![]() |
Sujata Koirala |
हुन त नेपाली राजनीतिक इतिहासमा उनी जति विवादित कोही छैन । जब जब कोइराला सरकार कुनै काण्डमा मुछियो तब तब कोइरालापूत्री सुजाताको पनि सँगसँगै नाम जोडिएकै छ । २०४८ मा बाबु प्रधानमन्त्रि भए पश्चात राजनीतिमा हाम्फालेकी सुजाता बाबुकै शक्तिमा चलखेल गर्न जर्मनीबाट नेपाल फर्किएकी हुन् । कोइराला सरकारका पालामा भएका तत्कालिन काण्डहरुको पछाडि यिनै संकीर्ण सोचकी धनी सुजाताको निर्णय हुन सक्ने विश्चस्त सुत्रहरु बताउँछन । अहिलेको विवादित एमआरपी प्रकरण होस् वा राष्ट्रिय ध्वजावाहक तत्कालिन शाही नेपाल वायुसेवा निगमसँग सम्बन्धित लाउडा ,धमिजा जस्ता चर्चित काण्ड -हरेक विवादित निर्णयमा उनको नाम जोडिनुले यो मात्र एक संयोग नभएर पैसा र शक्ति सम्मिलित संकुचित सोचको उपज भएको प्रष्ट पार्दछ ।
आमा सुस्मा कोइरालाको निधन पश्चात उनको नाममा ट्रस्ट खोलेर समाजसेवा मार्फत राजनीतिमा प्रवेश गरेकी सुजाता ट्रस्टकै मामिलामा पनि चोखी छैनन् । समाजसेवाको नाममा सुस्मा कोइराला मेमोरियल ट्रस्टबाट लाखौ पैसा उठाई मण्डिखाटार,काठमाडौंमा घर किनेको आरोप लागेकी सुजाता बेलायतस्थित नेपाली दुतावास भवन बेच्ने विवादास्पद निर्णयको समेत आरोपित व्यक्तित्व हुन् ।
सत्ता परिवर्तनपिच्छे भष्ट्राचारका निम्ति नेताहरुलाई कमाइ खाने भाँडो बनेको नेपाल वायुसेवा निगम तीव्र राजनीतिक हस्तक्षेपका कारण दिनदिनै धराशायी बन्दै गइरहेको छ । २०४६ को बहुदलिय व्यवस्थाको उदयसँगै मौलाउदै गएको भष्ट्राचार र राजनीतिक दाउपेचको चरम चपेटामा परेको निगम २०५० सालमा आफुसँग चालु अवस्थामा रहेका दुइ बोइंग जहाज एयरबस किन्ने भन्दै तत्कालिन गिरिजा सरकारद्दारा कौडीको भाउमा जर्मनीलाई बेच्ने निर्णयसँगै पुर्णतया ओरालो लागेको देखिइन्छ ।
तत्कालिन समयमा रहेको ४ बोइंगबाट अन्तराष्ट्रिय उडान गरी प्रशस्त मुनाफा आर्जन गर्दै गइरहेको निगम आफ्नो २ जहाजको मात्र १२ करोडको सो बिक्रिबाटै अवनतितिर लम्केको पाइन्छ । पछिसम्म युरोपेली आकाशमा आरामसँग उडिरहेका ति दुइ जहाज कोइरालापूत्री सुजाताको विशेष संग्लनतामा बेचिएको थियो ।
कमिसनको भद्दा खेलमा बहुचर्चित काण्डहरु मच्चाएर वायुसेवा निगमलाई अहिलेको मरणासन्न अवस्थामा पुर्याउन विशेष खलपात्रको भुमिका निर्वाह गरेकी सुजाता वायुसेवा काण्डका पर्यायवाची नै हुन् भन्दा अयोक्ती नहोला । २०४९ सालको धमिजा काण्ड होस् वा २०५७ सालको लाउडा प्रकरण -पटक पटक वायुसेवासँग सम्बन्धित आर्थिक अनियमितताको विवादमा प्रायश: मुछिइरहने सुजाता यस्ता कैयन काण्ड र विवादास्पद अभिव्यक्तिका कारण सधै चर्चामा रहिरहने गरेकी छिन् ।
धमिजा काण्ड – २०४९ चैतमा भारतीय मूलका नागरीक दिनेश धमिजाको फेयर कम्पनिलाई तत्कालिन शानेवानीको टिकट युरोपभरि बेच्नको लागी तत्कालिन सरकारले एकल नियुक्त गरेको थियो । सार्वजनिक खरीद नियम विपरित विना कुनै टेण्डर गरीएको उक्त सम्झौता मात्र आर्थिक चलखेलको निम्ति भएको भन्दै विवादमा तानियो । धमिजा काण्ड नामाकरण गरीएको उक्त सम्झौता सुजाता र उनको जर्मनपति नोबर्ट जोष्टको प्रत्यक्ष सिफारिशमा भएको छापा माध्यम विशेष सुत्र बताउँछ ।
लाउडा काण्ड – २०५७ सालमा भाडामा लिइएको अष्ट्रियाको एयरलाइन्सको जहाजले निगमलाई करौडोको घाटा बोकायो । चाइना साउथ वेस्ट एयरलाइन्सको बोइंग ७५७ सिरिजको मध्यम आकारको जहाज भाडामा चलाइरहेको निगमले उक्त जहाजको समयसिमा एक बर्षको लागी बढाएकै बखत लाउडा एयरलाइन्सको बोइंग ७६७ सिरिजको ठुलो जहाज भाडामा लिइयो । पर्याप्त यात्री नभैरहेको अवस्थामा एउटा विमान हुँदाहुँदै अर्को ठुलो विमान किन ल्याइयो भनी उक्त निर्णय विवादमा पर्यो । उक्त भष्ट्राचारमा तत्कालिन प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला सहित पर्यटन तथा नागरीक मन्त्रि तारणिदत्त चटौतको प्रमुख संग्लनता रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।
गिरिजा प्रसाद कोइरालाको लाउडा निर्णय पछाडि सुजाताको विशेष हात रहेको आंशका गरिइन्छ । पूत्री सुजाताको मोहले गर्दा कांग्रेसभित्रै पनि कैयौ अलोकतान्त्रिक निर्णयहरुसम्म गर्न पुगेका कोइरालाको कान्ति यिनै त्रुटिहरुले गर्दा धमिलिएको तथ्यलाई नकार्न मिल्दैन ।
२०५६ सालको आमनिर्वाचनमा छोरी सुजातालाई टिकट नदिनु र २०५७ सालको पार्टीको पोखरा महाधिवेसनमा उनलाई केन्द्रीय सदस्य नबनाउनु आफुले जीवनमै गरेको ठुलो गल्ती भनी भारतिय लेखक डा. परमानन्दलाई दिएको अन्तर्वाताले नै उनको पूत्रीमोहलाई जगजाहेर गर्दछ । कांग्रेस पार्टीलाई परिवार बाहुल्यवाद बनाएर पहिलेदेखि आलोचित बनिरहेका गिरिजा छोरीलाई पार्टीमा स्थापित बनाउने चाहनाले थप आलोचित बन्न पुगे । आफु जिवित छदै सुजातालाई राजनीतिमा शक्तिशाली गराउन प्रयत्नरत रहेका कोइरालाको देहावसानसँगै अब उनको राजनीतिक यात्रा के होला र कुन मोडमा टुंगिएला अन्योलग्रस्त अवस्थामा छ ।
![]() |
Sujata taking oath of Deputy Prime Minister at Shital Niwas |
२०६६ सालमा प्रचण्ड सरकारको सत्ता बहिर्गमनपछि बनेको २२ दल समर्थित माधव कुमार नेपाल गठबन्धन सरकारमा सुजातालाई कांग्रेसको तर्फबाट नेतृत्व गर्दै परराष्ट्रमन्त्रि बनाइएपछि कांग्रेस आन्तरिक विवादको चरम सीमामा पुग्यो । तर आन्तरिक कलहलाई वेवास्ता गर्दै र अन्य विरोधी स्वरहरुलाई पाखा लगाउदै छोरीलाई उत्तराधिकारी बनाउने ध्याउन्नमा अन्तत: कोइराला सुजातालाई उपप्रधानमन्त्रि समेत बनाउन सक्षम हुन्छन ।
आफुलाई उपप्रधानमन्त्रि नबनाइएको झोकमा २०६६ भदौको प्रधानमन्त्रि माधव कुमार नेपालको औपचारिक भारत भ्रमण मात्र केहि समय अगाडि स्वास्थ्यको कारण देखाउँदै स्थगित गरी सुजाताले संकुचित सोचको प्रदशन गरेकी थिइन । कुटनीतिक र राजनीतिक परम्परा उल्लंघन गर्दै भारत भ्रमण बहिस्कार गर्नाले उनको तीव्र आलोचना भएको थियो तथापि विवादै विवादका बिच पनि उनको हठ र फलत: पिताको बलद्दारा नेपाल उनलाई उपप्रधानमन्त्रि बनाउन बाध्य भएका थिए ।
नेपाललाई परिस्थितिजन्य दबाब सृजना गरी उपप्रधानमन्त्री बनाउन खेलेको प्रत्यक्ष भुमिकाका कारण ६२-६३ को जनआन्दोलन पश्चात ह्वात्तै बढेको कोइरालाको छवि सुजाताकै कारण केहि धमिलिएको थियो ।
हालैको एमआरपी प्रकरणमा सुजाताको मेसिन रिडेबल पासपोर्ट भारतलाई नै छाप्न दिने हठका कारण प्रधानमन्त्री नेपालले समयसीमा तथा राजनीतिक र कुटनीतिक दबाबलाई मध्यनजर गर्दै भारतलाई मुद्रणको जिम्मा दिइएको स्पष्टिकरण दिएका छन् । समयसीमाकै कुरा गर्ने हो भने २०६६ चैत १९ (2010 April 1st) देखि पासपोर्ट मेसिन रिडेबल हुनुपर्ने भनी अन्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ)ले अन्तराष्ट्रिय मापदण्ड अनुरुपको राहदानी प्रचलनमा ल्याउन नेपाल सरकारलाई ५ बर्ष पहिले २०६१ मै पत्र पठाएको देखिइन्छ । वास्तवमा राजनीतिक र कुटनीतिक दबाबको जुन नेपालले चर्चा गरे त्यसको केन्द्रबिन्दुमा सुजाता नै रहेको स्पष्टोक्ति हुन्छ ।
पद र शक्तिकै निम्ति नेपाली राजनीतिक इतिहासमा बिना विभागीय मन्त्रि सम्म बन्नको लागि हतारिएकी काण्डै काण्डकी मलिका सुजाताको अस्तित्व पिताको अवसानसँगै अस्ताउने हो या एमआरपी झै अर्को कुनै काण्डहरुसँगै उदय हुने हो , त्यो भने भविष्यले नै निर्धारण गर्ने छ ।