Archive for December, 2007

2007,Youth and 2008

Posted: December 31, 2007 in article aim
Tags: , ,

  The command of Pakistan People’s Party(PPP) has been given to Bilabal Bhutto Jardari, a 19 year old teenage youth. Following his mother’s say “Democracy is the best revenge”, he took this command with promise to obey his responsibility.

        This move of PPP has given a fire in the revolution of election. A 19 year old university student has been crowned by chairman post, this definately encourage other youth to step toward youthness, move forward heading the future. 

  Bhutto son

(more…)

२०५८-२-१९ मा एक हत्याकाण्डका शिकार भएका नेपालका शाहवंशीय राजा बिरेन्द्र बितेको हेर्दाहेर्दै ६ बर्ष बितिसकेको छ । यो ६ बर्षमा धेरै  परिवर्तन आइसकेको छ । हिजोसम्म राजसंस्थाप्रति  नतमस्तक हात आज औंला ठड्याइ ठड्याइ प्रश्न गरिरहेका छन । यिनी ति प्रश्नको उत्तर दिने अवस्थामा त छैनन तर फ्रेममा सजिएका उनी मात्र एक प्रश्न सोध्दैछन्

“हिजो मेरो निधनमा रसाएका आँखा आज मलाई किन तर्दैछन् ?”माहोल नै यही छ,माहोल अनुसार त चल्नै पर्‍यो नि!-यस्ता उत्तरदातालाई उनी पुन: प्रश्न गर्छन

“परिवर्तन आउनु ज्यादै राम्रो हो तर ईतिहासलाई के दिने ?”उनको प्रश्नले भविष्यमा राजसंस्था नरहे पनि ईतिहासले केही धरोहर, सामाग्री पाओस् भनी संकेत गरिरहेका छन ।

अहिले नेपाल तन्त्रै तन्त्रको जालोमा बेरिएको छ तसर्थ श्वास लिन कठिनाइ भइरहेको अवस्थामा एक खुला बातावरण खोजिरहेको छ । गणतन्त्रात्मक वा संवैधानिक राजतन्त्रात्मक कुन खुला स्थान पाउने हो ,त्यो अझै अनिर्णित छ तर जालै जालोमा जकडिइ निस्सासिदो अवस्थामा पुग्ने डर पनि उत्तिकै छ ।

King Birendra with family

        King Birendra with his family

(more…)

 तीन ‘अ’ यस्ता स्थान हुन् जहाँ मानिस जान चाहदैनन् र पनि रोग, शोक र भोकले यि तीन ठाउँ भरिरहन्छन । यि तीन ‘अ’ अर्थात अस्पताल, आर्यघाट र अध्यात्म चिन्तन स्थलमा भेटिएका अन्य भन्दा फरक तीन ब्यक्तित्वहरुको सेरोफेरोमा रहेको छ – आजको लेख ।

(युवा पात्रलाई ग्राहयता दिइएको यस खोजमा एउटा एउटा युवा भेटिए जो अन्यभन्दा केही फरक थिए-अझै खोजे अझै पाइन्थो होला )

‘किन ?’ हरेक दिनको क्याम्पस कुदाइमा जाँदा होस् वा आउँदा एकपटक अस्पताल छिर्दै जाने यि बिद्यार्थी, अवन्तिका न कुनै बिरामीको लागि आउँछिन न उनी आँफै बिरामी छिन ।

‘बिरामीले आफ्नो जिन्दगीसँग गरेको संघर्ष देखेर जाँगर आओस् भनेर’
‘जस्तोसुकै परिस्थितीमा ति बिरामी त सक्छन भने म पनि गर्न सक्छु भन्ने जोशको खातिर’
‘अनी मुख्य कुरा कुनै पनि रोगी शरीर देखी दया वा घ्रिणाको भाव नभै सहयोगको भावना आओस् भनी’

मेरो एक ‘किन’ को प्रश्नमा लगालग उत्तरका भेल आउन थाले । कमजोर त हुँदैनन यि युवाका सोचन शक्ती र पनि एक दुई पात्र मात्र किन भेटिइन्छन् यस्ता स्थानमा ? कुरो सोच्दासोच्दै आर्यघाटतिर बढेको पाइलाले अर्का युवा ऋजनलाई भेटाइसकेको थियो  ।

(more…)

यो blogger ले के गुमायो ? गुमाउन त हरेक blogger ले केही न केही त गुमाएकै हुन्छन्, भन्दैनन मात्र । निद्रा भन्नुहोला, ३-४ दिन आफुले पनि गुमाइयो । खानपिन, साथी सर्कल आदि इत्यादी, अनी हरेकले झै औसत ब्यक्तिको दर्जा पनि ।

“लौ हेर मेरो छोरो बौलायो कि क्या हो ? के लेखेको यो नाँनाभाती ?” हुन त यो वाक्य हाँसेरै आफ्नै छोरोलाई भन्नुभाको हो ममीले तर पनि एक नर्मल ब्यक्तिको पद गुमाएझै आभाष हुन्छ ।

मैले यो बेतुके ब्लगमा राख्न खोजेको उपल्लो कुरो हुँदै हैन । केही चिज म बाट झर्दैछ , मात्र शब्द हैन, कालो कालो लामो अहिले टुक्रा टुक्रा भइ । मैले उसलाई यसरी गुमाइरहँदा पनि केही गर्न नसक्ने कस्तो लाछे म ? छि ! धिक्कार छ म मा ।

(more…)

मात्र एक शब्द त हो नि भनी एकछिन ल जस्तो बहाना प्रयोग गर्दै हुनुहुन्छ भने कतै हराएका कालेका बाबु खोज्दै जंगल पसेकी कालेकी आमा आँफै हराएको कथा त दोहराउदै हुनुहुन्न ? बडो बिचित्र जस्तो छ ‘म’, आफ्नो भएर पनि पराइको जस्तो हुने, फेरी कहिले ज्यादा माया दिएर म्वाइ खाँदा पुल्पुलिएर कसैलाई मान्छै नठान्ने ।

‘म’ को वरिपरी म यसरी घुम्ने थिइन होला जबसम्म एउटा प्रश्नले केही भन्न खोजेझै महसुस भयो । ‘जिन्दगीमा साथी बनाउनु पर्दा कसलाई बनाउनुहुन्छ’ यस्ता प्रश्न म अरुलाई सोधेर धुरुक्क पार्थे तर अहिले म उत्तरदाताको रुपमा उभिएको थिए । चानचुने प्रश्न त पक्कै हैन भनी उत्तर दिए ‘समय’ । ‘ ‘म’ लाई साथी नै नबनाई समय कसरी साथी हुन्छ नि !’ यस्ता उत्तरले मलाई सुत्न दिदैनन् , तर चाहेर पनि म यिनिहरुलाई घ्रिणा गर्न सक्दिन ।

(more…)


तर देखिन्न
देखिन्न
र बुझिन्छ
बुझेरै होला
मनन गरिइन्छ
अनी एकपल
आत्मसाथ गरिइन्छ

उनको लेखको
वर्णन हो यो
मानववाद र महिलावादको
मिश्रण जो हो
चहकिलो त्यो लेखमा
तारा यिनी भर्छिन
महिलावादमै बसी
मानववादलाई ईशारा यिनी गर्छिन (more…)

 एकै दिनका यि तीन वार्तालापलाई एकछिन सोची हेर्ने कि ?
 

बिहान:-

‘सुन्नुभो, ममता स्कुल जान्छु भन्छे’
‘पर्दैन, पर्दैन, यो स्कुल गए घरको काम चै कल्ले गर्छ नि?’T.V. को आवाज  कम गर्दै अंकल कड्कीए ।
‘फेरी यसका बाबुआमा कराउन थाले भने ?’
‘तलबमा २-३ सय बढाइदिउला भन्देउन, चुप लागिहाल्छन नि’
ढोकाको चेपमा कुचो लिइ कुरो सुनिरहेकी ममताको आँखाबाट एक आँशु तप्प चुहियो ।

दिउँसो-(बैंकमा)

‘अरे, किन औठा छाप, सही गर्न आउँदैन ? तिनै अंकल ।
‘बाबुआमाले छोरालाई मात्र पढ्न पठाए, अनि’ कालो पुछ्दै ति महिला । (more…)

लगातार २ दिनको यात्रापछि बल्ल पाइला टेक्न पुगिएको  बेंगलोरलाई एक नजरमै हाई र बाई गर्दै हानियौं हामी मैसुरतर्फ । मैसुरसम्म पुगिदाको ट्रेनबाट देखिने हरिया र शान्त तथा शितल
दृश्यावलोकन एकदमै मनमोहक थिए ।

मैसुरमै सुनेको हो मैले airtel को original music, T.V. भन्दा अझ उत्कृष्ठ र अझ हृदयस्पर्शी । मात्र बाँसुरी र हावाले दौतरी लाउँदा निस्केको त्यो धुन च्वास्स मुटु छेडेर आँखा बन्द गराउने खालको थियो । चामुण्डेश्वरी मन्दिर दर्शन गर्न उकालो चढ्दै जाँदा देखिएको तल मैसुरको (विहानीपखको) दृश्य मानसपटलबाट हटाउन अझै हम्मेहम्मे पर्छ मलाई-यती आकर्षक र बातावरण अनुकुल कि मानौं भर्खरै पानी परेर हरेक चिज पखालिदा नयाँ र नौलो भएका छन् ।

इन्डियाको मन्दिर जे होस् मान्नै पर्छ, पथ्थरै पथ्थरबाट एक जिवन्त शैलीमा ढालिएका । कुनै कुनै मन्दिरमा त भित्रभित्रै हराइने भन्या, त्यती बिशाल र सुरुङ्गी तालको ।  त्यो मन्दिरको नाम त ठ्याक्कै बिर्सें तर त्यहाँ पूजा गरिदाँको गीतको संगीत अझ तरोताजै छ ।

(more…)

दिल्ली, चंडिगढ भ्रमणपछी हाम्रो गन्तब्य रह्यो ताजमहल नगरी-आगरा ।  ताजको सुन्दरता शब्दद्वारा त पर्याप्त हुन्न तर गर्नै परे पछी एक शब्दै पर्याप्त छ-वाह ताज । अहिले कुरा छाडौं ताजको र कुरो प पकडौं आगरा देखी बेंगलुरु सम्मको ट्रेन यात्राको ।

दुई दिने यात्रा, अनी यस्तै माहोलको लागि छेउमा छ गितार र साथैमा छन् संगीतका पारखी साथी-नविन(अहिले एल्बमको तयारीमा ब्यस्त छन्)। अब यस्तो बेलामा पनि रेलको डिब्बा थर्काइएन भने त लाजै हुने भो भने भनी शुरु भयो गितारको करङ रेट्ने काम-गायकहरुको त के कमी थियो र ? “रातो र चन्द्र सुर्य, जङी निशान हाम्रो” गीत ज्यादा गाइएको थियो त्यसबेला,किन ? प्रश्न नसोध्नुस् । गितार र गीत सँगसँगै अन्ताक्षरी, तास, गफ आदि त छदैथिए समय कटाउन ।

बेला बेलामा किन्नर (हिजँडा) आएर पैसा माग्दा म हल्का डराएको पनि थिए, किन ?
पहिलोपटक जो देखेको थिए मैले(नहाँस्नु होला) । अहिले सोचिइन्छ, यदी अहिलेको ‘म’ त्यतिबेला एक अंशै मात्र हुँदो हो त तिनिहरुबारे एक अर्को लेखै तयार हुन्थो होला, उनिहरुसँगको बातचितको अंश समेट्दै । किन्नरहरु बच्चा जन्माउन सक्दैनन र पनि उनिहरुको प्रतिशत यसरी बढदैछ मानौं उनिहरुसँग मशिनै छ, उत्पादनको लागि ।

अब कुरा मोडौं राततर्फ । सुत्ने बेलामा लागेको तलतल मेटाउन चुरोट के फुकेका थिए हाम्रा एक दाजुले(नाम नभनौं), रेल्वे प्रहरीले चाल पाइ त गए । रेलै देखेको थिएन, रेल्वे नियमै थाहा थिएन, ढाँट्न सम्म ढाँट्यौं(रेल नदेख्नु सत्य पनि हो) र फाइन रु १०० बचाएरै छाड्यौं । रेलै चढ्न पनि इन्डियासम्म धाउनु पर्ने बाध्यता नेपालको भौगोलिक संरचनाले नै बनाएको हो त ? प्रश्न अझै अनुत्तरित छ ।

दिउँसो त गफमा मस्त हुइन्छ,चालै पाइएन । राती त दर्‍हो तरिकाले चाल पाइयो । मान्छेका तसरिफ त बबाल ठुला र चौडा हुँदा रहेछन्, बाबै, ओगट्दा ओगट्दा सुत्ने ठाउँ नै नदिने । धन्न आफु त दोश्रो (बिचको) सिटमा थिइयो र बचियो, तल सुतिरहेको मेरो साथी ज्ञानेन्द्र-बिचरा, कति कति बेला त परोठा परोठा वाला गन्धले दर्शन टक्रयाउन भ्याए पनि होलान् ।

रातको २ बजेतिर हुँदो हो-एक्कासी आवाज आयो-भुत भुत । साथी मिसन सपनामा तर्सिएको रहेछ, एकछिन त हामी पनि तर्सियौं ।

२०६२ कार्तिक १ गतेतिर प्रस्थान गरिएको भारत भ्रमणका यादहरु यसरी (२०६४ सालमा) शब्द शब्दमा पोखिएलान् भनेर कल्पना त गरिएको थिएन तर लेख्ने धुन चढेपछी टाढा गएका स्‍मृतिहरुलाई पनि तान्न सकिदोरहेछ । Engineering College का बिद्यार्थीलाई चढेको India Tour को चस्का चस्कै मात्र रहने हो कि भनी सार्‍हो डर लागेको थियो तर च्यारिटी शो, चन्दा  जम्मा आदी गरेरै भए पनि वास्तविकतालाई छोएरै छाडियो ।

बसै बसमा घुमेर मात्र कुनै ठाउँको मजा त के लिन सकिन्थो, र पनि मुख्य मुख्य ठाउँमा पुगेर दिल्लीलाई बुझ्ने प्रयास गरियो-बिरला मन्दिर, संसद भावना भवन, कुंतुब मिनार, लोटस टेम्पल, राजघाट आदि प्रमुख स्थल रहे । दिल्लीको मेट्रो ट्रेन चढ्न हानिएका हामी केटाहरु स्टेशनको लिफ्टमा झन्डै झन्डै १५ मिनेट जती तलमाथि, माथितल गर्दै रमाइरहँदा म सोच्दै थिए, रमाउन मात्र चिज चाहिने रहेछ-सानो होस् वा ठुलो ।”दिल्ली आएर पनि जानु हुन्न दाजु त्यता” लज फर्कदा चढेको रिक्शावालाले भन्यो । “हामीलाई त्यस्तै केटा देख्नु भो कि क्या हो ?” साथी अमर जङियो , म चाँही ‘त्यता’ को माने खोज्दै थिए त्यतिबेला । ( यो ‘म’ पात्र अली ढिलो बुझ्छ,क्यार )

बाटोमा थुक्न पनि लाज लाग्ने (त्यती सफा र ब्यवस्थित) चंडिगढका यादहरुले बेला बेलामा दस्तक दिइरहन्छन् ।सेक्टर अनुसार,१३ नम्बर अशुभ ठानी १३ सेक्टर छैन, छुट्ट्याइएको चंडिगढमा मुख्यत शिख समुदाय (पंजाबी) हरुको बास छ । मात्र दुई दिन बसिएको चंडिगढबाट फर्कदा दुई पोका यादहरुसाथै ब्यागभित्र कतिखेर छिरेछन्, थाहै पाइएन ।

बस्ने ठाउँ खोज्दै भौतारिएका हामी युवालाई एक अभिभावक झै छलफल गरी बस्ने उपयुक्त ठाउँको बारेमा सल्लाह्,सुझाव मात्र नभै २६,२६ जनाको लाठे टिमलाई चिया पनि खुवाउने ति अधवैशे पंजाबी पुरुष (नाम बिर्सें) लाई कसरी बिर्सिने ? अहिले पनि म सोच्छु,हामीले एक असल ब्यक्तिलाई त्यो दिन भेट्टाएका थियौं या सरदर पंजाबी यस्तै हुन्छन् ? ” तिमीहरु बिर्सने छौ ” ति महानुभाव भन्दै थिए । नेपाल फर्कने बेलामा हामी तपाईंलाई एकपल्ट यो पार्कमा भेट्नेछौ, बिर्सिन्नौं, हामीले प्रण त गर्यौ तर हुलमुलमा हामीले बिर्सेंरै छाड्यौ । तर उनी त्यो दिन बिर्सिएर पनि बिर्सिएनन्,  अहिलेसम्म ताजै रहेछन्, चाल पाँइदैछ ।

शान्त,हल्का कलर तथा लगभग एकै डिजाइनमा सजिएका घर, प्राय: हरेक घरमा फेरी कार, सिधा र फराकिला पेटियुक्त बाटाहरु, चौमुखा र आकर्षक चोकहरु, सबले भनिरहेका थिए

‘यो चंडिगढ हो बच्चु, योजनाबद्ध र ब्यवस्थित शहर’ – साँच्ची ! भारतिय अनुहार नभेटिने भए त भारतमा छु भन्ने आभाष नै नहुने, कती शान्त र स्थिर अनी कती चहकिलो र  मनमोहक ।

ति भद्र पुरुषसँग त बातचित गरियो, उनको बोलीले तान्यो तर यि युवा को मात्र खुवाइको शैलीले एक टक बनायो । बबी बुट्टे सर्टमा रहेका एक युवा नान(एक प्रकारको रोटी) निकै शालिन र सभ्य प्रकारले टोड्दै थिए, मानौं नानको दुखाइलाई महसुस गर्थे उनी । पत्रकार थिइयो त उसँग बोल्ने बहाना चुकाइन्न थियो होला, अहिले सम्झनाका एक दुई परेली झिम्काइ मात्र छन् मसँग ।

सुकुना लेकमा बोटिङ र चाउमिनको मजा लिइरहेका केटाहरुलाई एकछिनमै टाटुले आकर्षित गर्‍यो – एक केटी बिभिन्न चित्र लिएर मानिसको शरीरमा टाटु बनाउँदै थिइन् ।

“ओइ केटा हो ! छातिमा पनि बनाउन मिल्छ ?” साथी प्रविन उत्साहित हुँदै थियो ।

“छातीमा त मिल्दैन दाजु, मुहार, पाखुरा, खुट्टातिर मात्रै हो” ति केटी नेपाली जान्दिरैछिन् । लाजले रातोपिरो भएको मेरो साथीले नेपालको झन्डा बनाएको थियो आफ्नो निधारमा । कसैले म्यारिजोनाको पात, प्लस चिन्ह त कसैले के । आफ्नै साथी हुन् कि बिदेशबाट झरेका ट्याटुरे,  छुट्याउनै गार्‍हो ।

यि त भए ब्यवहार र शालिनतामा पोख्त भएका दुई पंजाबीसँगको आँखा जुधाइ, अब यि अर्का पंजाबी भेटिए तिनलाई के भन्ने ? रेस्टुरेन्टमा रमाइलो गर्न हिंडेको बखत भेटिएका ति पंजाबी, जो हल्का मातमा पनि थिए, मेरो साथी शुशिलको भेष्ट किन्न खोज्दै थिए- भेष्टमा लेखिएको थियो ‘ I hate myself I want to die ‘

उनले भारु १६०० को आफ्नो सर्ट त्यो भेस्टसँग साटेनन् मात्र कि त्यहाँको बिल पनि तिरिदिए । मात्र ति पंजाबी भावुक थिए वा हरेक पंजाबीका अन्तरकुन कुनामा लुकेको भावुकतालाई हामीमाझ देखाउँदै थिए ? शायद, हरेक ब्यक्तिको भावुकपनलाई पो प्रतिनिधित्व गर्दै थिए कि ? त्यो भेस्ट लिएर उनले के संतुष्ठी पाए त्यो महसुस गर्न पाए हुन्थो भन्ने लागिरहेको थियो तर सोध्ने आँट कस्को ? तर, उनलाई पक्कै केही चोट परेको हुनुपर्थो, शायद ।

चंडिगढलाई सम्झदै जाँदा रक गार्डेनलाई त छुटाउनै भएन नि । यहाँ त साथी मनिष-राजा, म-मन्त्री र जावेद-सिपाही भएका थियौं, एक musical chair program मा (के कस्तो राजनीति गरी मन्त्री भइया थ्यो त्यो मलाई नै थाहा छ)। पुरस्कारबापत थैलिमा पैसा पनि पाएका थियौं हामीले, साथीहरुले के गरे कुन्नी, मसँग चै त्यो थैली अझै छदैछ ।