Archive for December, 2008

झुकेको ओसिलो नयन
एक अन्तिम दर्शन मात्र
दृश्य देखी जान पाए
हुने थ्यो पर्याप्त

कसरी सम्भव छ ?
न बोलिबाट न आँखाबाट
पुरै असम्भव छ
न जतायौ माया कुनै भावबाट

माया ! बताइन्न मित्र
महसुस गरीइन्छ
महसुस गर्दै मात्र
भावाविहोर भइन्छ

उफ ! हे कवी महोदय
मनको कुरो मनमै राख्नु
अली बेठिक हो
भन्दै नभनी उनले सुनिन
भन्नु कति सम्मको उचित हो ?

ए मेरा पाठक महोदय
ढुकढुकीको सुमधुर संगीतमा
आँखा मदमस्त हुने गर्छन्
मायाको यो अलौकिक भाषामा
आवाज प्राय: हराउने गर्छन्

हे कवि महाराज
तिम्रो कविता तिमी नै जान
माफ गर, तिमीमा अल्झिए
भुल भयो अन्जान
अमित खोज्दै हिडिथें
कवि अमेत्य फेला परिगो
एक त बेहाल थियो जिन्दगी
अब त झन् कता हराइगो……… (more…)

soch.jpg

 कोही कोही मात्र हुन् कि सबै उस्तै हुन्
एक दुईलाई छाडेर कि संसारै यस्तै हुन्
बुझिनै गार्‍हो, नंगा भैकन पनि धोका
बाहिर जे देखिए नि प्रंशसाकै भोका

यि भोकाहरु किन यती सारो सारो चिच्याउँछन्
स्वच्छ मनले हात जोड्दा फेरी हाथ मलेको भनी डराउँछन्

कोर्सका किताबसाथै बाहिरका पनि उत्तिकै महत्वपूर्ण छन् भन्ने आभाष पाउने बित्तिकै समातेका दुई किताब ‘You Can Win’ र ‘सोच’ मध्ये ‘सोच’ पढदा पढदै फुरेको उपरोक्त हरफ ‘प्रंशशा’ मा केन्द्रित रहेको छ । ‘सोच’ पढदै जाँदा यस्तो लाग्यो कि लेखक प्रंशशाको भोको छ र कन्फुजन यस मानेमा कि ‘सोच’ का ‘म’ पात्र आँफै ‘सोच’ का पाठक हुन् कि हैनन् त ?

(more…)