यो blogger ले के गुमायो ?

Posted: December 25, 2007 in बेतुके blog

यो blogger ले के गुमायो ? गुमाउन त हरेक blogger ले केही न केही त गुमाएकै हुन्छन्, भन्दैनन मात्र । निद्रा भन्नुहोला, ३-४ दिन आफुले पनि गुमाइयो । खानपिन, साथी सर्कल आदि इत्यादी, अनी हरेकले झै औसत ब्यक्तिको दर्जा पनि ।

“लौ हेर मेरो छोरो बौलायो कि क्या हो ? के लेखेको यो नाँनाभाती ?” हुन त यो वाक्य हाँसेरै आफ्नै छोरोलाई भन्नुभाको हो ममीले तर पनि एक नर्मल ब्यक्तिको पद गुमाएझै आभाष हुन्छ ।

मैले यो बेतुके ब्लगमा राख्न खोजेको उपल्लो कुरो हुँदै हैन । केही चिज म बाट झर्दैछ , मात्र शब्द हैन, कालो कालो लामो अहिले टुक्रा टुक्रा भइ । मैले उसलाई यसरी गुमाइरहँदा पनि केही गर्न नसक्ने कस्तो लाछे म ? छि ! धिक्कार छ म मा ।

“यताको पनि गएछ, अनी उताको पनि गएछ” टाउको मुसार्दै ममीले यि भनिरहँदा सिरकले गुटुमुटु भइ भक्कानिएर रोउँ झै लागेको थियो । …….लाई मन पराउन(अब मन पराउनुलाई अर्कै अर्थमा राखी सोच्नुहुन्छ भने म के नै गर्न सक्छु र ?) थालेको मेरो टाउकोले यसरी थाहै नपाई अनुपम खेरलाई पनि अङिकार गर्नेछ भन्ने थाहा भएको भए त आ!…. भनेर टारिइन्थो होला तर यथार्थलाई यसरी आ! भनेर टार्दैमा टारिन्न क्यार ?

अदुवा कुटेर नलाको पनि हैन, आफ्नो प्यारो कपाल बचाउन । एक दुई दिनको मन शान्ती मात्र हो । सुन्दैछु, उँटको पिशाब लगाए केही रोकथाम हुन्छ अरे, अब यो उँटै नदेखेको म बुबुरोले उँटको पिशाब कहाँबाट ल्याउने ?

Comments
  1. आकार says:

    0NE OF THE BEST BLOG THAT I’VE EVER SEEN………..KEEP THIS SPIRIT………बेतुक को गफ भएपनि लेखाइ राम्रो छ ।

    Like

  2. speed says:

    Tara esari sochum na ta ……. terto tauko ko kesh gumayera yo blogger ley key payo??????

    Like

  3. ametya says:

    तपाईंले मैले झै गुमाउनु भो कि भएन स्पीड जी ? आफ्नु त चारकोषे अब दुइकोषे हुँदै छ …बेकारमा blogger भैइएछ कि क्या हो ? नभको भए कपाल त बच्थ्यो होला है ?

    Like

  4. aAkaR says:

    ke ho ametya ji……sari chinta linu bhaechha ta ?..

    Like

  5. ametya says:

    hijo samma bhai bhanne keti haru ahile dai bhancha thale ani chinta hudaina ta aakar ji ?

    Like

  6. speed says:

    dhanna uncle chain bhanenachaan …..

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.