तिन चिज छन् काठमाडौंमा जसलाई म असाध्यै घृणा गर्छु – बेला न कुबेलाको वर्षा , ताँइ न तुँइको ट्राफिक जाम र ढिलो काठमाडौं प्रवेश गरेको म । हो, काठमाडौंमा स्नातक गर्न नआउनु मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ति थियो र रहिरहने छ । हेरौ , समय र भाग्यले कतातिर डोर्याउँला ?? अनि यो वर्षा नि ?? वर्षा त वर्षको एक सिजन न हो कसैगरी व्यवस्था गरिएला । अब कुरा गरौ जामको , यो त सधै झेलिइन्छ यार । यो समस्याको समाधानै छैन त ? कुरो सिधा छ , सडकहरु सिधा हुनुपर्यो र यातायातको उचित तरिकाले व्यवस्थापन हुनुपर्यो । यो त भयो राज्य तथा सरकारको तर्फबाट सोचिने कुरो,तपाईंको तर्फबाट नि ???
मदन पुरस्कार विजेता नारायण वाग्लेको “पल्पसा क्याफे” एक जमानामा आफ्ना सीमाहरु पार गर्दै चरमोत्कर्षमा पुग्यो – समय नै त्यस्तै थियो । हरेक व्यक्तिका दृश्यझै सपना थिए, सपना साथै खाका थिए तर त्यसलाई विथोल्ने अपहरणकारीहरु पनि थिए । अहिले पनि समय उहि छ – मात्र कर्ताहरु अज्ञात छन् । खैर, यो लेखको विषय राजनिति तथा समसामयिक हुँदै हैन । धेरै जसो पाठकहरुले पल्पसा र दृश्यको प्रेम कुनै सुन्दर बगैंचामा हुर्काए होलान् । अनि दृश्यको आँखाबाट गाँउको परिवेश कुनै शान्त वातावरणबाट आभाष गरे होलान् । मेरो कुरा गर्नुहुन्छ भने पल्पसा मरी गाडीमै , दृश्यले ऋष्टिनालाई किस गर्यो गाडीमै अनि अपहरित पनि भयो – गाडीमै । अझ ऋष्टिना र दृश्यको हल्का प्रेम मिश्रित वार्तालापलाई साथ दिन माईक्रोले यो गित बजाएको थियो – “मेरे मौला मौला मेरे मौला , मतवाला में तो हुवा रे” – कता कता मन पर्न थालेको छ यो गीत – अनायसै मुस्कान छुटेझै हुन्छ गीत सुन्दा । कसरी ?? हजुर ! पुरै उपन्यास गाडीमै जो सकियो !
म ढिलो छु , पल्पसा कृतिले पनि यो प्रमाणित गर्छ । अरुले पढेर थन्क्याइसकेपछि मैले पढ्न थालेको छु । तपाईंलाई कस्तो वातावरण चाहिन्छ कुन्नि ?? तर मलाई बानि झै लाग्न थालेको छ – गाडीमै पढ्न । ‘पल्पसा’ सकियो – अब पढेर पनि मन नपरेको “सोच” फेरि पढ्नु छ । मैले पहिलो पटक पढ्दा शायद नकारात्मक शक्ति हावी भएर पो हो कि , किताब मन नपरेको । फेरि पढ्नु छ, नयाँ उर्जाका साथ गाडीको कोलाहलबीच एकाग्र भई, एक फरक सोच लिएर “सोच” ।
मैले घृणा गर्ने तिन चिजमध्येको एक ‘ट्राफिक जाम’ लाई आफ्नै ढङ्गबाट व्यवस्थापन गर्न गरिएको मेरो आफ्नै पहल हो यो, जाम भयो कि किताब निकाल्यो पढिहाल्यो । गाडी ठिकै गतिमा छ भने त जाम पनि कुरिइदैन – गाडीको रफ्तार सँगसँगै दृश्यका मनोवैज्ञानिक भावहरु कुदेका थिए, कति कति खेर एक आपसमा समानान्तर भई आफ्नो आफ्नो लक्ष्य पहिल्याउन ।
नयाँ बानेश्वरबाट गौशाला जाँदै गर्दा एक दिदीले भनेकी थिइन्
“अहिलेको यो अराजकता सब मधिसेहरुले गर्दा नै हो । ”
प्रत्युत्तरमा म ” दिदी ! म पूर्वबाटै आएको हुँ, खै मलाई उनिहरुले केहि गरे जस्तो लाग्दैन त ”
“हैन, हैन, ति मधिसे हैनन् , इन्डियाबाट आएका मधिसे के त “
ति दिदी गल्ति गर्दैछिन् । अहिलेका कर्ताहरु पूर्णत अज्ञात छन। , गफैको सुरमा कुनै व्यक्ति विशेष वा जात वा पार्टी माथि त्यसको आरोप लगाउनु पूर्णत निन्दनिय कार्य हो । साथै नैतिकताको खिलाफ पनि । ति दिदी जान्दिनन् वा जानेर पनि बोलिरहने बानीबाट आफुलाई मुक्त पार्न सकेकी छैनन् – यस्तो कार्यले उनि आफै असुरक्षित हुनेछिन् । यसर्थ पनि मैले किताब नै रोजेको छु यात्राको साथीको निम्ति , न कि असुरक्षित बनाउने हाड बिनाको जिब्रो ।
बिहानको ६ बजेबाट शुरु भै रातिको ७ बजे सकिने मेरो कोठाबाहिरका जिन्दगीमा एक त्यस्तो उपयुक्त समय छैन जुन म पल्पसा जस्ता कृतिलाई दिन सँकु – सिवाय गाडीको । कोठामा बचेको समय त आफ्नै कोर्सका किताबहरुले पर्खिरहेका छन् । तसर्थ – पल्पसा ! तिमीले खोजे जस्तो एक शान्त तथा उपयुक्त वातावरण दिन नसकेकोमा म आफै प्रति लज्जित छु तर खुशी यस कुरामा छु कि अन्य कोही बेला बेलामा घडि हेर्दै चुँक चुँक गरिरहेको समय म तिमीसँग एक अर्कै संसारमा हुन्थे जहाँ मात्र तिमी र म ……….अनि हर्नहरुका हल्का कोलाहल मिश्रित परिवेशबाट श्रिजीत मधुर एक भिन्दै अनुपम वातावरण ।
राम्रो हो ।
‘धेरै कुरा उठेको ठाउँमा के राम्रो ? ‘ भन्नुहोला ।
‘उठे मध्ये धेरै नराम्रोको ठाउँमा तपाईंको पढ्ने बानी राम्रो हो ‘ भनेको ।
‘ अनि लेख्ने ? मेरो लेखाईको खै त मुल्याँङ्कन ?’ भनिरहनु पर्दैन । साह्रै राम्रो लेख्नुपनि हुन्छ ।
सरस्वतीले सँधै साथ दिउन ।
LikeLike
कुरा त सहि नै छ, एक हिसाब ले गर्दा ! ख्वै यो जाम को समाधान के हो ?
अनि त्यस्तै ती दिदीले धेरै को प्रतिनिधित्व गर्ने रहिछन् । खै, कालो छालासँग किन धेरै रिस होला । अनि कतिठाउँमा म आफैँ हेपाइमा परेको छु, साँच्चै भन्दा +२ गर्दा, सरहरुले अर्कै सोच्नुहुँदोरहेछ मेरो बारेमा । घर सर्लाही भन्ने बित्तिकै । अनि अहिले पनि “आकार” मात्र भनिने हुँदा, अधिकांशमा भ्रम रहेको छ, मेरो सम्बन्धमा !
हो, हुन त मलाई पनि केही गरेका छैनन्, अनि धेरै हदमा तल झरेर गरिने व्यवहार मलाई पनि मन पर्दैन । सत्य यो पनि हो कि, यही छाला का कारण विगत २ वर्ष को अवधिमा धेरै ले ज्यान गुमाइसके, अनि धेरै विस्थापित भै’सके, यो आफैँले देखेको तितो यथार्थ हो । अनि यो पनि सही हो कि, अहिलेसम्म मलाई उनीहरुले केही गरेकाछैनन्, उनीहरुको घरसँग मेरो घरको करेसा जोडिएको छ । हामी सँगै खेलेका छौँ, हामी सँगै पढेका छौँ, हामीले एकैठाउँमा खाएका छौँ, हामी मा विभेद को कुनै झिल्को छैन ।
तर देशमा राजनिति गर्नेहरुका कारण धेरै भ्रम सिर्जना भयो, धेरै मरे, कयौँ विस्थापति भए । आफ्नै ठाउँ को कुरा गर्दा पनि, हाम्रो गाउँमा सबै एकै ठाउँमा, सँगै बसेका छौँ, हामी मर्दा पर्दा का छिमेकी भएका छौँ । हामीविच फाटो ल्याउने त राजनिति गर्ने लाउकेहरु नै हुन् । अनि होहल्ला गर्नुपर्यो भने अन्तै तिरका कहिले नदेखेका मान्छे आइपर्छन्, अनि झगडा को सुरुवात पर्छ अनि पहाडे र मधेसी को फिलिङ आउँछ । भएको त्यत्ति हो । अरु त सबै नर्मल नै छ । के यहाँ मेरा कोही मधेसी साथी छैनन् होला त ? अनि खासमा काठमाडौँवासीले सबै नेपाली भन्ने नसोचेसम्म यो प्रथा पनि कायमै रहन्छ ।
प्रसंग थियो, पल्पसा को म पुगेछ अर्को छेउ ।
🙂
LikeLike
मलाई मनै नपरेको त हैन तर ‘पल्पसा क्याफे’ मदन पुरस्कारनै पाउनुपर्ने स्तरको पनि लागेन। त्यो वर्षका अरु पुस्तकहरु यो भन्दा कमजोर रहेछन् भने हाम्रो साहित्यको भविष्य त्यति राम्रो छैन भनेर लेखेको थिएँ यो चर्चाको शिखरमै हुँदा। तत्कालीन समयको त्रासदी र रोमाण्टिकता घोलिएको यो पुस्तक शायद आफ्नो समसामयिकताकै कारणले चर्चामा आयो होला, शहरीयमा मध्यमवर्गलाई त्रासदीसंग नजिक हुने बहाना दियो होला। शैलीका हिसाबले पनि मलाई त अत्यन्त अतिरञ्जनात्मक लागेको छ।
बाँकी कुराहरु त जडितजी र आकारजीले भनिसक्नुभएको छ।
LikeLike
[…] 2. पल्पसा क्याफेको एक पुरक पराकाष्टा ) Possibly related posts: (automatically generated)mee svayampak karato tevha… Tagged with: book review, Maoist Insurgency, Narayan wagle, novel, Palpasa cafe « Media, Culture and Society […]
LikeLike
सबैतिर चर्चा-परिचर्चा भएको यो पुस्तक मैले चाहेर पनि पढ्न सकिरहेको छुइनँ । जे होस् तपाईँहरूले लेख्नुभएको कुराले मलाई यो पुस्तक पढ्न निकै नै मन लागिरहेको छ !!!
LikeLike
ट्राफिक जामको सही ब्यवस्थापन
LikeLike
तपाईले त बसमै भए पनि बसेर पढनु भएछ । खै आफ्नो हातमा त परेकै छैन । पल्पसा छाडेर बाँकि कुरामा “गफ” गर्ने हो भने आकारजीको पुरै वाक्यलाई मैले पनि “हो” र “ठीक छ” भन्ने छु ।
LikeLike
Автору респект! Написано красиво!
LikeLike
यस समीक्षामा मैले आफ्नो विचारभन्दा धेरै फरक पाएँ, धन्यवाद । मेरो समीक्षा सुन्न सक्नुहुन्छ । [audio=http://www.mypodcast.com/members/file-371201]
LikeLike
http://visitskc.wordpress.com/2009/01/23/%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-%e0%a4%8f%e0%a4%95-%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%a6%e0%a5%8d/
LikeLike
तपाईंले आफु “ढिलो” भएको ले ढिलो पल्पसा क्याफे पढ्नु भएछ, मैले त झन अझै पढेको छैन, के भन्ने होला …. मलाईपनि असाध्यै पढ्न मन छ पल्पसा क्याफे, खोइ कहाँ पाएर पढ्ने हो !! 😦
LikeLike
[…] https://ametya.wordpress.com/2009/01/23/पल्पसा-–-पुरक-एक-पराकाष… […]
LikeLike
[…] https://ametya.wordpress.com/2009/01/23/पल्पसा-–-पुरक-एक-पराकाष… […]
LikeLike
मलाई त राम्रो लाग्यो ‘पल्पसा क्याफे’ । अनेकौं नक्कलहरु पछि अल्झिरहेको नेपाली उपन्यास लेखनले अब आफ्ने जीवनको अनुभव लेख्न सक्नु मौलिक नै लाग्यो ।
LikeLike
Je hos yo padda malai nikai ramailo lagyo…maile pani Palpasa Cafe bus ma padera sakeko thiye…coll bata chitwan laijada….
but I love rain…in Kathmandu..tesle naya urja thap6… ani jam ma ni?? Jam ko ta kurai nagaru…tyo ta bani par6…ani jam ma mazza linakitb padnu thats wonderful…hai…
LikeLike