कहिलेकाँहीमा सधैंजसो #Realization_Of_My_Mistake

Posted: August 6, 2014 in me n myself

my mistakes, realization

म र एक बिदेशी मित्र बसन्तपुरमा हल्का रमाई ठमेल हानिन भनि हिड्यौं। मित्रले रिक्शासँग कुरा गरे टुटेफुटेको नेपाली प्रयोग गर्दै – रु. ७० मा। ठहिटी पुगेको बेलामा मैले ठमेल दिशा देखाउँदा रिक्शावाला बम्किन थाल्यो – चढ्नेबेला ठहिटी भन्दै ठमेलसम्म रिक्शा तनाउँछ भनेर। कान सुन्नुछैन – ठमेललाई ठहिटी सुन्नुछ उल्टै गलफत – म नि केहि बम्किए। ठिकै छ यहिँ उत्रिऔं भनि मित्रले भनेछी पैसामा कुरा मिलेन किनकी ठहिटी कटिसकेको थियो र ठमेल आइपुगिसकेको थिएन। ठमेल पुगिनसकेको हुँदा म रु. ६० दिदैंथिए – उ लिइरहेको थिएन। भनाभन हुनुभन्दा ल ठिकै छ भनि रु. ७० नै दिदाँ फेरी मानेन। लिने कि नलिने ? मेरो कन्सिरी तातेर आयो। दिदाँ लिदैन – नदिदाँ छोड्दैन। केहि समय दोहोरी चलिरह्यो। पछि मित्रले अलि साम्य भएपछि मैले ठहिटी नै भनेर चढेको थिए भने। मैले मात्र मुखले ए! भने, जबकी हामी Meditation, Civilization, Critical Thinking जस्ता गम्भिर बिषयमा रहेका कुराहरु गर्दै बसन्तपुरबाट ठहिटी/ठमेल आइरहेका थियौं।

यस्तै एकदिन कुनै होटेलमा खाना खाइरहँदा होटेलकी दिदीले टिना-फलाम-कापी-किताबवालासँग मोलमलाई गरिरहेको दृश्य देखें। कबाडीवाला रु. १८ काट्नुस भन्थ्यो, दिदी रु. २०। रु. २ को लागि दिदीले मिठो मुस्कानको बाण हानिन – लाग्यो र सम्झौता भयो रु. २० मै। म मनमनै हाँसे। मान्छेको जात बडो ज्याद्रो हुँदोरहेछ – आफ्नो गल्तिहरु नजरअन्दाज गरिइन्छन अनि अर्काका गल्तीमा हामी कुटिल र ब्यंगात्मक हाँसो मनमनै फ्याँक्न ढिलाई गर्दैनौं। माथिको रिक्शावाला प्रसंग सम्झी फेरी म मनमनै हाँसे – अब भने म आफैं प्रति।

विराटनगर छोडेको लगभग डेढ बर्षपछि म रिक्शा चढेको थिए अर्थात यो कहिलेकाँहीको कुरो थियो तर नि कहिलेकाँही, यदाकदा गरिने यस्ता साना पैसाको कारोबारमा हामी सधैंजसो अल्झिरहेका हुन्छौं नै। मैले त्यो रिक्शावाला दिनभरी घाममा तात्तिएको देखिन, न देखें १२० के. जी. भन्दा माथिका वजन तानिरहेको लिखुरे खुट्टा – देखें त बस रु. १०।

रिक्शा सधैं चढिइन्नथ्यो – विराटनगरै हुँदा पनि। उसको लागी ठुलो र मेरो लागी सानो रहेको १० को नोट अब म प्रतिष्ठासँग दांज्छु – जिते शान फेर्छु , नजिते अझ रु. १० ज्यादा थपेर ला भिख भनि फेरी शान फर्काउँछु। यो मेरो मात्र हैन – हो त प्रायश: हरेक मान्छेको जातको र यो जातबाट म अछुतो छैन।

अब यसो भनिइरहँदा कहिलेकाँही चढिने, गरिने रिक्शालगायतका अन्यजस्तो साना कारोबारी कुराहरुमा त अबदेखि विचार गरुँला म तर सधैंजसो चढिइरहने सार्वजनिक यातायातको भाडा किचकिच नि ? यो सधैंको कारोबार हो, यसर्थ यसबारेमा अहिले विचार नगरम🙂 साथै कहिलेकाँही नै गरिइने केहि ठुला कारोबारी कुराहरुमा नि यस्ता विचार नगरेकै बेश होला🙂 कि कसो ?

If You Liked the above Post then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for new post.

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s