अभिनेत्री झरना थापाको प्रस्तुति तथा सुनिल कुमार थापाको निर्माणमा कहलिएका मिडिया टाइकुन सुरज सुब्बा ‘नाल्बो’ द्द्वारा लिखित तथा निर्देशित ‘फेसबुक’ रिलिज भएको केहि समय पहिला (Friday September 7, 2012) नै हो । यसर्थ पनि यसको विश्लेषण त्यहि समयमा नै गरिएको भए बेश र बिशेष हुन्थ्यो तर नेपाली सिनेमा हेर्न जाँदा कपि र कलम लिई बस्ने बानि बसेकाले हलमै गएर नेपाली चलचित्र खासै हेरिन्न । डीभीडी किनेर वा कतैबाट कपि, डाउनलोड गरेर ल्यापटपमा कफी वा ग्रिन टी को चुस्कीसंगै मोनिटरको स्क्रिनमा नजर लगाउँदै यता कापीमा कलम दौडाइन्छ । अरुको त थाहा छैन तर यो कपि कलमको ट्रेन्ड म मा बसाएको नेपाली दर्शक लाटा छन् र जे नि पचाउँछन् भन्ने नेपाली चलचित्रकर्मिको ग्रसित मानसिकताले नै हो । यती कमी कमजोरी त्यो नि झारातिरुवा भेटिइन्छन् नेपाली चलचित्रमा कि सोधी हेर्न मन लाग्छ – किन र कसको लागि बन्यो बित्थामा यो चलचित्र ? आफ्नै मनोरन्जनको लागि बनाइएको हो भने मात्र एक ह्याण्डीक्याम नै इनफ हुन्थ्यो । यो ताकझाक, यत्रो खर्च कसको मनोरंजनको लागि ? दर्शकको ?? हाम्रो लागि थियो त केहि सुझबुझ नि प्रयोग गरिएको भए उत्तम हुन्थ्यो कि ???
म एक सचेत दर्शक हुँ र विश्लेषण गर्न पाउनु मेरो हक तथा अधिकारको कुरा हो ।
चलचित्र : फेसबुक
निर्माता : सुनिल कुमार थापा
प्रस्तुति : झरना थापा
लेखन तथा निर्देशन : सुरज सुब्बा नाल्बो
पात्रहरु
योदीन : स्वतन्त्र प्रताप शाह
संस्कृति : झरना थापा
बिबेक : सुवास थापा
DSP नेपाल : राजेश हमाल
हरिश मामा : सुनिल थापा
किशोर : विल्सन बिक्रम राई
कमजोरी क्रमैसँग
१) कतिपय स्थानमा पात्रहरु यसरि बोल्छन् मानौ उनीहरु डमी हुन्, सचेतना छैन, चलायमान हुन सक्दैनन्, मात्र ओठ चलाउने अनुमति छ ।
२) योदीन र संस्कृति बीच माया देखाउन ‘love you’ र ‘miss you’ को अति नै रट लगाइन्छ । यी दुई शब्द तथा हल्का मायाप्रीतीका बाहेक उनीहरु अन्य केहि गफ नै गर्दैनन् वा गर्न रोक लाइएको छ किनकि कथाले माग्दैन ।
३) योदीनको एक्टिंग अति नै ज्यादा छ, सन्तुलनमा राख्न नसक्नु – कमजोरी । पार्क गरेको कार साइड लाउन जाँदा नि पुरै हिरो स्ट्याइलमा हिड्नु – एक उदाहरण । *Major
४) योदिनको अपहरण पश्चात हरिश मामालाई शंकाको घेरामा ल्याउन दशचोटी पसिना पुछेको देखाउनु अति नै वाहियात ।
५) ८० करोडसम्म ऋण उठाएको हरिश मामा एक बिजनेसम्यान हो । ठुला ठुला बात तथा ऋण नि शान्त भइ सम्हालेको हरिश मामा मात्र दर्शक झुक्याउँन तथा केहि सस्पेन्स थप्न आफ्नै भान्जा योदिनको अपहरणको बात लाग्दा (त्यो नि झुटो) आफ्नो होशहवास हराउँछ र छिन छिनमा नर्भस देखिइन्छ ।
६) उता किशोर घाँटीमा योदीनले हानेको काँटा अड्केर रगताम्म भइ छटपटि रहेको छ तर यता बिबेक तथा अन्य फिल्मी स्ट्याइलमा आफ्नो इन्ट्रोडक्सन तथा लेक्चर दिन पछि पर्दैनन् ।
७) फाल्तु मनोरंजन दिने हेतुले होला शायद योदिनको हात मात्र बाँधिएको छ अरु नाइँ ताकी उ केहि गरि हात खोल्न सफल होस् र केहि मिनटको अपहरणकारिहरुसँगको मुक्कामुक्कीको द्वन्द दर्शन लाभ दर्शकले लिन सकुन ।
८) नेपाली साहित्यमा नोबेल लेख्न खोज्ने योदीन बोली, लवज वा कुनै कोणबाट केहि अंश नि साहित्यिक छविको एक रत्ति नि देखिइन्न वा भान हुन्न । एक नोबेल छापिइन्छ अन्तिममा – साहित्य उसमा अकस्मातै टुप्लुक्क टुपुल्किई ।
९) अपहरणकारिहरुको ७ जनाको टिम छ – प्रायश: सबैले एक अर्कालाई भर्खरै चिनेका र पनि यिनीहरुको पैसा हिनामिना हुन्न भन्ने एक अर्काप्रतिको विश्वास हाँस-उठ्दो दरिलो छ किनकि फिल्मभरि एकले अर्कोलाई पैसा हत्याउँछ कि भनी अविश्वास नै गर्दैनन् जुन कि अरु क्राईम बेस्ड मुविमा राम्ररी देखाइएको हुन्छ र यो अविश्वास जायज नि हो ।
१०) संस्कृतिको बिहे योदीनसँग हुने छाँटकाँट छ कुनै बाधा अवरोध बिना, करोडौकी मालकिन हुन गईरहेकी छ बिहे पश्चात र नि योदिनको अपहरण मात्र केहि करोडको लागि किन ?? योदीनसँगको कुनै बदला या बिबेकसँगको प्रेमको कारण भनौ त न कुनै रिसिबी न बिबेक, संस्कृति प्रेममा रहेको नै देखाउँछ सिनेमा । त योदिनको अपहरण हवातालमा किन (संस्कृति पोइन्ट अफ भ्यु) ??? *Major
११) जति फिलिममा गिनिचुनी पात्रहरु छन् त्यति नै पुरै शहरमा छन् किनकि यी पात्रहरु भन्दा बाहेक शहर तथा समाजका अन्य बासिन्दाहरु देखाईएकै छैन । पशुपतिमा होस् वा दरबारमार्गमा फिलिमका पात्रहरु देखाइंदा शहरका बासिन्दा पुरै गायबै हुन्छन् ।
१२) फिलिमका पात्रभन्दा बाहेकका शहरका अन्य बाहिरी बासिन्दाले अवरोध पुर्याउँछन् भनेर होला शायद जहाँकहिँ पब्लिक प्लेसमा सुटिंग गरिइन्छ त्यो ठाउँ पुरै खाली गराइन्छ, सर्टरहरु बन्द गराइन्छ र मात्र फिलिमका बिशेष पात्रहरु क्यामरामा क्याप्चर गरिइन्छ । सुटिंग स्थल वरपरकै साधारण व्यक्तिहरुलाई पन्छाई पब्लिक स्थल पनि मात्र एक सुटिंग स्थल बनाउनु (सफापनको लागि होला शायद) – कमजोरी ।
१३) सिद्धार्थको बाबाले आत्महत्या गरेको भन्छ कथा तर लाशलाई यसरि देखाइन्छ मानौ कसैले हत्या गरेर फ्यालेको हो ।
१४) किशोरको घाँटीको घाउले उसलाई किस्ताबन्दीमा पिरोल्छ, कहिले बस्ने नसक्ने गरी पिरोल्छ त कहिले बन्दुक ताकी फाइट खेल्न अनुमति दिन्छ ।
१५) संस्कृतिले आफ्नो फ्ल्यासब्याक भन्दै जाँदा फ्री एजुकेसन सेन्टर खोलेको ७ महिना पछि कालोमोसो दलिएको भनिएको छ तर दल्नेहरुको जत्था ७ महिना पछि नि एउटै गेट अप मा देखिइन्छन् ।
१६) अपहरणकारीले प्रयोगमा ल्याएको याहु इमेल एड्रेसबाट पत्ता लागेको नाम र ठेगाना उमेश कार्की, सुकुम्बासी बस्ति सिनामंगल भनिइन्छ । DSP को गाडी नि ठुला ठुला ढुंगा राखी टिनको छाना उड्नबाट बचाइएको पुरापुर सुकुम्बासी बस्ति हुदै हुइंकिन्छ तर उमेश कार्कीको घरमा भने उसका बा-आमा महंगा सुनमा देखिइन्छन् । महँगा सुनमा देखाउनु थियो त सुकुम्बासी बस्ति भनियो किन ? सुकुम्बासी बस्ति भनिए पछि त्यस्तै प्रकारको घर देखाइएन किन ? महँगो सामान र महँगा चिजबिजले सिनेमा उत्कृस्ठ हुन्छ भन्ने ठान्नु दरिद्र मानसिकता ।
१७) केहि आइटी प्रोफेसनलहरुसँग कुरा गरी हेर्दा र मेरै आफ्नो नोलेजको बलबुताले भ्याएसम्म कुनै पनि इमेल आइडी (याहु, जिमेल, हटमेल आदि) को मद्दतबाट त्यो आइडी अहिले कुन ठाउँबाट चलिरहेको छ त्यो मात्र थाहा हुन सक्छ, आइपी र आइसपीको थ्रु बाट । लाजिम्पाटबाट कलंकी गई चलाएमा यता ट्रेस लोकेसन नि लाजिम्पाट बाट कलंकी सिफ्ट भो भन्ने सम्म थाहा हुन आउँछ । कुनै पनि इमेल आइडीबाट युजरको पुरै विवरण र घरनै पत्ता लाउन सकिनु केहि सुझबुझ प्रयोग नगरी टेक्नोलोजी हो भन्दैमा जे नि सम्भव छ भन्ने लेखकीय एक भद्दा सोच । *Major
१८) शुरुदेखि हरिश मामालाई शंकाको घेरामा राखिरहेको DSP नेपाल फिल्मको अन्त्यतिर आउँदा हरिश मामालाई इनभेष्टिगेट गर्न छोडी र उसलाई चटक्कै बिर्सी संस्कृतिको पछि लाग्छ । संस्कृतिको मात्र लुकिछिपी फोटो खिच्न गुप्तचर खटाउँछ, हरिश मामाको जासुसी गरिएको छैन । के आधारमा हरिश शंकाको घेराबाट बाहिरी संस्कृति भित्रिएकी हो ? फिल्म बेखबर छ ।
१९) फिल्मको क्लाइमेसमा सधै रोईरहने हिरोइनमा फुलनदेवी, झांसीकी रानी आदिको आत्माले बास बस्छ, साथै कुटाइको लोदबाट लखतरान र रगताम्मे भएको योदीनमा आर्नोल्ड स्वाजनेगरको अवतार देखापर्छ । दुईले अपहरणकारी यसरी धुन्छन् मानौ कुट्न धेरै नै सजिलो छ – मात्र स्वाश फेरे जस्तो । बेहोसीको हालमा नि सास फेरे झैँ थाहै नपाई कुट्न सकिन्छ ।
If You Liked the above Article/Review then Plz like the Facebook Page of this Blog ‘Ametya‘ – for the next post.
२०) अन्त्यमा – फिलिम Suspense मा आधारित हो तर माथिको Poster (फिलिम Release हुनुभन्दा पहिलेको) नियाली हेर्नुस । Movie हेर्नुभन्दा पहिले नै Suspense Reveal हुन्छ – केटीको हातमा पिस्तोल …. र केटी यो Movie मा संस्कृतिमात्र छे !!