म कुनै समिक्षक त हैन न कुनै फिल्मी क्षेत्रसँग सम्बन्धित – हालसम्म । तर दर्शक भई फिल्म हेर्दा बिषेशत: ३ सुत्र अख्तियार गर्न रुचाउँछु – फिल्मप्रति आफ्नो धारणा बनाउन ।
१. फिल्मले शुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सक्यो या सकेन ?
२. मनमा उठेका प्रश्नहरु फिल्मसँगै समाधान हुँदै गए कि गएनन् ?
३. फिल्मलाई टुक्राई टुक्रा टुक्रा हेर्दा के देखिए ?
यो कुनै एक फिल्मप्रति आफ्नो धारणा राख्दा प्रयोग गरिइने ३ बुँदा थिए तर समग्र नेपाली फिल्मका मुठाहरुप्रति नै धारणा बनाउँदा चैं मुख्यतया मोटामोटीरुपमा जानुपर्ने रहेछ – केन्द्रित कथावस्तु ।
केहि अपवाद बाहेक प्रायश: अहिलेका नेपाली चलचित्रहरु मुख्यतया ५ बिषयमा केन्द्रित रही बनिइरहेका छन् र बेच्दैछन् दर्शकसामु – यिनै पाँच बिषयकेन्द्र ।
नेपाली चलचित्र | |
के बेच्छ ? | के बेच्दैन ? |
माया | Feel |
Sex | Glamour |
Fight | Conflict |
अर्ति-उपदेश | विचार-सोच |
पृथकता | सामाजिक |
माया Vs Feel
नमरे नि बाँचीराख एक अँजुली माया
मुटुभरिको माया मरीदिए तिम्रै लागि
सातैजन्म मात्र तिम्रो तिम्रो सिउँदो मेरो सिन्दुर
अँगालोमा बाँध माया गरिराख्नु ल
यी काल्पनिक नाम हुन् तर यस्तै ध्वनि गुञ्जने नेपाली चलचित्रका नाम यत्रतत्र सर्वत्र सुनिने र देखिने गरिएका छन् । नेपाल मात्र हैन बलिउड देखि हलिउडसम्म यो बिषयमा केन्द्रित रही चलचित्र बनिइरहेको छ । एक ठुलो प्रतिशत ओगट्छ Love Story ले Film Industry मा तर नेपालमात्रैको दुर्भाग्य नेपाली चलचित्र मात्र ‘माया’ शब्द बेच्न जान्दछ – जान्दैन वा बेच्दैन Feel ।
माया यदि सियो हो भने Feel त्यसको मिठो दुखाई ।
दर्शकलाई च्वास्स घोची त्यसको दुखाई महसुस गराउन सामर्थ्य राख्ने चलचित्रको ठुलो कमी देखिइन्छ मायाकेन्द्रित फिल्मको अहिलेको बाढीमा ।
Sex Vs Glamour
‘लुट’ तथा ‘चपली हाइट’ पहिले नि त्यस्ता चलचित्रहरु बनिइएका थिए होलान् तर सफल भएका यी दुई चलचित्रले प्रयोग गरेका अश्लिल गाली र यौन हेर्दाहेर्दै अपरिपक्व देखासिखीमा परिणत भयो र छताछुल्ल भई पोखियो ।
लुट र चपली हाइटले Glamour (Definition: A Very Exciting and Attractive Quality), यौन मनोविज्ञान जस्ता बिषयलाई आत्मसाथ गरेका थिए तर Glamour लाई SEX को पर्यायवाची बनाइसकेका हामीले अब ठाडै SEX नै बेच्नथाल्यौ – जुन चलचित्र उध्धोगलाई अझ उँधोनतितर्फ लग्न पर्याप्त छ ।
सेक्स यदि ओठ हो भने हसाईं हो ग्ल्यामर ।
सिधै ओठ देखाई दर्शकलाई रसिलो बनाउन खोज्ने चलचित्र उध्धोगले यो बुझ्न जरुरी छ कि ओठको हसाईंले हो चलचित्र Glamorous (Attractive) देखिइने र अधिकांश दर्शकले खोजेको Glamour नि त्यहि हो ।
Fight Vs Conflict
न्याय होस् वा बदला होस् वा सामर्थ्य प्रदर्शन – कुनै कुराको उठान चलचित्रले गरेको भए पनि उक्त चलचित्रले अँगाल्ने बाटो एउटै रहेको देखिइन्छ – शारिरीक कुस्ताकुस्ती, हातखुट्टाको द्वन्द । नायकले यदि जित हासिल गर्छ भने पनि सबैभन्दा ठुलो श्रेय उसको ठुलो गर्जन र कसिला पाखुराले नै पाएको हुन्छ ।
बैचारिक द्वन्द, मनमुटाव, तिकडमबाजी, योजना, षडयन्त्र, तनाव, चाल, संघर्ष, विचारका उथुलपुथुल, चरणबद्ध योजना – यी यस्ता कैयौं शब्दहरु छन् नेपाली शब्दकोषमा जो एक नायकले चाहे न्यायको लागि होस् वा बदलाको लागि नै होस् प्रयोग गर्न सक्छ – बाहेक पाखुराको बल । तर कमै चलचित्रले एक लिखुरे नायक बनाउछन् जब Fight Oriented Film बन्छ किनकि Fight पाखुराले मात्र गरिइन्छ – दिमागले नाइँ – हाम्रो सोचाई ।
ताली, थप्पड यदि Fight हो भने दर्शकले सुन्न चाहेको तालीको गड्गडाहट र थप्पडको गुन्ज हो ।
अर्ति-उपदेश Vs विचार-सोच
नेपालको माटो भारतले लग्यो, खाडी जान लागेका युवा म्यानपावरबाट ठगिए, धनिले गरिबको श्रम र रगत चुस्दैछन् – धेरै भयो अब जागौं आदि इत्यादी । दर्शकमा चेतना छ र उनिहरु नि समाचार पढ्छन-सुन्छन, विवेक लगाउँछन् – यसर्थ चलचित्रमा चिच्याई चिच्याई कराउँदैमा कायापलट हुदैन र आश नि गर्नुहुन्न – एक चलचित्रकर्मीले ।
अर्ति-उपदेश भनेका सुनिने कुरा हुन्, मनन तथा चिन्तन गरिने भनेका सोच तथा विचार हुन् ।
चलचित्र उध्धोग अर्ति-उपदेश बेच्छ कराई कराई जबकी दर्शकलाई खाँचो छ – सुनिदै आएका कुरा नि फरक ढंगबाट मन, मस्तिष्कमा पुग्न सक्ने शुन्यताको ।
बज्ने गाग्रोको पानीरुपी अर्ति-उपदेशभन्दा एक चिसो बतास नै पर्याप्त हुन्छ एक ठुलो मासलाई सोचमग्न बनाउन र गर्मीमा केहि राहत दिलाउन ।
पृथकता Vs सामाजिक
नायकले बाघसँग लडाइं खेलेको पहिलो चलचित्र
अमेरिकाका क्यामराम्यानले खिचेको पहिलो चलचित्र
नायिकाले साततलाबाट हामफालेको पहिलो चलचित्र
पृथकता बेच्ने धुनमा हामी मात्र पहिलो हुन खोज्दैछौं । हामी दर्शकलाई एलियन देखाईएको पहिलो चलचित्र चाहिएन, एलियन हुन्छन् भनी विश्वास गर्ने बरु समाजकै एक चरित्रको चलचित्र बनाउ – किनकि त्यस्ता चरित्र हाम्रै समाजमा छन् र हामी समाजकै घटना, परिघटना फिल्ममार्फत चिहाउन चाहन्छौं ।
नदेखिएका वा देखिएर नि याद नगरिएका वा याद गरेर नि अभिव्यक्त नगरिएका समाजभित्रकै पात्र, दृश्य पर्दामा पर्दापण हुँदा ति सजीव देखिने थिए र सामाजिक देखिने थिए ।
सुनको छडी यदि तिम्रो पृथकता हो भने हामीले सुन्न खोजेको काठकै छडीको ट्वाक ट्वाक हो ।
अन्त्यमा, हामी जे चाहन्छौं चलचित्र उध्धोग त्यो बेच्दैन र जे उ बेच्छ हामीलाई किन्न मञ्जुर छैन – र पनि हामी घुन भएको पिठो बिकाउन कराई रहन्छौं ”नेपाली चलचित्रलाई नि माया गर्नुस!”
Request : – If You Liked the above Article then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for the next post.
तपाइँ नि एक दर्शक हुनुहुन्छ – नेपाली चलचित्र के बेच्छ के बेच्दैन ? तपाइँको विचार के भन्छ ?