चंडिगढका पंजाबी

Posted: December 20, 2007 in Travel Tour
Tags:

२०६२ कार्तिक १ गतेतिर प्रस्थान गरिएको भारत भ्रमणका यादहरु यसरी (२०६४ सालमा) शब्द शब्दमा पोखिएलान् भनेर कल्पना त गरिएको थिएन तर लेख्ने धुन चढेपछी टाढा गएका स्‍मृतिहरुलाई पनि तान्न सकिदोरहेछ । Engineering College का बिद्यार्थीलाई चढेको India Tour को चस्का चस्कै मात्र रहने हो कि भनी सार्‍हो डर लागेको थियो तर च्यारिटी शो, चन्दा  जम्मा आदी गरेरै भए पनि वास्तविकतालाई छोएरै छाडियो ।

बसै बसमा घुमेर मात्र कुनै ठाउँको मजा त के लिन सकिन्थो, र पनि मुख्य मुख्य ठाउँमा पुगेर दिल्लीलाई बुझ्ने प्रयास गरियो-बिरला मन्दिर, संसद भावना भवन, कुंतुब मिनार, लोटस टेम्पल, राजघाट आदि प्रमुख स्थल रहे । दिल्लीको मेट्रो ट्रेन चढ्न हानिएका हामी केटाहरु स्टेशनको लिफ्टमा झन्डै झन्डै १५ मिनेट जती तलमाथि, माथितल गर्दै रमाइरहँदा म सोच्दै थिए, रमाउन मात्र चिज चाहिने रहेछ-सानो होस् वा ठुलो ।”दिल्ली आएर पनि जानु हुन्न दाजु त्यता” लज फर्कदा चढेको रिक्शावालाले भन्यो । “हामीलाई त्यस्तै केटा देख्नु भो कि क्या हो ?” साथी अमर जङियो , म चाँही ‘त्यता’ को माने खोज्दै थिए त्यतिबेला । ( यो ‘म’ पात्र अली ढिलो बुझ्छ,क्यार )

बाटोमा थुक्न पनि लाज लाग्ने (त्यती सफा र ब्यवस्थित) चंडिगढका यादहरुले बेला बेलामा दस्तक दिइरहन्छन् ।सेक्टर अनुसार,१३ नम्बर अशुभ ठानी १३ सेक्टर छैन, छुट्ट्याइएको चंडिगढमा मुख्यत शिख समुदाय (पंजाबी) हरुको बास छ । मात्र दुई दिन बसिएको चंडिगढबाट फर्कदा दुई पोका यादहरुसाथै ब्यागभित्र कतिखेर छिरेछन्, थाहै पाइएन ।

बस्ने ठाउँ खोज्दै भौतारिएका हामी युवालाई एक अभिभावक झै छलफल गरी बस्ने उपयुक्त ठाउँको बारेमा सल्लाह्,सुझाव मात्र नभै २६,२६ जनाको लाठे टिमलाई चिया पनि खुवाउने ति अधवैशे पंजाबी पुरुष (नाम बिर्सें) लाई कसरी बिर्सिने ? अहिले पनि म सोच्छु,हामीले एक असल ब्यक्तिलाई त्यो दिन भेट्टाएका थियौं या सरदर पंजाबी यस्तै हुन्छन् ? ” तिमीहरु बिर्सने छौ ” ति महानुभाव भन्दै थिए । नेपाल फर्कने बेलामा हामी तपाईंलाई एकपल्ट यो पार्कमा भेट्नेछौ, बिर्सिन्नौं, हामीले प्रण त गर्यौ तर हुलमुलमा हामीले बिर्सेंरै छाड्यौ । तर उनी त्यो दिन बिर्सिएर पनि बिर्सिएनन्,  अहिलेसम्म ताजै रहेछन्, चाल पाँइदैछ ।

शान्त,हल्का कलर तथा लगभग एकै डिजाइनमा सजिएका घर, प्राय: हरेक घरमा फेरी कार, सिधा र फराकिला पेटियुक्त बाटाहरु, चौमुखा र आकर्षक चोकहरु, सबले भनिरहेका थिए

‘यो चंडिगढ हो बच्चु, योजनाबद्ध र ब्यवस्थित शहर’ – साँच्ची ! भारतिय अनुहार नभेटिने भए त भारतमा छु भन्ने आभाष नै नहुने, कती शान्त र स्थिर अनी कती चहकिलो र  मनमोहक ।

ति भद्र पुरुषसँग त बातचित गरियो, उनको बोलीले तान्यो तर यि युवा को मात्र खुवाइको शैलीले एक टक बनायो । बबी बुट्टे सर्टमा रहेका एक युवा नान(एक प्रकारको रोटी) निकै शालिन र सभ्य प्रकारले टोड्दै थिए, मानौं नानको दुखाइलाई महसुस गर्थे उनी । पत्रकार थिइयो त उसँग बोल्ने बहाना चुकाइन्न थियो होला, अहिले सम्झनाका एक दुई परेली झिम्काइ मात्र छन् मसँग ।

सुकुना लेकमा बोटिङ र चाउमिनको मजा लिइरहेका केटाहरुलाई एकछिनमै टाटुले आकर्षित गर्‍यो – एक केटी बिभिन्न चित्र लिएर मानिसको शरीरमा टाटु बनाउँदै थिइन् ।

“ओइ केटा हो ! छातिमा पनि बनाउन मिल्छ ?” साथी प्रविन उत्साहित हुँदै थियो ।

“छातीमा त मिल्दैन दाजु, मुहार, पाखुरा, खुट्टातिर मात्रै हो” ति केटी नेपाली जान्दिरैछिन् । लाजले रातोपिरो भएको मेरो साथीले नेपालको झन्डा बनाएको थियो आफ्नो निधारमा । कसैले म्यारिजोनाको पात, प्लस चिन्ह त कसैले के । आफ्नै साथी हुन् कि बिदेशबाट झरेका ट्याटुरे,  छुट्याउनै गार्‍हो ।

यि त भए ब्यवहार र शालिनतामा पोख्त भएका दुई पंजाबीसँगको आँखा जुधाइ, अब यि अर्का पंजाबी भेटिए तिनलाई के भन्ने ? रेस्टुरेन्टमा रमाइलो गर्न हिंडेको बखत भेटिएका ति पंजाबी, जो हल्का मातमा पनि थिए, मेरो साथी शुशिलको भेष्ट किन्न खोज्दै थिए- भेष्टमा लेखिएको थियो ‘ I hate myself I want to die ‘

उनले भारु १६०० को आफ्नो सर्ट त्यो भेस्टसँग साटेनन् मात्र कि त्यहाँको बिल पनि तिरिदिए । मात्र ति पंजाबी भावुक थिए वा हरेक पंजाबीका अन्तरकुन कुनामा लुकेको भावुकतालाई हामीमाझ देखाउँदै थिए ? शायद, हरेक ब्यक्तिको भावुकपनलाई पो प्रतिनिधित्व गर्दै थिए कि ? त्यो भेस्ट लिएर उनले के संतुष्ठी पाए त्यो महसुस गर्न पाए हुन्थो भन्ने लागिरहेको थियो तर सोध्ने आँट कस्को ? तर, उनलाई पक्कै केही चोट परेको हुनुपर्थो, शायद ।

चंडिगढलाई सम्झदै जाँदा रक गार्डेनलाई त छुटाउनै भएन नि । यहाँ त साथी मनिष-राजा, म-मन्त्री र जावेद-सिपाही भएका थियौं, एक musical chair program मा (के कस्तो राजनीति गरी मन्त्री भइया थ्यो त्यो मलाई नै थाहा छ)। पुरस्कारबापत थैलिमा पैसा पनि पाएका थियौं हामीले, साथीहरुले के गरे कुन्नी, मसँग चै त्यो थैली अझै छदैछ ।

Comments
  1. aAkaR says:

    Engineering College का बिद्यार्थीलाई चढेको India Tour ……..tour chain dami nai bhaechha hai..

    Like

  2. ametya says:

    दामी त ठिकै भको हो आकार जी, बल्ल बल्ल मोटाएको म चै स्वाट्टै दुब्लाएछु….I think there is always loss in my some gaining…..for eg. in india tour i lost my weight and in blogging i am lossing my hair…

    Like

  3. speed says:

    esari kapal jhareko dosh purai blogging lai dinu bhayena ni ……….

    If blogging made people bald then bloggers like navin and akar should not have a single hair ………..

    Like

  4. ametya says:

    Each blogger do some loss, हरेक ब्लग्गरले केही न केही गुमाएकै हुन्छन्, भन्दैनन मात्र.. Navin ji, Aakar ji, and of course तपाईंले पनि केही न केही पक्कै गुमाएकै हुनु पर्छ speed जी, एक चोटि आँफैलाई सोधी हेर्नुस् त ? I think it’s not hair but must be something…..

    Like

  5. speed says:

    I never think that way . Edi manchey ley gumayeko kura ko chinta garchaa bhaney tyo manchey depression ko sikar hunchaa . So i have always in my life tried to look at what i have rather than what i dont have.

    Humnn feri tyo kapal jharnu ko karan blogging nai bhanni ni sure chinna ni😉

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s