मात्र एक शब्द त हो नि भनी एकछिन ल जस्तो बहाना प्रयोग गर्दै हुनुहुन्छ भने कतै हराएका कालेका बाबु खोज्दै जंगल पसेकी कालेकी आमा आँफै हराएको कथा त दोहराउदै हुनुहुन्न ? बडो बिचित्र जस्तो छ ‘म’, आफ्नो भएर पनि पराइको जस्तो हुने, फेरी कहिले ज्यादा माया दिएर म्वाइ खाँदा पुल्पुलिएर कसैलाई मान्छै नठान्ने ।
‘म’ को वरिपरी म यसरी घुम्ने थिइन होला जबसम्म एउटा प्रश्नले केही भन्न खोजेझै महसुस भयो । ‘जिन्दगीमा साथी बनाउनु पर्दा कसलाई बनाउनुहुन्छ’ यस्ता प्रश्न म अरुलाई सोधेर धुरुक्क पार्थे तर अहिले म उत्तरदाताको रुपमा उभिएको थिए । चानचुने प्रश्न त पक्कै हैन भनी उत्तर दिए ‘समय’ । ‘ ‘म’ लाई साथी नै नबनाई समय कसरी साथी हुन्छ नि !’ यस्ता उत्तरले मलाई सुत्न दिदैनन् , तर चाहेर पनि म यिनिहरुलाई घ्रिणा गर्न सक्दिन ।
के छैन यो एक ‘म’ मा र के गर्न सक्दैन यो ? एक ‘म’ ले चाहेमा ईतिहास नै पल्टन सक्छ, त्यति शक्ती छ यस ‘म’ मा । एक ‘म’ बाट शुरु भै हजारौं ‘म’ सम्म आइपुग्दा कैयौको ‘म’ ले एकछिनमै हावा खान्छ । अनि, यती गहकिलो शब्द ‘म’ लाई वास्ता नगरी कैयौं ब्यक्ती लागुपदार्थ, दुर्व्यसनी, देहव्यापार आदिमा किन छन् ? कि वा ज्यादा ‘म’ सोचेर हो ?
जति पनि भिड बटुलिएका छन् सब यै ‘म’ ले हैन ? मेरो दाजु, मेरो साथी आदि आदि तर कहिलेकाही मेरोको हुलमुलमा ‘म’ सँग हात छुटिइन्छ, अनी हुन्छ त केवल मेरोको सेरोफेरोमा एक्लो ब्यक्ती । कहिले ‘म’ लाई बुझ्न नसकी मान्छे आत्महत्यासम्म पुग्छ त कहिले ‘म’ लाई मनन गरी चन्द्रमामा पाइला टेक्न पनि भ्याउँछ, त फेरी कहिले ‘म’ लाई ज्यादा महत्व दिदा मात्र ‘म’ मा सिमटिएका कैयौं घटना पनि देख्न मिल्छ । यो ‘म’ लाई कती सम्म लिने त ? ज्यादा लिउँ त हावी भैदेर “मै लाउँ, मै खाँउ” को माला जप्ला, अनी फेरी ‘म’ लाई त्यती वास्ता नगरु त “मलाई यो जिन्दगीले कहाँ पुर्यायो” भन्दै जिन्दगीलाई सराप्नु पर्ने बाध्यता बन्ला ।
अब साथी बनाउने कि नबनाउने त ? ‘म’ को सामिप्यता नपाएर कैयौं ब्यक्ती भौतारिएका छन् । ‘म के हुँ’ भन्ने नबुझी केही खोज्दै छन् कोही, तर ‘म’ लाई कस्ले खोज्ने ? उत्तरसँग ठ्याक्कै सहमत भैपनी हाल्ने अनी विमती पनि गरिहाल्ने कस्तो प्रश्न हो यो ? मैले मनमनै ति प्रश्नदातासँग रिस पोखे । ‘म’ लाई साथी बनाउँला तर धोका खाइयो भने ? ‘म’ सँग म यती नजिकिए कि मेरोलाई बिर्सिए भने ? ‘म’ को संगतले म बहकिए भने ? यस्ता प्रश्नलाई केलाइरहँदा दिमागको एउटा पाटो भन्दै थियो “तर जती पनि मेरो छन्, यदी ब्यक्तिले ‘म’ नसोचिदिने हो भने मेरो पनि पाखा लाग्छन् किनकी ‘म’ नसोची ब्यक्ती ब्यक्ती बन्न गार्है पर्छ ।”( ‘म’ मात्र भन्न खोजिएको हैन )
यो सानो फुच्चे ‘म’ मा पनि यती गुत्थी छन् भनेर किन कल्पना गर्न सकिएन ? “ल ! ‘म’ लाई साथी बनाउँदा फाइदा,वेफाइदा दुवै छन् तर आमा बनाए के होला नि ?” अगिदेखी केही नबोली चुपचाप रहेको दिमागको अर्को पाटोले भ्याट्ट भन्यो ” ‘म’ लाई साथीको नभै आमाको उत्तरदायित्व दिए….?”
आमा शिशुलाई हुर्काउँछिन, खयाल गर्छिन, कहिले नि कुभलो चिताउन्नन । ‘म’ साथीको संगतले ब्यक्ती बहकाउ खान सक्छ तर ‘म’ आमाको ममताले बहकिएकोलाई पनि सहि बाटोमा हिडाउन सक्छ । आमा शिशुलाई माया गर्छिन र नियन्त्रण पनि । यसर्थ ‘म’ लाई आमा र ब्यक्तिलाई शिशु ठाने, ‘म’ ले शिशु हुर्काउने थियो कि ? यसरी घोत्लिदा घोत्लिदा कपाल झर्न थालेको मेरो प्रस्नै प्रश्नको भकारीबाट एउटा प्रश्न फेरी झरेको छ
” ब्यक्ती र ‘म’ बीचको सम्बन्ध साथीत्व र मात्रित्वमा कुन ठीक ?”
malai ni yo ma ley kaam dukha chain diyeko bhanna mildinaa ………. manchey ley yo ma bhanni chij lai bujhna sakyo bhaney sansar nai bujhchaa bhanchaa …….. aba sansar bujhna kina sajilo hunthyo ra????????
LikeLike