श्वेतबानु – एक जल तरंग

Posted: June 7, 2009 in कविता कुण्ड

A poem created for blog श्वेतबानु

श्वेत पत्र पत्र
भावनासँगको अन्तर्द्वन्द
सङ्लो मनको सजिव चित्रण
श्वेतबानु – एक जल तरंग

एक एहसास
मात्र जिन्दगीको
हरदम हरक्षण
स्पर्श छ – कोमल मनको

थिर आवाज, अस्थिर छ कम्पन
श्वेतबानु – एक जल दर्पण

Comments
  1. आकार says:

    simply wonderful…
    🙂

    Like

  2. Sweta Baniya says:

    Thank you so much for the poem…
    Its really wonderful….
    I am so happy….that you wrote a poem for me…. ; )

    Like

  3. Basanta says:

    वाह! क्या मिठो कविता अमेत्यको! मनलाई एकदम तरंगित पार्दिन्छ। बधाई अमेत्य यो सृजनाको लागि!
    र बधाई जल तरंग श्वेतालाई पनि!

    Like

  4. एकदम राम्रो !!! सरल अनि मिठो पनि !!

    Like

  5. Milan says:

    wonderful/ मिठो त पक्का हो तर आकारजी र प्रवेशजीले यसलाई simply / सरल चाहिं किन लेख्नु भएको होला कुन्नि !!!

    मेरो लागि यो ,

    बुझ्नै गाह्रो कविता,
    प्रतिकृया हेर्दा कसैलाई केहि भन्न खोजे झैं लाग्ने कविता,
    अन्त्यानुप्रास बिहिन कविता,
    तर पनि सुन्दर कविता

    Like

  6. Dhaiba says:

    कविता त कविता, तर कता-कता अकविता जस्तो ! र पनि के सत्य हो भने पढ्दाखेरि सास्ती भोग्नुपर्दैन । श्‍वेतबानु, श्‍वेताजीको परिचयगत नवीनतालाई यसरी काव्यिकतामा ढालेको चाहिँ कलात्मक छ । थिर आवाज, अस्थिर छ कम्पन – सग्लो चित्रण यतिमै भेटिन्छ ।

    अनि ‘एहसास’ जस्तो शब्द हामीले नेपालीमा नचलाएकै राम्रो हो कि अमेत्य जी ।

    अमेत्य जीको ब्लगमा मेरो पहिलो खुड्किलो । अभिवादन है !

    Like

  7. prakash says:

    Really a wonderful poem …not simply nice but is nice simply…really appreciate and respect ur articles and poems..nice job..keep on doing this …

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.