सुजु – द हिडन पार्ट अफ माइ लाइफ

Posted: December 12, 2010 in article आहा


“प्रोस्टीच्युटको बारेमा लेख्न्न प्रोस्टीच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर !”   92f82-lovesucks

उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहदा म भने भर्खरै उनको ब्यागमा देखिएको ‘इलेभेन मिनट्स ‘ लाई नै सम्झिरहेको थिए । पाउलोको बहुचर्चित उपन्यास  ‘इलेभेन मिनट्स ‘ लाई इंगित गर्दै एक स्तम्भकारले एकपटक भनेका थिए – अहिले सम्म पढे मध्ये को सबै भन्दा कामुक पुस्तक । यसर्थ पनि मैले उनलाई प्रश्न गरेको थिए – “ तिमी पाउलो पढ्छौ ?? “

उनी अर्थात सुजु – अ लेडी अफ केटीएम। यो पछिल्लो लेडी वाला ट्याग चै उनको बोल्डनेसलाई ओके भन्न म बारम्बार युज गर्ने गर्थे र प्रत्युतरमा हाम्रो कनभर्सेसन इन्ड हुन्थ्यो उनको ‘यस् आइ यम ‘ बाट । हुन पनि उनि बोलि र विचारमा अन्य लेडी भन्दा बोल्ड नै थिइन – जुन उनको इलेभेन मिनट्स रिडिंगले पनि प्रस्ट्याइसकेको छ ।

“सुजु ! कहाँ पुग्यौ ?? “ – पाउलोको बुक ब्यागमा राख्दै सोध्छु

“दृश्य र पल्पसा भेट भएको च्यापटरमा “ पुन: एक पुलुक्क हेराइ म तर्फ ।

उनी बेन्चको एक छेउ बसेर उनको फेभोरेट बुक ‘पल्पसा क्याफे’ पढ्दैछिन् , म भने उनको काखमा टाउको राखी बेन्चमा लम्पसार छु। केशर शम्शेरले आफ्नै लागि निर्माण गरेको यो स्वप्न बगैचा अहिले थुप्रै स्वप्निल जोडीहरुलाई आफ्नो सपनालाई तरंगित बनाउन भरमग्दुर प्रयास गर्दैछ , जसको फाइदा हामी दुइले पनि कुनै कुनै शनिबार उठाउने गरेका  छौ ।

उनको हात सुम्सुयाउदै म पुन: “ याद छ हाम्रो भेट ??” प्रत्युतरमा उनी मेरो कपाल मुसार्दै हल्का एक मुस्कान ।

२०६५ को सुरुवातसंगै प्रथमपटक उपत्यका भित्रिइदा यो खाल्डो मप्रति पूर्णत अनभिज्ञ थियो तर उनको साथसँगै यो परिवेश बिस्तारै बिस्तारै केहि चिरपरिचित बन्न थाल्यो । जेठको पहिलो साता स्वामी चंद्रेशको दर्शन गर्न जुरेको अवसर पुर्णत उनीसँग नै भेट गराउन सृजित एक अनौठो संजोग थियो भन्दा अयुक्ति नहोला। बुढानिलकण्ठ स्थित स्वामीजीको आश्रम पुग्दा स्वमिजिकै रचानाकुल चित्रहरुले सुसज्जित त्यो ठुलो हल पूर्णत शान्त परिस्थितिमा थियो तर गुन्जन थियो त मात्र उनका भनिदै गरेका कविताका केहिपंग्तीहरु

“बुद्धभूमि भन्नु मात्र यत्रतत्र टाटै टाटो
हिजो सम्म सितल नेपाल आज किन तातो ???”

“सुन्नुस न !! मैले तपाइको कविता मिस गरे , रिटन केहि छ कि ?”

‘यो लिनुस ‘ – भर्खरै प्रस्तुत गरिएको कविताको  प्रतिलिपि उनले मलाई हस्तातरण गरिन । पृष्ठभूमिमा गीता लामिछानेको एकल कविता संगह्र ‘म पनि गुरासँ हुन पाए ‘को बिमोचनको हर्सोउल्लास ।

“कविता उत्कृष्ठ छ , तर एउटा मात्र भयो “
‘लव टु रिड द्यान राइट , त्यसैले हेर्नुस न धेरै लेखन पाएकै छैन ‘
केहि वार्तालाप चल्दै थियो तर तत्कालै विमोचनको लागि आमन्त्रित महानुभावलाई लिएर आएको बस अब फर्किनको लागि तयार हुनोस् भन्दै घार्र्घुर्र गर्न थाल्यो ।
संकेत पाउने बितिक्कै म – “के म तपाईलाई पछी पनि भेट्न सक्छु ??”
‘लव टु वाच ड्रामा एट गुरुकुल थ्रिएटर । व्ह्याइ डोन्ट यु कम ?? आइ विल ह्याभ अ कम्पनि टु ‘
ततपश्चात गुरुकुलिंग हुदै बढ्दै गएको मित्रता अहिले पुलंकित हुदै केशर महलको स्वप्न बगैचामा एक अर्कोमा पूर्णत लिप्त अवस्थामा आइपुगेको छ – प्रेमको परिभाषा होला सायद यो ।
                                                                                         …………………………………………….
“त्यस्तो हैन नी डियर , म तिमीसँग बिताएका प्रत्येक पलहरु किन्दै छु ताकी भोलि अरु कसैले दावी गर्न नपाओस्”
दुवै जना कमाउने भएपछी खाएपिएको बराबरी गर्नुपर्ने उनको मान्यता थियो उनको तर अब साहित्यमै हुन्न भन्ने  आशय व्यक्त गर्दै म पनि अभिव्यक्त गर्न थालेको थिए माथिको हरफ जस्तै केहि साहित्यिक उपशब्दहरु ।
‘वाउ अमित ! आज केटीएम को भ्यु त क्या दामी देखिएको रहेछ है !!!” स्वयम्भुको डाँडोबाट भ्याली हेर्दा उ खुशी भएकी थिइ।
“थाहा छ , यो केटीएम एक सुन्दर क्यानभास हो तर अव्यवस्थित सहरिकरणले गर्दा जताततै रंग पोतिए झैँ भएको छ “
“ओहो ! साहित्यकार ज्यू, के हो मेरो संगत लागे जस्तो छ नि !!! निकै साहित्यिक छाटकाट देखियिन थालेका छन् त !!” उ प्रफुल्लित मुद्रामा पुगी ।
“सुजु !! म खुशी छु कि मेरो जीवनमा रंग पोत्न एक कुशल कुचिकार पाएको छु । आशा गर्छु मेरो क्यानभास भताभुंग हुने छैन “ – अनुहारमा आएको कपाल पन्छाउदै म भावनामा बहन्छु ।
भावनात्मक पंगतीहरु यसरी बहिरहदा आँखा मौन हुन पुगे जसलाई सार्थकता दियो उनको अधरको चुम्बनले – मेरो मस्तश्क भावाबिहोर हुन पुग्यो ।
                                                                                       …………………………………………….
साँझको ७ बजेको छ । सुजुले ७ बजेतिर कल गर्छु भनेर म्यासेज पठाएकी थिइ । त्यसैले उनको फोनको प्रतिक्षा गर्दै म छतमा टहलिदै छु । काठमाण्डौमा खै किन हो त्यति तारा देखिइदैनन तर विराटनगरमा हुदाँ चाहिँ छतमा गयो कि आकाशमा ताराहरुसँग हराउने मेरो बानि नै भएको छ । मन्द मन्द हावाको मदमस्त स्पर्शले छेवैको फुल आफ्नो जवानी महसुस गर्दैछ जसलाई देखेर अनायसै म लजाएझै हुन्छु । यक दिज फिलिंग सक्स !! र पनि 🙂
“अमित आइ एम लिभिंग नेपाल विथ इन दिस विक ।आइ गट भिसा फर यु.एस.” झन्डै १५ मिनटको वार्तालाप पछी उनले यसो भनिरहदा कहाँ के, कसरी, किन एकैसाथ मथिंगल वरिपरी घुम्न थाले ।मन्द मन्द हावा तातिरहेझै भयो अनि अघिसम्म दौतरी झैँ भावना साटासाट गरिरहेको त्यो फुल अब भने मलाई देखेर गिज्याउन थालेको थियो ।
सुजु ! अमेरिकै पुगेर भनेको भए पनि भैहाल्थ्यो नि !!! म बाट फोन काटीइसकेको थियो ।
“व्हाट आइ मिन टू यु ?” – यसरी फर्मालिटी पुर्याए झैँ गरि भिसा पाइसकेपछिको अन्तिम क्षणमा आएर इन्फो दिइरहदा म पूर्णत इमोशनल आवेगमा पुगिसकेको थिए। यसर्थ उनका हरेक कल म बाट काटीइसकेका थिए र म्यासेजमा मात्र हामी सिमित थियौ ।
“I know I am a no. of null but if you stand by me as one can make myself a million. Amit without you, I would like a valueless.” – म्यासेज पढ्दै गर्दा आँखा पर कतै रातको शुन्यतामा टोलाई नरम हुन खोज्दै थिए ।
हुन त यु.एस.प्रोसेसिंगको कारणले हाम्रो रिलेशनमा इन्स्टाबिलिटी वा इन्सेक्युरीटि नआओस् भनेरै उनले मलाई नबताएको भनेर फोनबाट पनि प्रस्ट्याइसकेकी थिइन तर पनि मन त आखिर मन न हो !!!
……….
एक दुइ तिन चार …..एक दुइ तिन चार – घडी घुम्दैन मन घुम्छ ।हेर्दाहेर्दै चार साता बितेछ तर एक दिन त्यस्तो बितेन जुन दिन मेल या फेसबुक चेक नगरिएको होस्।आशाको दियो तब धर्मराउछ जब नेटका अक्षरहरुमा म मेरो प्रतिक्षारत मान्छेको लेखाइ पाउँदिन , अनि फेसबुकका भित्ताहरुमा उनको उपस्थिति पाउँदिन ।यो मन कमजोर छ , गर्न केहि सक्दैन मात्र बस अत्तासिन्छ । यात्रा ठिकै त भयो नि ?? मन एकतमास सोधिरहन्छ तर उत्तर आउने कुन दिशाबाट ??? नयन शिथिल भए झैँ निदाउन खोजे ।
‘सरि डियर हेरन, कोठा ,कलेज, जब, मनि हरेक चिजको म्यानेजमेन्ट गर्नुपर्ने हुदाँ म आफैले आफैलाई म्यानेज गर्न सकिरा छैन ‘ मौनतालाई भंग गर्दै एकाएक उ फेसबुकमा झुल्केकी थिइ ।
हुन पनि हो , मानिस अरुलाई गर्नुपर्ने व्यवस्थापन सहजै गरिदिन्छ तर आफुले आफुलाई गर्नुपर्दा निश्चय नै ……किनकि आफैलाई हेर्नकै लागि मात्र भए पनि एक परावर्तन त चाहिन्छ नै । परावर्तन अर्थात कसैको साथ , कोहि नातेदार या असल साथीको आड ।
‘अँ – यता शानीआमा हुनुहुन्छ “
मेरो मनले ढुक्कको सास फेर्यो ।
……….
तल डेरामा बस्ने आन्टीको कान्छो छोराकाखमा चुलबुल चुलबुल गर्दै सुन्तलाको केस्रा छोडाउदै जाडोमा घामको मजा लिदै छ म भने छतको एक छेउ पल्पसा क्याफेका अक्षर अक्षर भौतारिदै केशर महलको त्यो काखे आनन्द स्मृतिमा ल्याउन प्रयत्न गर्दैछु । बडो अचम्मको हुदोंरहेछ यो नारी काख – यहि काखमा लुटुपुटु गर्दै एक बालक वयस्क बन्छ र पछी फेरी वयस्क कालमा त्यहि काखमै आफ्नो वात्सल्यताको अनुभूति खोज्छ ।हो सुजुको काखमा म बालक झैँ निष्कपट र निश्छल हुन्थे , मनका संबेदनाहरु सहजै बिना कुनै छल र अवरोध बहीरहन्थे र आफुले आफुलाई भने उनको गहिरो र गम्भीर ती  नयनमा निरन्तर भासिरहेको झैँ पाउँथे जसबाट निक्लन मलाई मन हुन्नथ्यो – एक रत्ति पनि ।
……….
fc22c-break-up-main_fullरातको एघार बज्ने तरखरमा छन् तिनीहरु ।तिनीहरु जो आफुलाई एकै देश , काल , परिस्थितिमा स्थित गरि घुमिरहन्छन् तर त्यो  अनंतकालको  घुमाईले हामीहरुको भने आज अब स्मृतिमा तथा भोलि आजको अवस्थामा आइपुगीसकेको हुन्छ । कम्प्यूटरमा कोहि एकोहोरो चिच्याइरहेको छ “व्हेन आइ लुक एट यु .. आइ एम अलाइभ” – सेलिन डीयोनको गीतमा इनरजाइजिंग प्याकेज पाउँछु ।

खानपिनको घरधन्दा सकेर बेडमा लम्पसार परेकै थिए , छिनमै हतारिएर अगी खोलि छाडेको फेसबुक पल्टाउन पुग्छु   । अघिदेखि आएर कतै हराइरहेकी रहेछे – सुजु ।

‘हाइ’ – झस्काउछु  । निद्राबाट ब्युतेझैँ भइ उ ।
“अमित ! वान्ट टु लिभ अ न्यु लाइफ फोर्गेटिंग अल द पास्ट इभेन्ट्स प्लिज फरगिभ मि सिन्स आम फर्गेटिंग यु “

गफ चलिरहदाँ एकाएक उनले यसो भनिरहँदा किबोर्डमाथि चलायमान औला एकाएक रोकिन पुगे ।मस्तिस्क अबुझ थियो या बुझ्न चाहिरहेको थिएन –चाल पाइन ।आँखा फेसबुकको च्याट बक्समा नै अल्झिरहेका थिए ।माथिका वाक्य दोहोराइ तेहेराइ पढेपनि परिवर्तन हुने छाटकाटमा थिएनन – कुनै भ्रम थिएन त्यो । पिलपिल आँखा भरिएर आए छछल्किएर आए प्रश्नहरु तर किबोर्डका औलाहरु चलायमान हुन सकेनन् – लाटीएझै भए म ।जब सेन्स महसुस गरे तबसम्म उनी अफलाइन भैसकेकी थिइन ।

इभेन्ट !!कति सजिलै भनिदियौसुजु तिमीले मसँग बिताएका प्रत्येक पलहरुलाई इभेन्ट भनि ।छेपारोझैँ रंग बदल्ने छि नारी तिम्रो जात ।
भक्कानिएर आयो मुटु ।  प्यासेजमा ओहोरदोहोर गरिरहे ।मन थाम्न सकिन ।बतासिएर रोड पुगे । रातको सन्नाटामा लाजिम्पाटको यो सडक सुनसान  छ पर कतै कुकुर भुकिरहेको छ – त्यसलाई पनि निद्राछैन शायद ।चिसो बतास कति कति खेर उत्तर बह्दै छ ….मेरो तनलाई स्पर्श गरी मन शान्त पार्न खोज्दै छ ।
शान्त हुदैन मन, दौडन्छु बेतोडसँग ।दौडदा आफ्ना छायाँ आफूसँग भागेझैँ भान हुन्छन् तर ती साथै थिए जसरि सुजुका स्मृतिहरु !!!

दौडेर लखतरान भएको छु – ठमेल जाने बाटो आइ पुगेको छ ।यो त्यहि केशर महल हो जहाँ हामीले हाम्रा रमाइला क्षण बिताएका थियौ र उनको काखमा आफ्नो अबोधपनालाई महसुस गरेको थिए तर ति सबै अब उनका लागि मात्र घटना भएका छन् – मात्र घटना । सुजु अनायसै के भयो यो ?? उत्तर सुन्न मन थिएन मात्र बस प्रश्नमै हराइरहेको थिए म । बाटोकै एक छेउ केहि  हुल देख्छु – आफुलाई तिनीहरुकै बिच उभ्याइ हेर्छु – फरक केहि पाउँदिन । फरक छ त यति छ – त्यहाँ शरीरको भोग यहाँ निर्दोषपनको ।  छ्ये , एक गहिरो सास फेर्छु ।  त्यो हुलको एक आँखासँग आँखा मिलाउन खोज्छु – निरिह म लाचार हुन्छु । पर ठमेलको चिरपरिचित गल्लीबाट ओम् माने पेमे बजिरहेझैँ आभाष भएर आयो त्यतैपट्टि फर्केर एक थोपा आँशु हुर्र्याए – यो त्यहि गल्लि थियो जहाँ सुजुसँग व्यतित ठमेलका यादहरु थिए – धुमिल भइनसकेका स्मृतिहरु मानसपटलबाट अब पखालिएलान कि ???

……….
पछी थाहा पाए उ गुरुकुल थ्रिएटरमा  प्रोग्राम एडिटरको रुपमा काम गर्दो रहेछ र उसैको डीपेन्डेट भिसामा सुजु अमेरिका पुगेकी रहेछे ।तर ति सब कुरा अब मेरा सरोकारका बिषय थिएनन् ।चंगा पर कतै क्षितिजमा विलायमान हुदै थियो मसँग मात्र अब सम्झनाका धागोहरु थिए ।
सुजु गएदेखिन रित्तिदै गएको म केहि भर्न चाहन्थे यसर्थ पनि स्वातीको नयनमा आफुलाई कैदी हुन एक तरिकाले ठिकै लाग्न थालेको थियो । तर यो मनले भुलेछ कि एक पटक भरिइसकेको गाग्रो पुन: भरिदा चिस्यान त पहिलेकै पानीको रहिरहन्छ नि । म मात्र बस रित्तिइएको रहेछु , सुक्खा नाइँ । स्वातीको बाहुपाशमा सुजुको आत्मियता खोज्नु निश्चयनै भुल थियो ।फलत: स्वातीसँगको रिलेशन त्यति ठिक हुन पुगेन किनकि म आफै ठिक थिइन । जागिरको सिलसिलामा म बिराटनगर आइपुगे ।
……….
बिराटनगर त आइपुगियो – तर यहाँ पहिले जस्तो केहि थिएन ।भिड थियो , कोलाहल थियो – तर अनुभूति थिएन ।गम्भीरताले मलाई पूर्णत गाँज्न थालेको थियो ।एकोहोरिदै गएको मस्तिस्क स्वछन्द पन्छी झैँ उड्न चाहन्थ्यो सुजुको पिंजडारुपी यादहरुबाट उन्मुक्त भइ तर सकिरहेको थिएन र छैन पनि ….
आफैले आफैलाई भुलेर कसैलाई चाहनुको परिणाम हो यो भने मैले अब आफैलाई चाहनुको विकल्प छैन । तर एकपटक त काठमाण्डौ जानु नै छ किनकि ठमेलका ति गल्लि , स्वयम्भुको डाँडो र केशर महलको त्यो स्वप्न बगैचा आदिलाई नजिकबाट नियाल्दै सुजुका स्मृतिहरुसँग पौठेजोरी खेल्नु छ र आफुले आफुलाई बचाएर बिराटनगर ल्याई पुर्याउनु छ किनकि जिन्दगी जिउनु छ मैले – हो सुजुका यादहरु बिनाका क्षण क्षणका जिन्दगीहरु !!!!
Comments
  1. Story sad bhaye pani writing romantic chha, dammi chha.
    Real story nai ho ki fictional matrai?

    Like

  2. Aakar says:

    दोहोर्याइ तेहर्याइ पढ्दैछु !!! केही भन्नै आएन !!!

    Like

  3. Kishor says:

    काल्पनिक हो कि आफ्नै कथा हो..??!!🙂

    Like

  4. तपाईंको लेखने शैली दामी छ मित्र । । । । । । । ।

    Like

  5. SUNWAKE says:

    Visit Nepal Beauty to get information about Nepal.

    Like

  6. Asia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.
    Trekking in Nepal
    Annapurna Base Camp Trek
    Everest Base Camp Trek
    Langtang Valley Trek
    Mount Kailash Tours
    Kanchenjunga Trek

    Like

  7. […] Asia Explore Adventure & Travel on सुजु – द हिडन पार्ट अफ माइ लाइफ […]

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s