विश्व मानचित्रमा एसिया महादेशको ०.३ प्रतिशत भुमि ओगटेको भुपरिवेष्ठित देश नेपाल मुख्यत एसियाका ज्योति गौतम बुद्दको जन्मस्थल लुम्बिनी र संसारकै अग्लो हिमचुचुरो सगरमाथाको कारणले प्रख्यात छ । करिब १ लाख ४७ हजार वर्ग क्षेत्रफल रहेको दुइ विशाल राष्ट्र चिन र भारत बिच सरदर १८३ कि.मि. को चौडाइ र ८८५ कि.मि. को लम्बाइ ( पूर्ब मेची देखि पश्चिम महाकाली ) भइ फैलिएको छ । छेवैको छिमेकी देश बिट्रेनको अधिनस्थ रहदाको समयमा पनि आफ्नो सार्वभौमिकतामा आँच आउन नदिएको नेपाल जन्मैदेखि स्वतन्त्र रहेको छ । सुर्य नअस्ताउने साम्राज्य भनिएको तत्कालिन वृहत बेलायतले वि.सं. १९८० मा नेपाललाई स्वतन्त्र राज्यको रुपमा दिएको मान्यताले नेपाल बिट्रिश उपनिवेश नभएको पुष्टि गर्दछ ।
गोरखापति श्री ५ पृथ्विनारायण शाहको वि.सं. १८२५ आश्विन १३ इन्द्रजात्राका दिन काठमाडौं उपत्यका विजयका साथै शुभारम्भ भएको नेपाल एकिकरण अभियान उनका उत्तराधिकारीहरुको समयमा बढ्दै गएर पूर्वमा मेचिपारि सिक्किम (टिष्टा) र पश्विममा महाकालीपारि देहरादुन, सतलज सम्म पुगेको थियो । पछि समय अन्तरालसँगै राजाहरुको अदुरदर्शी निर्णय तथा भाइ – भारदारहरुको सत्ता र शक्ति प्राप्तिको निम्ति खेलिएका कुटनीतिक तथा षडयन्त्रमुलक दाउपेचका कारण नेपालको राजनीति पूर्णत अराजक , अस्थिरता र उतारचढावबाट गुज्रिइ फलत: बिट्रेनको इष्ट इण्डिया कम्पनिसँग वि.सं. १८७३ मा सुगौली सन्धि गर्न बाध्य भयो जसको कारण नेपाल आफ्नो एक तिहाइ भुभाग गुमाउदै अहिलेको सीमांकनमा आइ पुग्यो।
गोपालवंशी, महिषपाल हुदै प्राचिनकालदेखि नै राजतन्त्रलाई राज्यको मेरुदण्डको रुपमा अंगिकार गरेको नेपाल अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई पृथ्विनारायण शाहदेवले पराजित गरी नेपाल सुसंगठीत गर्ने अभियान सुरुवात गरेयता राजनीतिवृतमा थुप्रै उथुलपुथुल आई राजतन्त्रात्मक पद्दति ०६२-०६३ को आन्दोलन पश्चात पूर्णतया अन्त्य हुँदै गणतान्त्रिक अभ्यासमा आइपुगेको अवस्थामा छ ।
अहिलेपनि संवैधानिक राजतन्त्र अंगालिरहेका बेलायत , जापान जस्ता विकसित मुलुकहरुका साथै साउदी अरेबिया, थाइल्याण्ड , मलेसिया , डेनमार्क , स्विडेन जस्ता विकासशील तथा राजतन्त्रात्मक मुलुकहरुको सामुन्ने राजतन्त्रबाट गणतन्त्रतिरको यो विशालकाय परिवर्तन विश्व तथा उपरोक्त जनसमुदायको प्रमुख चासोको रुपमा रहिरहेको छ।
नुवाकोट, काठमाडौं उपत्यका माथिको विजयसँगै वृहत नेपाल एकिकरणको बिजारोपण रोपी शाहवंशीय राजतन्त्रलाई संस्थागत गरेदेखि माघ १९ को शाही कु: सँगै उदय भएको राजतन्त्रविहिन गणतन्त्र सम्म आइपुग्दा राजाहरुको रोलक्रम निम्नानुसार रहेको छ।
संक्षिप्त जानकारी राम्रै छ।
एउटा कुरा, त्रिभुवनको जन्म-मृत्युको साल पृथ्वी विर विक्रमकै दोहोरिएको छ।
LikeLike
धन्यवाद बसन्त दा फर सो केयरफुल वाचिंग ……….नेपाल परिचय पढेर नेपाली इतिहाससँग नजिक हुन खोज्दै छु ।
LikeLike
Roman ma lekhna mildaina ra yeha.. tapai ko blog dherai ramro ra gyanbardak chha..khusli lagyo.. ajha ramro gardai laijanu hola. suvakamana chha…unicode ma lekda ali dhilo hunchha tyesai le roman la lekhe. tyesko lagi sorry…
thanks.
LikeLike