“तनिश्क ! ”
“हजुर !” चश्मा भित्रका बदामे आँखा हल्का भावमा म तिर जिज्ञाशु भए ।
यो क्याफेमा आज चन्द्रमा आफै आएर प्रकाश पारेझै भान भइरहेको छ । उसका खुला र लामो कपाल म वर्णन गर्न सकिरहेको छैन । विराटनगरको अमेरिकन लाइब्रेरीमा कसैले भनेका “भनाइ” लाई आफ्नो नोटबुकमा सार्दै गर्दा मैले यी अपरिचित मित्रलाई भनेको थिए ” Make your own quotation, never run to others” त्यतिबेलाको त्यो सानो कुराकानी अहिले फकिर्दै आएर काठमाडौंको यो व्यस्त क्याफेमा कफि गपसपमा परिणत हुदैछ । मलाई कता कता पत्यार नै लागिरहेको छैन ।
“You are too georgeous” के बोल्ने के, भेउ नपाइरहेको जिब्रोले आफै दिशा पत्ता लगायो ।
” I Know ” मुसुक्क हसाइँ , उसको तर्फबाट ।
विराटनगरस्थित उक्त लाइब्रेरीमा हाम्रो प्रथम पटक भेट हुँदा एकदम औपचारिक गफ भएको थियो , जुन अझै पनि केहि मात्रामा छ तर स्वाद अलि बेग्लै छ । करिब एक घण्टा जतिको कुराकानीमा वैचारिक कुस्ताकुस्ती मात्र भए “भनाइ” सँग सम्बधित, अहिले सोचिइन्छ यदी काठमाडौंमा उनि अनायसै नभेटिएको भए ?????
सधै झै साँढे पाँच, नेपाल यातायात , अफिसको काम , अनि उहि दिक्दारे जीवन , वाक्क भई झ्याल बाहिर जीवन नियालिरहेको थिए । अनायसै आँखा केहि आश्वर्यभावमा शंशकित भएको चाल पाँउछु । मलाई ठम्याउन धेरै बेर नि लागेन
“तनिश्क ???”
“हो” मैले भर्खर भोगेको आँखाको भाव उतिर सर्यो ।
म मात्र छक्क पर्दै मुस्कुराँउदै हल्का टाउको निहुराँउछु ।
“अमित ???” उसले जिज्ञाशु भई प्रश्न राख्न नपाउँदै मैले हो मा टाउको हल्लाए ।
” What a co-incidence ” उ चकित भकी थिई ।
उहि तनिश्क आज कता कता बिस्तारै बिस्तारै हेलमेल हुँदै जाँदा मेरो मन भित्र सुस्त सुस्त प्रभाव पार्दै छे । म उसलाई बताउन चाहन्छु तर यो आत्मिय रुपले बढ्दै गइरहेको मित्रतालाई पनि तोड्न चाहन्न । हल के होला ? पोखिइनु वा दबिनु ?
मात्र बस वाल्ल परेर उसैलाई हेरिरहेको थिए । सुपको चुस्किसँगै ‘व्हाट’ को संकेत स्वरुप उसका आँखिभौ चलमलाए । म आँखा फेर्छु ।
सकिन मन थाम्न र साहस गरेर भन्छु फ्याट्टसँग ” I Love You ”
उसको चुस्की एकछिनको लागि अडिन्छ मुखसम्म लग्न नभ्याँउदै , बाटो बिराएझै ।
——- —— ———–
“हत्तेरिका”
किन हुँदाखाँदाको मित्रतालाई बलि चढाको होला मैले ? मेरो बारेमा के सोच्दै होली उसले ? पाँच महिना त भयो राम्ररी चिनजान भको, प्रेम प्रस्ताव गरिहाल्नु पर्ने म बेकम्फुसेलाई ? उफ ।
साँचो अर्थमा भन्ने हो भने उसको व्यक्तित्व , कुरा गर्ने शैलि यति दमदार छन् कि जो कोही प्रेमको जालोमा फस्न सक्छन् । आफुलाई नियन्त्रणमा राख्न नसक्नु त्यो मेरो कमजोरी हो र मलाई कमजोर बनाउँनु उसको प्लस प्वाइन्ट हो । अझ चश्मा भित्रबाट मलाई छट्केर हेर्ने गरेको सम्झिदा त ओहो ! म कायल हुन्छु ।
तिन हप्ता भयो , त्यो साँझदेखिन मैले तनिश्कलाई भेटेको छैन । कतै मेरै कुराले गर्दा पो हो की ? आ ! उसैको कोठामा गएर माफ माग्नुपर्ला ।
“तनिश्क” बिस्तारै ढोका घचेट्छु , ढोका खुल्लै छ ।
तवेलले मुख पुछ्दै गर्दाका मात्र आँखासँग साक्षात्कार हुन्छन मेरा आँखा, आँखा तलका भाग तवेलले छोपिएकै छन् ।
“भन” तवेल पन्छाउँदै उनि बस्न ईशारा गर्छिन् । उसको आँखा एकपटक हेरे, एक दुई गर्दै कैयौ
पल्ट पानीले धोइए झै थियो ।
भद्दा लागिरहेछ माहौल , माफ मागौ त कसरी ??
” Tanishq, what ever I have said that evening, plz just forget abt that , I don’t want to miss you , plz Tanishq ”
म अनायसै भुँइमा घुँडा टेक्न पुग्छु, एक छिनको शान्त माहौल पछि आखिर मैले साहस जुटाएरै छाडे ।
उ मात्र ठिङ्ग म सामु उभिएकी छ, म तल घुँडा टेकेको छु निहुराएर माफी माग्दै तर आभाष गरे केही फरक वातावरणको जुन सोचे भन्दा फरक छ जस्तो । देख्छु, एक आँशुको ढिक्का बिस्तारै आँखाको डिल पार गर्दै गालामा समाहित भएको छ । तर यो के ? किन ?
उसको दाहिने हात हल्का मुठ्ठीको आकार लिदै ओठ सामु पुगेको छ, मानौ भित्र भक्कानिएर निस्कन खोजेको कुरालाई रोक्न खोजेझै । म उहि मुद्रामा छु, माफी पाउने आशमा विवश र विव्हल भावका साथै हल्का कम्पन मिश्रीत मुटुका साथ, यो मुटु किन काँप्दै छ उ आँफै अनभिज्ञ छ । हो रहेछ, उसका औलाले त्यो भक्कानो रोक्न सकेनन्, उ नियन्त्रणबाहिर पुगी र आँखाबाट आँशु अब निरन्तर बग्न थाले साँथै मौनता भंग हुने गरी साँसका सकसकाहट पनि । आवाज थिएन रुवाँइमा तर प्रष्ट थियो , मुहारको त्यो वनावट भनिरहेको थियो “म रुँदै छु, मलाई सम्हाल” ।
“के भयो तनिश्क ? यदि मेरो कारणले हो भने मलाई माफ गर तनिश्क प्लिज, मलाई माफ गर”
अँह, उँ अझ मेरो छातिमा घोप्टो परी झन चित्कारका साथ रुन थाली । म के गरुँ ?
” I Love You Tanishq, Plz tell me what happened ”
” Why do you love me ? ” उ अलग्गिइ आँशु पुछ्दै तर तत्कालै जोरले हत्केला खाटमा बजार्दै
” Why the hell do you all guys love to me ? Why am I being liked by you all ? ”
“अस्ति पनि एउटा केटा मलाई मन पराउँछु भन्थ्यो, आज तिमी भन्दैछौ । तिमीहरु मात्र मेरो बाहिरी शैलीप्रति आकर्षित भएका हौ, म भित्र कहिल्यै पस्न नै चाहेनौ ,You all guys are same ”
म अक्क न बक्क छु । म उसलाई रुवाउँदै छु कि उ मलाई ??? म पुरै शुन्यतामा छु , यो उसलाई थाहा छ र त्यसैले हो शायद मेरो आँखामा उ हेर्न सकिरहेकि छैन ।
” I am a Lesbian ” अब उ पुरै थच्चिइ , टुटेझै भई उसले यो वाक्य भनिरहँदा । म लडेकी तनिश्क छेउ गई मुहारबाट हात हटाँउछु , धन्न त्यति गर्ने होश चै कहाँबाट आएछ ।
” You have to feel proud whatever you are. ” म उसलाई सान्त्वना दिन खोज्छु तर मलाई चाँहि कस्ले दिने नि ? म चाहेर पनि भक्कानिएर रुन सकिरहेको छैन ।
“तिमी केटाहरु मलाई मन पराउँछौ , मलाई खुशी हुनुपर्ने हो तर म अझ भित्रभित्र कुँडिइन्छु । म लेस्बियन हुँ, यो समस्या हैन, म यसको ट्रापमा छु त्यो समस्या हो । कुनै पनि सुन्दर युवतीहरु देख्दा म यसरी बहकिन्छु की मानौ मेरो जिन्दगी कुनै पनि केटीसँगको सेक्स भन्दा पर छँदै छैन । हिजो त झन म यसको जालोमा यसरी बेरिए की ५०-६० बर्षकी बुढीसँग सेक्स गर्न पुगेछु । म पुरै दलदलमा छु , निस्कन चाहेर पनि निस्कन सकिरहेको छैन । ”
यो के भन्दैछौ ??? म मा सुन्ने साहस छैन । बाहिरबाट हेर्दा त्यति उन्माद र विन्दास देखिने तनिश्क भित्र भित्र यति उकुसमुकुसमा छ भनेर एक रत्ति नि चाल नपाइने । अनि आज के भयो त ?? किन आज उ पुरै टुटिइदै छे म सामु ???
“म यो दलदलबाट निस्कन चाहन्छु अमित , प्लिज हेल्प मी । त्यो ५० वर्षे आइमाइसँग म सुत्नु हुन्न भन्ने थाहा हुँदा हुँदै पनि मैले सकिन । म यसरी यस्तो जिन्दगी जिउन चाहन्न, अमित । मलाई यो लेस्बियन सेक्स ट्रापबाट मुक्ति दिलाउ, अमित प्लिज । ”
” It will be ok if I am a lesbian but I just want to get rid from the sex trap of it. ”
म अमुक थिए , शब्दबिहिन भएर पोखिरहे केही समय हाम्रा भावहरु । हिजो राति उँसँग त्यस्तो घटना न घटेको भए एक तनिश्कको कथा यसरी तपाईं हाम्रो सामु कहिले नि आउने थिएन होला शायद । पुर्णत आत्मविश्वासकी तनिश्क त्यसरी म सामु भावाविव्हल भएर पोखिनु यही लेख तयार गर्न पो हो की ? ताकि हामी अब अरु तनिश्कहरुलाई भित्रदेखि बुझ्न प्रयास गरौ – नकि बाहिरी शैलीलाई मात्र छुने एक असफल प्रयास ।
अब आफैँ, जवाफ दिनुहोस् न, के गर्नुहुन्छ त trap बाट मुक्त गराउन को लागि ।
अनि साँच्चै, जिवन्त लागिरहेको छ है, अनि उनीहरु को आवाज बोलिदिइरहनुभएको छ, धन्यवाद को पात्र बन्नु भएको छ ।
विराटनगर देखि काठमाडौँ सम्म, तनिश्क सँग को यात्रा, अझै कति धेरै बाँकि होला !!!
LikeLike
चलन चल्तिको कथाबाट अल्लग धारको प्रसंग उठाउनु भएको रहेछ । कथाको अन्त्य सोचनिय मोडमा भए पनि प्रस्तुती बने जोडदार लाग्यो !
LikeLike
सेक्स-ट्रयाप तनिश्कको समस्या हो निश्चयपनि। त्यसको उपचार मानसिकमात्रै हुन सक्ला।
तर तनिश्क लेस्बीयन हो भन्ने कुरा थाहा नपाउनु अमेत्य वा अरु कसैको दोष होईन। कसैलाई हेर्दैमा गे-लेस्बीयन हो भन्ने कसरी थाहा पाउन सकिन्छ? तनिश्कहरु समस्यामा छन् र दुनियाँले उनीहरुलाई राम्ररी बुझ्न सकेको छैन। तर बुझाउने र बुझ्ने कृया दोहोरो हुन्छ।
LikeLike
तर वसन्त दाइ, अमितलाई तनिश्क लेस्वियन हो भनेर थाहा छ । अनि यो कथा को पहिलो पार्ट पनि पढ्नु भएकै होला !!! नपढ्नु भएको भए, यहाँ छ नि !
https://ametya.wordpress.com/2008/01/11/my-encounter-with-a-lesbian
LikeLike
May Be She can marry(or live in with) somebody she chooses and then practice a milder sex-life.
LikeLike
हुन त कुनै लिंग बिशेष प्रति आकर्षित हुनु कुनै गल्ती वा कमजोरी होइन | तर तनिश्क आफैले उस्कै शब्दमा “म यो दलदलबाट निस्कन चाहन्छु” भनेकीले ऊसलाई सुझाब दिन सकिन्छ | मेरो बिचारमा मान्छेको धेरै समस्या असल साथीको संगतबाट समाधान गर्न सकिन्छ | अमितजीले पनी सम्भव भए सम्म तनिश्कलाई साथ र सल्लाह दिएर यो समस्या बिस्तारै समाधान गर्न सक्नु हुन्छ | यो मानसिक समस्या हो आजको भोली नै भने हल हुन्न |
LikeLike
Tanisk’s main problem is her guilty conscience. The first step toward feeling good is to accept herself. Often we are our own severe critics…unnecessarily.
The society is not only outside us, but also inside our own values…whenever we do not conform to the social values, our own guilty conscience punishes us…Stop making judgments about yourself Tanisq… Never forget every person is his/her own best friend & worst enemy.
N social values r all about arithmetic…about majority n minority…n everything changes…N believe me, there r no supermen or superwomen here…all r the same…. n most of the time what we r expecting from others is LOVE in the guys of sex.
Still if you wish to change your behavior…its possible…Get psychological counseling…there r even good women counselors in TU Teaching Hospital…You may also think of doing the Vipassana mediation which would surely help you…I can guarantee that.
LikeLike
Sexual life have created many problems in human life.
It is easy to give advice but to practice myself is also difficult task.
Sex is that things which cannot be reduced,conquered by doing sex.
Almost it is the same thing as to extinguish fire with petrol.
My sugestion is that She should stop doing such sexual activity imediatly, for that purpose she need to have strong determination,self confident.
LikeLike