशा’ जस्तो अति नै तल्लो निर्देशकिय क्षमताको चलचित्रले मात्र अन्डरवेयरमा आर्यन सिग्देललाई प्रस्तुत गरी चलचित्र प्रचार गरिरहँदा किन मौन बसे – एक प्रश्न उक्त समिक्षकलाई, साथै कमजोरी खोज्ने प्रयासमा नुहाउँदा देखिएको शरिरको केहि दृश्यलाई नग्नतासँग जोडी विश्लेषण गर्ने उक्त समिक्षकले ऋचा शर्माको नुहाउँदा रोइरहेको मुखाकृति किन पढ्न सकेनन् – मनका उकुसमुकुसलाई पानीले धुँदा पो जान्छ कि भनि प्रयासरत ऋचाका मनोभाव तथा मनोदशा किन पढ्न सकेनन् ?

माथिका उदाहरणले पनि के प्रष्ट गराउँछ भने हामी दर्शक (समिक्षक नि दर्शक नै हुन् तर केहि बिशेष) कमी कमजोरी खोज्न यति अभ्यस्त भएका छौँ कि ति उठिएका चोर औंलाले कसैको प्रयास, मिहिनेत तथा राम्रा पक्षमा अंकुशै लाग्छ भने नि हामीलाई त्यसको मतलबै हुन्न। यसरि समालोचना गर्न छोडी आलोचनातर्फ मात्र आकर्षित भै रहँदा दर्शकलाई चन्द्रमा देखाउँन तत्परत राम्रा निर्देशकको बाङ्गो औंलामा त हामी अल्झिरहेका छैनौँ – चन्द्रमा हेर्न छोडी ?

If You Liked the above Article/Review then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for the next post.

निर्देशकको बेहोसीमा बनेको अनपढ चलचित्र: धुँवा यो नशा

धारिलो तर धोका पाएको : धन्दा #Nepali_Movie

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s