नेपाली चलचित्रमा Passionate रहेका एक दाइले एकपटक भनेका थिए – “भाइ! नेपाली चलचित्रक्षेत्रमा जताततै Groupism ले बिस्तार लिएछ”। चलचित्रक्षेत्रको परिधिबाट हालसम्म टाढै रहेको म न स्तब्ध भए न आश्चर्यचकित त्यतिबेला तर हिजोआज कबड्डी चलचित्रको लोकप्रियतालाई आत्मसाथ नगरिरहेको मेरोसिनेमा.कमका लेखहरुले भने म दर्शकलाई सोचमग्न पारि सोधिहेर्छ – के यो Groupism को गन्ध हो ?
मेरोसिनेमा.कमले संचालन गरेको Box-Office भन्ने Column मा Release भएका नेपाली चलचित्रहरुले गरेका Collection हरुलाई Tabularized गरिइन्छ तर यो Table मा कबड्डी अटाएको देखिन्न….
….. न हालैका रिलिज्ड चलचित्रहरुको Box-Office Collection Related यो लेखमा।
हुन सक्छ – कबड्डी निर्माण/निर्देशन टिमले Mathematical Data मेरोसिनेमालाई उपलब्ध गराएन या अन्य केहि कारण आइपरे र BoxOffice Collection मा कबड्डीलाई राख्न सकिएन तर प्राय एकै कलाकारको Repetition आशयको एक अर्को लेखमा हरेक कलाकारको एक पछि अर्को आउने चलचित्रहरुको नाम समावेश गरिरहँदा जब दयाहांग राईको नाम आउँछ तब लेख एकाएक मौन बनिदिन्छ र उनि अभिनित तथा आउन लागेका अन्य चलचित्रहरुको नाम उल्लेख गर्न जरुरि ठानिदिदैन। कबड्डी नि लेख्नु पर्छ भनेर हो ? – एक शंका !
News, Movies, Videos, Movie Review etc. मेनु रहेको मेरोसिनेमाको हरेक मेनु गई आएका कैयौं पेजहरु एक एक पल्टाई हेरे – अहँ! कबड्डीको नामोनिसान छैन। (2014/05/09 शुक्रबारको रात यो लेख तयार पारिरहँदा सम्म – देखिएको छैन)
गुगल गई ‘मेरोसिनेमा कबड्डी’ सर्च गरे –
– मेरोसिनेमाले कबड्डीलाई फस्टलुक पिक्चर रिलिज हुन्जेलसम्म पछ्याएको रहेछ। त्यसपछि कबड्डीप्रति मेरोसिनेमा पूर्णत मौन छ – न कुनै लेख न रिभ्यु न कलेक्सनका कुरा न अन्य केहि। कबड्डी नाम मेरोसिनेमा शब्दकोषबाट हटेको स्थिती देखियो – फस्ट आउटलुक पछि।
म त एक सामान्य दर्शक/पाठक हुँ – फस्टलुक फोटो रिलिज हुन्जेल मेरोसिनेमा र कबड्डी टिम राम्रै Relation मा थियो, पछि मनमुटाव हुँदै दुवै टिम दुई खेमामा बाँडिए होलान् अर्थात Groupism ले जरो गाडी मेरोसिनेमा कबड्डीबारे बोल्न छोड्यो होला – मैले लख काँटे।
केहि हलहरुमा Phone Inquiry गरी हेरे। एकसाथ रिलिज भएका नोभेम्बर रेन हलबाट हटिसकेको र कबड्डीमा अझै दर्शक उत्साह रहिरहेको सुन्नमा आयो – प्रायश: हलहरुबाट तर मेरोसिनेमा अझपनि नोभेम्वर रेनको बखान गरी थाकेको छैन भने कबड्डीलाई हेर्नुपर्दा उ धृतरास्ट्र बनेको स्थिती छ।
समीक्षक मात्र नभैं दर्शकबाट नि राम्रै प्रतिक्रिया पाएको र पाइरहेको (मैले अहिलेसम्म हेरेको छैन) प्रति यसरी एक सिनेमा संसार बनिसकेको जिम्मेवार Website चुप लागिदिँदा पुरै चलचित्र उध्धोग नै Groupism मा रहेछ कि भन्ने भान दिदैन र ?
फेरी कबड्डी आफैमा एक शुरुवात हो, कहानी हो – एक फरक प्रयाशको।कलाकारहरुले पारिश्रमिक नलिइकन पछि रिलिज पश्चातको अवस्थाबाट पेमेन्ट लिने एक अवधारणाको शुभारम्भ हो – कबड्डी! र नि मेरोसिनेमा कबड्डीतर्फ कालो चश्मालगाई हेर्छ भने हानि त चलचित्र उध्धोगलाई नै हुने हो। हैन र ?
अब मेरोसिनेमाले सिनेमा बोलि भनि प्रकाशित गर्ने सिनेमा रिलेटेड Tweet वा Status नै हेरौ
माथिको Tweet ले कसलाई इंगित गरेको हो त्यो थाहा भएन तर पाठक भैं हेर्दा त्यो बाण मेरोसिनेमा तर्फ नि सोझिएको देखियो र नि मेरोसिनेमा आफुलाई सच्याई आफ्नो भुल सुधार गर्न खोजेको देखिएन।
MeroCinema को Facebook Page मा लेखिएको रहेछ Mission – Accuracy Balance Credibility
कुनै मुवीलाई काखा त कुनैलाई पाखा गरी merocinema.com ले Balance तथा Neutral ability चैं आत्मसाथ नगरेको भान हुन गयो – विचार गरिहेर्दा।
यो एक दर्शक तथा पाठकको सन्देह (Confusion with Doubt) हो – कबड्डी, मेरोसिनेमा र ग्रुपिजमलाई लिएर। म गलत नि हुन सक्छु तसर्थ मेरोसिनेमाले खण्डन गरे एक दर्शकले आफ्नो गल्ति सुधार्ने मौका पाउने थियो र क्षमा माग्ने थियो।
Request : – If You Liked the above Article/Analysis then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for the next post.
के मैले मात्र यो Confusion Feel गरेको हो वा तपाइँ पाठकहरुले पनि ? कृपया सुझाव दिनुहोला।