सुचना तथा संचारको हकमा बेतारे माध्यमले पकड जमाइरहेको अवस्थामा अब तामाको तार मार्फत घरमा च्यानल हेरिने प्रवृतिलाई बिस्तारै Direct To Home (DTH) बेतारे प्रविधिले विस्थापित गर्दै जानेछ । Dec 31, 2009 मा स्याटेलाइट च्यानल प्रा. लि. ले सुचना तथा संचार मन्त्रालयबाट संचालनको अनुमति पाए लगत्तै डिटिएच प्रविधि नेपालमा औपचारिक रुपमा भित्रिएको हो ।
उपभोक्ताको घरमा सानो डिक्स एन्टेना राखेर सिधै स्याटेलाइट मार्फत च्यानल डाउनलिंक गर्न सकिने DTH पूर्णतया डिजिटल प्रविधि हो । डिजिटल प्रणाली भएकै कारण परम्परागत एनालग केवल तार भन्दा यो बेतारे (wireless) डिटिएच बढी सुविधाजनक र इकोनोमिक छ ।
अहिले Cable Company हरुले Channel Signal लाई Copper Co-axial Cable मार्फत घर-घरमा पुर्याइरहेका छन्, जुन Analog Based छ । DTH System मा भने तपाईलाई एउटा सानो Disk Antenna र Set Top Box (STB) Device प्रदान गरिनेछ जसले विना कुनै तारको झन्झट सिधै Satellite सँग सम्पर्क गरी तपाईलाई digitized signal प्रदान गर्नेछ । Data पूर्णतया Digital हुनाले Information लाई Encryption र Compression पनि गर्न सकिन्छ । Unauthorized Signal हरुले Interference गर्न नसकोस भनी Data Encryption गरिने हुँदा Information पूर्णत Noise Free, Distortion Less तथा Safe हुन्छ । Digital Data लाई चाहिएजति Compress गरी धेरै च्यानलहरुलाई Multiplex गरी एकै चोटी Transmit गर्न सकिन्छ ।
उपभोक्ताको घरमा रहेको सानो छाताले स्याटेलाइट भएर डाउनलोड गरेको डिजीटाइज्ड इनकोडेड डाटालाई डिकोड (Decode) गर्ने काम भने सँगैको सेट टप बक्सले गर्दछ । तारको कुनै झन्झट नभएको हुँदा डिटीएच प्रणाली पुर्णतया Mobile छ साथै Same Dish र STB सबै Disk Operator को लागि प्रयोगमा ल्याउन सकिन्छ ।
उत्तर अमेरिकामा Digital Broadcast Satellite (DBS) पनि भनिने DTH मुख्यतया Totally Satellite Communication भएकै कारणले Terestrial Microwave तथा Co-axial Cable पुग्न नसक्ने दुर्गम स्थानका लागि विशेष उपयोगी हुने देखिन्छ।
“इसको लगाडाला तो लाइफ झिंगेलाला” डिटीएच सेवा प्रदायक भारतीय कम्पनि टाटास्काइ भन्छ - “DTH प्रविधि जडान गर्नुहोस् र लाइफलाई पुरै मनोरञ्जक बनाउनुहोस् ” किनकि High Resolution, Better Quality Motion Picture, Stereophonic Sound System यसका विशेषताहरु हुन् ।
टेलिभिजन च्यानल क्षेत्रमा नयाँ आयाम थप्न स्याटेलाइट प्रा. लि. तथा डिस मिडिया नेटवर्क प्रा. लि. वैशाखको प्रारम्भसँगै यो प्रविधि उपभोक्तासामु ल्याउने तरखरमा छ । अन्य प्रदायकमा M-Vision (Mercantile Communication ), Telco Investment , CG- Techno Dreams (Chaudhary Group) र Marigold Entertainment रहेको छ ।
Marigold Entertainment भने Dish Media Network Pvt. Ltd. सँग Merge भैसकेको छ ।
तपाईं ले दिनु भएको यो सुचना को लागि धेरै धन्यवाद, आसा छ भबिस्य मा यहाँ ले DTH का धेरै सुचना यो ब्लग मा समाबेश गरी नेपाली को लागि निरन्तर जानकारी दिनु हुनेछ
नारायण भारद्वाज
एरिया सेल्स म्यानेजर
होम टि भी
LikeLike