विवाद र चर्चाको बिच घेरिएको गिरिजा प्रसाद कोइरालाको संक्षिप्त जिवनी

Posted: March 31, 2010 in article आहा
Tags: ,

२०४८ – २०५८ सालको राजनीतिवृतमा कोइरालाको इतिहास र चर्चित लाउडा, धमिजा काण्ड

नेपाली राजनीतिमा प्रभुत्व पार्न सफल एक परिवार हो – कोइराला परिवार । पिता कृष्ण प्रसाद कोइरालाको पालादेखिनै समाजसेवा र राजनितिमा होमिएको यो परिवार अन्तत: गिरिजा प्रसाद कोइरालाको देहवसानसँगै अन्योलग्रस्त अवस्थामा छ । उनको निधनसँगै सफल नेतृत्व वहन गर्न सक्ने उत्तराधिकारीको अभाव नेपाली काग्रेसमा सहजरुपमा खट्किएको अनुभव गर्न सकिन्छ ।

कोइराला परिवारबाट विश्वेश्वर प्रसाद ,मातृका र गिरिजा प्रसाद गरी तिन भाइ नेपाली राजनितिमा प्रधानमन्त्रिको पदभार ग्रहण गरिसकेका छन् । अझ,पिताजी कृष्णप्रसाद कोइरालाका कान्छा सुपुत्र गिरिजाप्रसाद कोइराला चार पटक सम्म प्रधानमन्त्रि भइसकेका एक अनुभवि र खारिएका नेताका रुपमा विधमान रहे ।
Daughter Sujata Koirala Lighting the funeral pyre of Girija

निरंकुश राणा शासन (२००७) , पंचायति व्यवस्था विरुद्दको संयुक्त आन्दोलन (२०४६) र राजतन्त्र विरोधी जनआन्दोलन (२०६२-६३) मा अग्रणी भुमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइराला १० बर्षे लामो जनयुद्द गरेको माओवादीलाई जनआन्दोलन २ पश्चात शान्ति प्रक्रियामा ल्याउन खेलेको महत्वपुर्ण भुमिकाबाटै एकाएक आफ्ना अतितका कैयौ विवादित लाउडा, धमिजा, महाकाली सन्धि जस्ता काण्डहरुबाट पन्छिदै अकस्मात सबैले मान्य सर्वमान्य तथा एक युगपुरुष राजनेताका रुपमा उदयमान भए ।

 

कोइरालाको जन्म (१९८१ असार १८) देखिन निधन (२०६६ चैत ७) सम्मको संक्षिप्त राजनितिक जिवनी नियाल्ने हो भने कोइरालालाई  एक  द्दण र हठी स्वभावका निडर नेताको रुपमा लिन सकिन्छ , जसको प्रमाण जिवनकालको ७ बर्षे जेल सजाय र जेलभित्रकै २१ दिने भोक हडताललाई लिन सकिन्छ ।
राणा प्रधानमन्त्रि चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाई सर्वस्वहरण सहित देश निकाला गरेपछि सम्पुर्ण कोइराला परिवार भारत निर्वासनमा रहदा ताका बि. सं. १९८१ मा भारतको बिहार राज्यमा गिरिजा प्रसाद कोइराला को जन्म भएको हो ।
People crowd to watch the funeral procession of former
Nepali Prime Minister Girija Prasad Koirala, in March 21,
2010. Koirala, a leading figure in Nepal’s transition from
monarchy to republic  had died at the age of 86 in his
daughter Sujata Koirala Home in Kathmandu,where
thousandsof supporters had gathered to see his death body.
चन्द्र शम्शेरको मृत्यु लगत्तै स्वदेश विराटनगर फिर्ती भई कोइराला परिवार पुन: राणा विरोधि अभियानमा सक्रिय हुन थाल्यो । परिवारको राजनितिक खिचावले उनको कलिलो मष्तिष्कमा राजनितिले गहिरो जरा गाडिसकेको थियो । अत्याधिक राजनितिक चासो र तत्परताकै कारण २३ बर्षकै उमेरमा विराटनगरको जुटमिलमा बि.सं. २००३ मा चर्किएको तत्कालिन मजदुर आन्दोलनको सशक्त नेतृत्व वहन गर्दै नेपाली राजनितिमा उनले  गहन प्रवेश गर्न सफल भए । तत्पश्चात दाजु विश्वेश्वर कोइरालाको पद छाप पहिल्याउदै नेपाल ट्रेड युनियनको संस्थापक अध्यक्ष , काग्रेसको मोरंग जिल्ला सभापति  हुदै बि.सं. २०३३ मा पार्टिको महामन्त्रि हुन सफल रहे । २०३९ साल साउन ६ गते वि. पी. को निधनपछि उनले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट काग्रेस पार्टिको परिचालन गरे ।
काग्रेस महामन्त्रिको पदमा रहदा २०४८ सालको जननिर्वाचित सरकारमा पहिलोपटक प्रधानमन्त्रि हुने मौका पाएका गिरिजा नेपाली इतिहासमा सर्वाधिक (२०४८, २०५४, २०५६ र २०६३ गरी ४ पटक )प्रधानमन्त्रि हुने नेता हुन् ।  २०५३ को काठमाडौको नवौं महाधिवेसनबाट काग्रेस सभापतिको रुपमा निर्वाचित भएयता उनि सोहि पदमा लगातार १३ (२०६६) वर्षसम्म निर्वाचित रहिरहे ।
लाउडा , धमिजा , टनकपुर सन्धि जस्ता विवादै विवादमा घेरिएका गिरिजा २०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्रले चालेको असंवैधानिक कदम विरुद्द संघर्षमा उत्रिएपछि लोकप्रिय बन्दै गएका हुन् । राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रि बनाए र पछि फेरि शेरबहादुरलाई पदनस्थ गरी आफु मन्त्रिमण्डलको अध्यक्ष बने । माघ १९, २०६१ मा चालिएको यहि शाहि कदम कोइराला र माओवादी नेता प्रचण्ड (पुष्पकमल दाहाल) बिच निकटता बढाउने माध्यम बन्यो । फलस्वरुप राजा ज्ञानेन्द्रले गरेको स्थानिय निकायको निर्वाचन असफल र तत्कालिन सात दल र माओवादी विच १२ बुँदे दिल्ली सम्झौता भयो । सो सम्झौतापछि भएको १९ दिने जनआन्दोलनले राजशाहीको अन्त्य , प्रतिनिधिसभाको पुन: स्थापना, अन्तरिम संविधान र अन्तरिम सरकारको गठन साथै संविधानसभाको निर्वाचन र गणतन्त्रको औपचारिक घोषणा गरायो ।
१० बर्षे लामो जनयुद्दमा रगतको होली खेलेका माओवादीलाई जनआन्दोलन -२ मा सहभागी गराई शान्ति स्थापनार्थका निम्ती आफ्नो पार्टिलाई एक साझा टेवलको रुपमा अंगिकार गरी सम्पुर्ण दलहरुलाई सहमती र सहकार्य को राजनितिमा समेट्दै एक कुशल अभिभावकको रुपमा आफुलाई चित्रण गरे बापत उनी जिवनको उत्तरार्धमा पनि नेपाली राजनिति तथा विश्व समुदायको चासोको केन्द्रबिन्दु बनिरहे ।
भनिन्छ समयले सबैलाई आफ्नो छवि सुधार्ने एक मौका दिन्छ , तर गार्हो यहाँ छ कि धेरै कमले मात्र त्यो मौकाको सदुपयोग गर्न सक्छन् । तिनै कम मध्ये  गिरिजा एक त्यस्तो व्यक्तित्व हुन् जसले सहि मौका चिनी आफ्नो बिग्रिएको  छवि सुधार्नुका  साथै नेपाली ईतिहासमा एक नौलो आयाम थप्न पनि पछि हटेनन् ।
हुन त उनि राज्यको निम्ति कुशल नभई एक कौटिल राजनिति जान्ने चतुर खेलाडि थिए – राजनितिक बिश्लेषकहरुको दावी छ । धमिजा, लाउडा, टनकपुर सन्धि साथै नातावाद , कृपावाद जस्ता कैयौ सानातिना विवादहरुबाट आफुलाई चोख्याउदै विश्व जनसमुदायको आफुप्रति हेर्ने नकारात्मक र बिग्रीएको छविलाई  जनआन्दोलन-२  पश्चात  एकाएक नाटकिय परिवर्तन ल्याई एक कुटिल राजनितिज्ञको रुपमा आफुलाई चित्रण गरे ।
हुन त चार चार पटक देशको प्रधानमन्त्रि बन्ने सौभाग्य प्राप्त गरेका यि भाग्यशाली तथा भाग्यमानी  गिरिजा प्रसाद कोइरालाले राज्यको निम्ति केहि गर्ने प्रशस्त अवसरहरु पाउँदा पाउँदै पनि के गरे भनेर सोधी हेर्ने हो भने यस युगका सर्वोच्च नेता भनी अहिले मरणोप्रान्त पगरी गुथ्न झुम्मिएका यी भवसागर भेडो भिड एक छिन सोचमग्न भने अवश्य नै रहनेछ ।
राजकीय सम्मान हेतु सजाइएको गिरिजा कोइरालाको १ नं को चिता

 

कोइरालाको शवयात्रामा निस्किएको जनसमुदायको भवसागर (सबैका हातमा काग्रेस पार्टिको झण्डा
 मात्र देखिइन्छ ,नेपालको झण्डा कतै देखिइदैन । यदि उनि राज्यको नभै एक दलको मात्र
नेता हुन् भने यस्तो राजकीय सम्मान किन ?????
गिरिजाले देशको निम्ति केहि खासै गरेको देखिदैन बाहेक माओवादीलाई दलिय धारमा ल्याउनु
 तर त्यो महानतम कार्य उनको चाहले भन्दा पनि ज्ञानेन्द्रको कु- कदम को कारणले गर्दा
भएको हो । माओवादीसँग मिल्न गइ राजतन्त्र बिरुद्द जनआन्दोलनको तयारी गर्नु बाहेक
अर्को बिकल्प नभएकोले गर्दा  दलहरु माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन
उत्साहित भए ।
हे जनसमुदायहरु गिरिजा ४/४ पटक प्रधानमन्त्री हुदा देश विकास कहाँ कहाँ के के भए ?
गिरिजा फरकै नखाइकन भन्न सकिन्छ कि उनि एक कुसल राजनितिज्ञ थिए
तर राज्यको लागि नभई आफु र आफ्ना नातेदारको लागि मात्र !!!!

 

Comments
  1. Aakar says:

    नसोचेको भिड, उनको निधन पछि देखियो !
    कोइराला को आत्मा ले शान्ति पाओस् !

    Like

  2. Basanta says:

    विश्लेषण ठाऊँमै परेको छ।

    Like

  3. Milan says:

    सहि विश्लेषण !

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s