‘जय हो’ सिनेमाले खासै उत्साहजनक व्यापार नगरेपनि सलमान खानको यो चलचित्र उनका अघिल्ला केहि चलचित्र जस्तै ‘बडिगार्ड’ भन्दा अति नै स्तरिय लाग्यो। निर्देशकिय पक्ष केहि कमजोर साबित भए तर नयाँ अव-धारणा र श-शक्तिकरणको मध्धेनजर यो चलचित्र मनमा छाप छोड्ने प्रकारको छ। कसैले तिमीलाई सहयोग गरे ३ अन्य व्यक्तिलाई सहयोग गरी ‘हेल्पिंग ह्यान्ड’ को एउटा श्रंखला बनाउने विचार विचारयोग्य छ तर हेल्पको हरिबिजोग ताल देख्दा फेरी होस् – सहयोग गरेर के नै तीर मारियो भनी मन त्यसै अतास हुनपुग्छ।
कलियुगमा मानिसको जात न बुद्ध थ्यो, न छ, न हुने नै छ। निस्वार्थ भावले सहयोग गर्न मानिस जातको मन मान्दैन। स्वार्थी मनले सहयोग गरिएको व्यक्तिबाट पछि पनि सहयोगको आश गरेकै हुन्छ, धेरै केहि नभए नि कम्तिमा ‘धन्यवाद’ त सुन्न खोज्छ नै। यो प्रत्येक सहयोगी हात फैलाउने अन्तरमनको कटु यथार्थ हो।
कुरा केहि महिना पहिलेको हो। फेसबुक यत्तिकै चहारी हेर्दै जाँदा एक पत्रकारको पेजमा गई रुके। बलात्कारी र अवैध तथा अनैतिक उधोगधन्दामा संग्लन रहेको परिचय दिइएको उक्त प्रोफाइल देखेपछि सम्बन्धित पत्रकारलाई खोज गरी उनको रियल एकाउन्टमा म्यासेज तथा उक्त पेज लिंक पठाए।त्यतिले चित्त नबुझी अर्का एक पत्रकार जो मेरो फेसबुकमा आबद्ध थिए उनलाई यस्तो फेला पारियो, उहाँलाई कृपया जानकारी दिनुहोला भनी कुरा गरे। आफ्नो बारेमा त्यस्तो गलत प्रचारबाजी गरिएकोमा उनि अनभिज्ञ रहेछन्,पछि आफ्नो फेसबुक वालमा आफ्ना अन्य साथीहरुलाई यसबारेमा सार्वजनिक जानकारी गराई प्रहरी रिपोर्ट गरिएको लेखे तर मेरो म्यासेज बक्समा एउटा ‘थ्यांक यु’ शब्द सम्म आएन न त केही रिप्ल्याई नै आयो। ति व्यक्ति …………….का पत्रकार – ………..थिए।
हुन त सहयोग त्यत्रो ठुलो थिएन। मैले जानकारी नगराए अन्य कसैले गराउथ्यो। ढिलोचाँडो उनि आफ्नो फेक फेसबुक प्रोफाइलको बारेमा चाल पाउने नै थिए।तर कम्तिमा ‘धन्यवाद’ सम्म नभन्ने हाम्रो आचरणले अन्य कसैलाई सहयोग गर्नुपर्दाको अवस्थामा सहयोगीको मनोबल बढाईदेला त ?? सहयोग गरुम न त भन्ने भावना जागृत गराउँदै जाला त ?? वा धन्यवाद सम्म नआउने भएपछि आ-होस् र मेरो सरोकारको बिषय हैन भन्ने परिपाटीको विकास हुदै जाला ???
त्यसैगरि फेरी नागरिकन्युजका एक अर्का पत्रकार मोबाइल हराउन पुग्छन्, हराएको मोबाइल सम्झी नानाभाती पत्रिकामा लेख्न पनि भ्याउँछन् तर जुन महिलाले उनलाई इमान्दारिताका साथ भेटाएको मोबाइल फिर्ता गरिदिइन उनको नाम त के कम्तिमा ‘धन्यवाद’ को एक पङ्क्ति सम्म कोर्न सकेनन्। ति पत्रकार – ……………. थिए।
इमान्दारिता र सहयोगी भावनालाई यदी बुद्धुपनसँग दाँजी हेरी एउटा ‘धन्यवाद’ सम्म टक्र्याउन नेपाली समाज लजाएको हो भने अबका दिनमा हात फैलाई उभिएको सहयोगी बुद्धुभन्दा हात बाँधी बसेका सभ्य भनाउँदा स्वार्थी इमान्दारहरुको जमात बढ्दै जानेमा दुईमत नहोला।