Archive for the ‘movie मन्थन’ Category

I think, It won’t be an exaggerated thing if I say it is the best performance ofsonam20kapoor_3 Sonam Kapoor till the date. And, In fact, her physical along with facial appearance is somehow matching with the original character Neerja Bhanot, is a plus point too for her.

Neerja, an air-hostess, did the best in terms of humanity and her responsibility when she along with her entire crew plus passengers were in a terrible condition of hijacking by some terrorists. And this movie via showing her such courageous act, is trying to portray the meaning of being human, focusing more on being a responsible human. (more…)

Audience in Movies

बुढी औंला सानो भएरै होला शायद हामी अधिकांश दर्शकको औंला लम्बाईमा लामो कि त चोर कि त सिधै माझी औंला उठाउन सजिलो ठानिदिन्छौ – कुनै पनि नेपाली चलचित्र हेरे पश्चात। हुन त नेपाली चलचित्र उधोग नहेरी गालि गर्नुभन्दा हेरेर ताली बजाउनुस भन्छ तर हेरेपश्चात नि गालिमात्र हैन निर्देशकलाई कोट्याई कोट्याई हेर्दा लागेको पैसा र समय दुवै फिर्ता मागौ कि झैँ सोचमग्न बनाउँछन् – त्यतिसम्मको बेकम्फुसे बनाइएका हुन्छन्। निर्देशकले कमजोर दृश्य पस्कनु र दर्शकले आलोचना गर्नु एक तरिकाको दोहोरी नै भैसकेको परिपेक्षमा राम्रा चलचित्रलाई पनि दर्शकले आफ्नो साँघुरो मानसिकताबाट कमजोरी मात्र इगिंत गरी निर्देशकीय प्रशंशामा अनुदार बनिदिनु एक बिडम्बना बनिदिएको छ। प्रसंग – किम्फको डम्बरे लघु चलचित्र हुँदै मुख्यधारका चलचित्रमा देखिएको दर्शकको सोचको।

पुजा गुरुङविभूषण बस्नेतको संयुक्त निर्देशनमा निर्मित ‘द कन्टाजियस एपारिसन अफ डम्बरे डेन्ड्राइड’ प्रदर्शन पश्चात किम्फको प्रश्नोतरNepali Short Movie Dambare Dendrite कार्यक्रममा आवाज उठ्यो – ढक्कनको अर्थात डेन्ड्राइडको पेस्टमा ढक्कन गोजीबाट न निकाल्दा लगाइएको थियो न गोजीमा राख्दा। हुन त प्रश्नकर्ताको अधिकारको कुरा हो के प्रश्न सोध्ने तर पनि औंला ठड्याउँदा खेरि कुन औंला उठ्दैछ त्यो हामी दर्शकले नि थोरै सोचविचार गरे राम्रा निर्देशकहरुलाई अन्याय हुन्नथ्यो कि ?

जड्याहाले पैसा पट्याइ पट्याइ राख्दैन, कच्याककुचुक नै राख्छ, त्यसरी नै डेन्ड्राइडमै झुलिरहने डम्बरे जस्ता पात्रले ढक्कन (बिर्को) लगाई लगाई पेस्ट गोजीमा राख्दैनन् किनकी छिनछिनमा प्रयोग गरिरहनु पर्ने डेन्ड्राइड लगाउ खोल झन्झटिलो नै हुन्छ नशामा रहँदा। यदि यो निर्देशकिय कमजोरी नै थियो भने नी पात्र सुहाउँदो थियो र यदि पात्र सुहाउँदो थिएन भने नि उठान योग्य कमजोरी छँदै थिएन तर नि हामीले परिश्रम देखिएको निर्देशकीय काम कार्यलाई नजरअन्दाज गरी त्यस ढक्कनलाई नै बार बार प्रकाशमा ल्याईरह्यौं।

अब कुरा गरौँ केहि वर्षपहिले आएको मुलधारको चलचित्र ‘धन्दा’ को। धन्दाको समिक्षामा एक समिक्षकले चलचित्र किन नराम्रो भन्ने कारणमा लेखेका थिए – अर्पण थापा शिक्षक भैकन हाफ टिसर्टमा देखिए तथा समुना के.सी. गाउँले भैकन सफा र सुन्दर देखिइन। पुर्वाग्रही तरिकाले समिक्षा गरिएझैँ देखिने उक्त समिक्षकले गाउँले भनेका फोहोरी र सुग्घरी नहुने आफ्नो मानसिकता चलचित्रको विश्लेषणमा प्रयोग गरिएको देखियो साथै शिक्षक टिसर्टमा देखिए भनि दोहोलो काट्दा ति शिक्षक खेलकुद शिक्षक थिए र विधार्थीलाई बल खेलाउँदाको खेल समयमा लगाएका थिए भन्ने कुरा कि त बुझ्न सकेनन् या कि त कमजोरी खोज्ने प्रयत्नमा त्यो कुरा ख्याल गर्न सकेनन्। (more…)

 Dhunwa yo nasha nepali movie aaryan sigdel nisha adhikari

October 26, 2012 मितिमा रिलिज भएको चलचित्र ‘धुँवा यो नशा’ हालको मितिमा १ हप्ता लगाई ल्यापटपमा बल्लतल्ल हेरिसकेपछि मष्तिस्क सोच्न बाध्य भयो “अध्ययन नै नगरी किन बनिइन्छन् नेपाली चलचित्र ?”

‘धुँवा यो नशा’ त्यस्तै एक चलचित्र हो जसमा कथा ड्रग्सको छ तर ड्रगकै बारेमा अध्ययन नै नगरी मात्र क्यामेरा घुमाइएको छ र पात्रहरुलाई त्यहि क्यामेराको अघि बोल्न लगाइएको छ, बस। दृश्यमा के भन्ने, के गर्ने र के खिच्ने जस्ता कुराहरु निर्देशन पक्षले क्रमश: पात्र तथा क्यामेरापर्सनलाई राम्ररी सम्झाइबुझाइ आफु चाँही धुँवा तान्न गएको स्थिति छ किनकि दृश्यमा पात्र तथा क्यामेरापर्सनको उपस्थिति आभाष हुन्छ, निर्देशन पक्षको नाइँ। संवाद बोल्दाको प्लट कस्तो हुनुपर्छ, कसरी बोल्दा ठिक होला, अनि त्यो दृश्य त्यसरी नदेखाई यसरी देखाउदा के होला ? – यस्ता अनेक कुराहरु छन् जुन निर्देशन पक्षले विचार गर्ने कुरा हुन् तर निर्देशन पक्षले त्यस्ता कुरा वेवास्ता गरेपछि पात्र तथा क्यामेराम्यानले जे सिकाइएको छ त्यहि गरिदिएको चलचित्र हो – ‘धुँवा यो नशा’ अर्थात निर्देशकको अनुपस्थितिमा बनेको चलचित्र हो यो।

(more…)

मिति 25 January, 2013 मा रिलिज भइ व्यवसायिक असफलताको स्वाद चाखेको नेपाली चलचित्र धन्दा हालको मितिमा DVD किनी ल्याई ल्यापटपमा कफीको चुस्कीसँगै हेरिरहँदा कफी कतिखेर चिसो भैसकेछ पत्तै पाइएन। चिसो कफी एकै साँसमा घुटुक्क पारियो। समयमै न्याय नगरेकोमा कफीलाई त भनियो नै साथै हेरिरहेको चलचित्रलाई नि भनियो – “ I am Sorry” – मनैदेखि।

Nepali Movie Dhanda Story in Short Form

Nepali Movie Dhanda

अर्जुन(अर्पण थापा) गाउँको एक अस्थायी शिक्षक हो। अमेरिका गई केहि राम्रो जिन्दगी जिउने आशमा बाबुको स्वीकारोक्ति नहुँदानहुँदै पनि घरखेत धितोराखी ९ लाख काठमाडौँको म्यानपावर एजेन्सीलाई बुझाउँछ। म्यानपावरले धोका दिएपछि पैसा फिर्ता लिन जाँदा उल्टै मरणासन्न हुनेगरी खुकुरी प्रहार भएपछि कसैगरी बाँच्न त सफल हुन्छ तर कुरूप तथा क्षतविक्षत अनुहार, मानसिक असन्तुलन अनि मरेतुल्य जिन्दगी लिई। आफुलाई त्यो अवस्थामा ल्याईपुर्याउने एक-एकलाई धित नमरुञ्जेल मार्छ र अन्ततः सामान्य अवस्थामा नफर्कने गरी उसको कथा सकिन्छ।

Now Nepali Movie Dhanda in Review Platform

हामी ‘रे’ मा कति बिश्वस्त हुन्छौ भने त्यो ‘रे’ को रेतिले कसैको घाँटीनै रेटिंदा नि हामी ‘रे’ को आलाप रेट्न छोड्दैनौ। यस्तै ‘रे’ को रेटाइमा परेको हुनसक्छ – नेपाली चलचित्र धन्दा। “चलचित्र त धेरै नै हिंसात्मक छ अरे”, “रगतले लतपतिएका दृश्य देख्दा आङै सिरिंग हुन्छ रे” । केहि हदसम्म यी कुरा सत्य हुन् तर Wrong Turn, Final Destination जस्ता चलचित्रका DVD खोजीखोजी हेर्ने बानि परेका हामी युवा दर्शक भिडबाट भने त्यो ‘रे’को अपेक्षा चैं गरिएको थिएन। अपेक्षा थियो त सकारात्मक ‘रे’ को – “चलचित्रको निर्देशन र अभिनय त अति नै स्तरीय छ अरे”

(more…)

priyanka karki, aaryan sigdel, kollywood, nepali movie, review

“यहि हो… अनौठो, डरलाग्दो, कहालीलाग्दो तर रोमान्चक दुनियाँ – कलिउड” भन्दै January 18, 2013 मा रिलिज भएको नेपाली चलचित्र ‘कलिउड’ कफीको चुस्कीसँगै ल्यापटपमा हेरिरहँदा स्यालले बाघको छाला ओढी जंगलमा राज गर्न खोजेको कथा मानसपटलमा आई घुमिदियो एकछिन किनकि ‘कलिउड’ चलचित्रमा कलिउड नै छैन। भित्र कथा अर्कै छ – मात्र छाला कलिउडको ओढ्याइएको छ।

यो कथा कलिउडको हैन, हो त सिर्फ काव्याको। काव्या – जो कलिउडमा छिर्न र स्थापित हुन खोजिरहेकी छे, हुन्छे पनि। उसैको उतारचढावलाई कलिउड नामाकरण गर्न मिल्दैन किनकि एक व्यक्ति बिशेष भनेकै कलिउड कदापी हैन।

(more…)

 Mero Euta Sathi Cha Nepali Movie Poster

कोरियन मुवी A Millionaire’s First Love को Copy Paste मानिएको चलचित्र ‘मेरो एउटा साथी छ’ आफ्नो प्रदर्शनताका [September 11, 2009 – Nice Coincidence with 9/11 Twin Tower Date 🙂 ] एउटा राम्रै प्रतिक्रियाको परिधिमा आफुलाई पार्न सफल भएको थियो – मलाई जहाँसम्म लाग्छ।

DVD किनेर ल्याई (अहिले) हेरेपछि कमजोरीहरुको थाकनै निस्किए तर थोरै केही सबल पक्षहरुले धेरै कमजोरीहरुलाई दबाएको ‘मेरो एउटा साथी छ’ एक औसतभन्दा अलिकति माथिको राम्रो सिनेमा हो – मेरो लागि।

Strong Points of Nepali Movie – Mero Euta Sathi Cha (सबल पक्ष)

(more…)

 Merocinema official site

नेपाली चलचित्रमा Passionate रहेका एक दाइले एकपटक भनेका थिए – “भाइ! नेपाली चलचित्रक्षेत्रमा जताततै Groupism ले बिस्तार लिएछ”। चलचित्रक्षेत्रको परिधिबाट हालसम्म टाढै रहेको म न स्तब्ध भए न आश्चर्यचकित त्यतिबेला तर हिजोआज कबड्डी चलचित्रको लोकप्रियतालाई आत्मसाथ नगरिरहेको मेरोसिनेमा.कमका लेखहरुले भने म दर्शकलाई सोचमग्न पारि सोधिहेर्छ – के यो Groupism को गन्ध हो ?

kabadhi-720x371

मेरोसिनेमा.कमले संचालन गरेको Box-Office भन्ने Column मा Release भएका नेपाली चलचित्रहरुले गरेका Collection हरुलाई Tabularized गरिइन्छ तर यो Table मा कबड्डी अटाएको देखिन्न….

 BoxOffice, Nepali Movies

….. न हालैका रिलिज्ड चलचित्रहरुको Box-Office Collection Related यो लेखमा।

(more…)

visa_girl_ver11_xlg

नेपाली चलचित्र भिसा गर्ल हुन त 2012 Oct 05 अर्थात २०६९ असोज १९ गतेका दिन रिलिज भएको हो तर DVD ल्याई हेरीसकेपछि तत्कालिन समयमा मिश्रित त कहिँ अलि बढी आलोचित प्रतिकृया पाएको यस चलचित्रको बिषयमा खस्र्याकखुस्रुक केही नलेखी बस्नै सकिइएन।

रिलिज पश्चात चलचित्र सम्बन्धि आएका लेखहरु पढ्दा चलचित्र व्यवसायिक हिसाबमा चिप्लिएको भान हुन्छ, त्यो आफ्नै ठाउँमा छ तर त्यसको निर्देशनका साथै टिम वर्क तथा प्रस्तुतिकरणका बारेमा भने हेरीसकेपछि एउटा शब्द उच्चारण हुनपुग्यो – अब्बल !

प्रस्तुतिकरणप्रति अब्बलताका कारण अर्थाउनु अघि

Nepali Movie ‘Visa Girl’ Story in Short Form

आदित्य, संदेश र रियाज – तिन शहरिया युवा – NRN स्तुतिसँग मायाको खेल खेली अमेरिका हानिन चाहन्छन। आफु उत्कृस्ठ देखिन खुट्टा तानातान देखि हरेक तिकडम अपनाईन्छन् तर स्तुतिको व्वायफ्रेन्ड पहिलेदेखि रहेको थाहा हुन आएपछि छायाँ, प्राप्ति र हिसिला – जो पहिलेदेखि उनीहरुलाई मन पराउँदथे – सँग जोडी बनिनपुग्छन।

(more…)

Movies-Nepali-Chalchitraम कुनै समिक्षक त हैन न कुनै फिल्मी क्षेत्रसँग सम्बन्धित – हालसम्म । तर दर्शक भई फिल्म हेर्दा बिषेशत: ३ सुत्र अख्तियार गर्न रुचाउँछु – फिल्मप्रति आफ्नो धारणा बनाउन ।

१.        फिल्मले शुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सक्यो या सकेन ?

२.        मनमा उठेका प्रश्नहरु फिल्मसँगै समाधान हुँदै गए कि गएनन् ?

३.        फिल्मलाई टुक्राई टुक्रा टुक्रा हेर्दा के देखिए ?

यो कुनै एक फिल्मप्रति आफ्नो धारणा राख्दा प्रयोग गरिइने ३ बुँदा थिए तर समग्र नेपाली फिल्मका मुठाहरुप्रति नै धारणा बनाउँदा चैं मुख्यतया मोटामोटीरुपमा जानुपर्ने रहेछ – केन्द्रित कथावस्तु ।

केहि अपवाद बाहेक प्रायश: अहिलेका नेपाली चलचित्रहरु मुख्यतया ५ बिषयमा केन्द्रित रही बनिइरहेका छन् र बेच्दैछन् दर्शकसामु – यिनै पाँच बिषयकेन्द्र ।
           नेपाली चलचित्र
के बेच्छ ? के बेच्दैन ?
माया Feel
Sex Glamour
Fight Conflict
अर्ति-उपदेश विचार-सोच
पृथकता सामाजिक

(more…)

fCEBOOKअभिनेत्री झरना थापाको प्रस्तुति तथा सुनिल कुमार थापाको निर्माणमा कहलिएका मिडिया टाइकुन सुरज सुब्बा ‘नाल्बो’ द्द्वारा लिखित तथा निर्देशित ‘फेसबुक’ रिलिज भएको केहि समय पहिला (Friday September 7, 2012) नै हो । यसर्थ पनि यसको विश्लेषण त्यहि समयमा नै गरिएको भए बेश र बिशेष हुन्थ्यो तर नेपाली सिनेमा हेर्न जाँदा कपि र कलम लिई बस्ने बानि बसेकाले हलमै गएर नेपाली चलचित्र खासै हेरिन्न । डीभीडी किनेर वा कतैबाट कपि, डाउनलोड गरेर ल्यापटपमा कफी वा ग्रिन टी को चुस्कीसंगै मोनिटरको स्क्रिनमा नजर लगाउँदै यता कापीमा कलम दौडाइन्छ । अरुको त थाहा छैन तर यो कपि कलमको ट्रेन्ड म मा बसाएको नेपाली दर्शक लाटा छन् र जे नि पचाउँछन् भन्ने नेपाली चलचित्रकर्मिको ग्रसित मानसिकताले नै हो । यती कमी कमजोरी त्यो नि झारातिरुवा भेटिइन्छन् नेपाली चलचित्रमा कि सोधी हेर्न मन लाग्छ – किन र कसको लागि बन्यो बित्थामा यो चलचित्र ? आफ्नै मनोरन्जनको लागि बनाइएको हो भने मात्र एक ह्याण्डीक्याम नै इनफ हुन्थ्यो । यो ताकझाक, यत्रो खर्च कसको मनोरंजनको लागि ? दर्शकको ?? हाम्रो लागि थियो त केहि सुझबुझ नि प्रयोग गरिएको भए उत्तम हुन्थ्यो कि ???

म एक सचेत दर्शक हुँ र विश्लेषण गर्न पाउनु मेरो हक तथा अधिकारको कुरा हो ।

(more…)