Archive for the ‘article आहा’ Category

searching something

एक दार्शनिकले भनेका थिए प्राऋतिक रुपमै केही छिनको लागि मानिसको दिमाग पागल हुन्छ, ज्यादा तिक्ष्ण हुन्छ, सुत्छ अनी मर्छ पनि अरे। तर यहाँ यो संवाददाताको दिमाग एक छिनको लागि नभै एक दिनको लागि पागल हुन खोज्दै थियो । केही नै नभएको ठाँउमा केही पाउने आशमा यो संवाददाता लागिरहदा उसको आफ्नै दिमागले भन्दै थियो ” यो त अली अचाक्ली नै भयो कि ? “

घटना खोज्दै ठाउँसम्म पुग्नु वा ठाउँमा पुगेर घटना खोज्नु अर्कै कुरा हो तर मानिसको ओहोरदोहोरमात्रको स्थानमा एक ठाउँमा बसी रही अब पो केही भेटिन्छ कि भन्दै पुरै दिन बिताउन खोज्नु, म आँफैलाई कता कता भद्दा लागिरहेको थियो । तर यसरी पागलपनको सिमा नाघ्दै नजाने हो भने यस्ता लेखहरु कसरी बनिन्थे होलान् र ?

बिहानको ६ बजेको छ, स्विपरले कुचो लाँउदा निस्केको ख्यार्‍र ख्यार्‍र आवाज एक तमासले आइरहेको छ अनी छेवैको मन्दिरको घण्टाका ध्वनी क्रमश: बाक्लिदै छन् । बिहानीपख भएर हो शायद, हल्का चिसो मौसममा संवाददाताको यो पागलपन एक प्रकारले रमाइलै लागिरहेको छ । चिया पसलेको घडीले सात बजेको संकेत गर्‍यो । (more…)

Advertisements

sell, sex, soul, sold

Being a Male Prostitute after Dumped !!

आज ४ बर्षभन्दा ज्यादा भैसकेछ सुजुका यादरुपी जहरले मेरो मष्तिस्क रेटेको। भन्नुमात्र रेट्नु हो – आफैं रेटिदै छु। हटाउन खोज्यो – पौराणिक कालको कालीको कथा पून: दोहोरिएको आभाष पाउँछु। जति काट्यो त्यति नै बढ्दै जान्थे रे – सानोमा सुनेको ती दैत्यहरु। सुजुका यादहरु नि जति दबाउन खोज्यो जति मेटाउन खोज्यो – त्यति नै झ्याँन्गिदै आइरहेका छन्। लाग्छ – यिनै झ्याँगिएका यादहरुको पासोमा आफुलाई पाउनेछु कुनै एक दिन। त्यो दिन जमिन आफ्नो हुनेछैन, आकाशसम्म पुग्ने सामर्थ्य हुनेछैन – बस लट्किने छु र अनि मात्र अन्त्य हुनेछ ति यादहरुको नि देहसँगै। हो – त्यहि दिनको पर्खाइमा छु, खाँचो छ त मात्र विवेकशुन्य शुन्यताको ताकी त्यो कदम सजिलै लिनसकियोस।

यो स्वास्नीमान्छेको यै नहुने। वक्षस्थल मात्र अग्ला हुन् – मन त सारै गहिरो कुवाजस्तो। त्यो गहिरो मनमा धेरै कुरा लुकाउछन्। हामी चाहीं त्यहि कुवामा झाँकी हेर्दा आफ्नै प्रतिबिम्ब देखी मख्ख परिदिन्छौ। छि! सुजुका आँखामा आफ्नै प्रतिबिम्ब देख्ने म….. ति आँखामा लुकेका ठुला महत्वाकांक्षा अनि कुल्चिइदै गरेको मेरो मायाको छनक सम्म किन पाइन ? एउटा आँखामा सुजु राखी अर्को आँखामा रहेको भविष्य, करियर सबै तितान्जली दिइ आफैंलाई कानो बनाए। फलत: सुजुले छोडेपछि पूर्णत अन्धो भएको छु – न सुजु छ न भविष्य नै – अहिले यी आँखामा।

यसरी कहिलेसम्म चल्ला र ? केहि न केहि त गर्नैपर्छ। केहि गर्ने नै हो भने – स्वास्नीमान्छेलाई घृणा गर्न सिक। मेरो मन बाठो भई टोपलियो।

तर कसरी ? किन ? मनसामु प्रश्नका हुरी आए।

(more…)

” यो संवाददाता अली अनौठो लाग्छ मलाई ” म फर्के लगत्तै ति युवती छेउकै साथीलाई भन्दै थिइन ।
एउटै प्रश्न बिभिन्न ब्यक्ति-बिशेषलाई सोधी तिनीहरुको विचारलाई केलाउन सार्‍हो मजा लाग्छ मलाई, मजा पनि किन नलागोस् फरक फरक कोणबाट हेर्दै दिइएका उत्तरहरु गन्दै जाँदा उत्तरका परिभाषा अनगिन्ती बनिदिन्छन्, जबकी प्रश्न हुन्छ मात्र एक ।

” हात मिलाउने अवसर पाउँदा को सँग मिलाउन चाहनुहुन्छ तपाईं ” यो चोटिको प्रश्न म आँफैलाई कता कता अनौठो लागिरहेको थियो ।

” एक यस्तो साथी जसको स्पर्शमात्रले म मा एक कम्पन ल्याओस् ” ति युवती, आंकाक्षालाई थाहा थियो शायद, म यस्तै भिन्न उत्तरलाई प्राथमिकता दिन्छु भन्ने र त नि उनका उत्तर यहाँ छन् ।

” धेरै भयो हात मिलाउने काम, भष्ट्राचार, विऋती,विसंगति,कुरीती को को सँग हात मिलाउने काम भएका छैनन् र ? अब बेला आएको छ हात धुने न कि हात मिलाउने ” एक २५ बर्षे युवा, आश्रयले यसरी उत्तर दिइरहदा म सोचिरहेको थिए, हैन! हरेक ब्यक्तिको अन्तरकुनामा एक बिमल निभा सुतिरहेको हुन्छ कि क्या हो ? घुमाउरो तर सोचनयोग्य उत्तर ठाउँमा दिने अनी सुतिहाल्ने फेरी । कती गजब हुँदो हो त्यो बिमल निभा सधैंभरी उठिरहदो हो त ?

” पहिले मेरो प्रश्नको उत्तर दिनु हुन्छ कि ? ” बानी लगायो भने अब संवाददाताले हरेक उत्तरदाताका प्रश्नमा अल्झिनुपर्ने हुन्थो तर अँह भन्न पनि त सकिएन ।

“भन्नुस्”
” एउटा आँखाले संसार देखिन्छ भन्दैमा अर्को आँखा फोड्ने कार्यलाई के भन्नुहुन्छ ?”

(more…)

111307-jai-ho-poster-large‘जय हो’ सिनेमाले खासै उत्साहजनक व्यापार नगरेपनि सलमान खानको यो चलचित्र उनका अघिल्ला केहि चलचित्र जस्तै ‘बडिगार्ड’ भन्दा अति नै स्तरिय लाग्यो। निर्देशकिय पक्ष केहि कमजोर साबित भए तर नयाँ अव-धारणा र श-शक्तिकरणको मध्धेनजर यो चलचित्र मनमा छाप छोड्ने प्रकारको छ। कसैले तिमीलाई सहयोग गरे ३ अन्य व्यक्तिलाई सहयोग गरी ‘हेल्पिंग ह्यान्ड’ को एउटा श्रंखला बनाउने विचार विचारयोग्य छ तर हेल्पको हरिबिजोग ताल देख्दा फेरी होस् – सहयोग गरेर के नै तीर मारियो भनी मन त्यसै अतास हुनपुग्छ।

 कलियुगमा मानिसको जात न बुद्ध थ्यो, न छ, न हुने नै छ। निस्वार्थ भावले सहयोग गर्न मानिस जातको मन मान्दैन। स्वार्थी मनले सहयोग गरिएको व्यक्तिबाट पछि पनि सहयोगको आश गरेकै हुन्छ, धेरै केहि नभए नि कम्तिमा ‘धन्यवाद’ त सुन्न खोज्छ नै। यो प्रत्येक सहयोगी हात फैलाउने अन्तरमनको कटु यथार्थ हो।

  (more…)

kimff-film-festival-11-15

11th KIMFF @Sabha Griha

सधै घर – अफिस – घर गरिने ब्ल्याक एंड व्हाईट लाईफमा थोरै सही केहि कलर थप्न आइपुगेको एघारौं किम्फ अर्थात काठमाडौँ अन्तरास्ट्रिय पर्वतीय चलचित्र महोत्सव भर्खर सकिएको छ। किम्फ जस्ता महोत्सव या प्रदर्शनी आफुमा रंग लिएर आउँछन् अनि हाम्रो सिधा – सादा दैनिकीलाई अंकमाल गरी आफ्नोपन देखाऊँछन् र हाम्रा सेता लुगाभरि रंग पोती जान्छन् , अन्तमा छोडी जान्छन् त ऐनामा हाम्रो रंगिन मुहार।

आफ्नो पनि एकनासे दैनिकी साथै यस्ता महोत्सव काठमाडौँ बाहिर कमै हुने हुनाले काठमाडौँ आए देखिन व्यग्रताका साथ किम्फ कुरेर बसेको थिए। अरु बेला त काममै अल्झिने र सप्ताहन्त बिदा २ दिन हुने भएकाले शनिबार तथा आइतबार भने राष्ट्रिय सभा गृहमा किम्फकै लागि भनि झण्डा नै गाडेर डेरा जमाइयो। समग्रमा यो सप्ताहको अन्त अति नै सुखद र बिशेष रह्यो – इन्द्रेणी देखिएको दिन झैँ !

हेलो ! अँ, किम्फमा भेटौं न त !
– हँ ? के हो यो किम्फ भनेको ?

(more…)


“प्रोस्टीच्युटको बारेमा लेख्न्न प्रोस्टीच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर !”   92f82-lovesucks

उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहदा म भने भर्खरै उनको ब्यागमा देखिएको ‘इलेभेन मिनट्स ‘ लाई नै सम्झिरहेको थिए । पाउलोको बहुचर्चित उपन्यास  ‘इलेभेन मिनट्स ‘ लाई इंगित गर्दै एक स्तम्भकारले एकपटक भनेका थिए – अहिले सम्म पढे मध्ये को सबै भन्दा कामुक पुस्तक । यसर्थ पनि मैले उनलाई प्रश्न गरेको थिए – “ तिमी पाउलो पढ्छौ ?? “

उनी अर्थात सुजु – अ लेडी अफ केटीएम। यो पछिल्लो लेडी वाला ट्याग चै उनको बोल्डनेसलाई ओके भन्न म बारम्बार युज गर्ने गर्थे र प्रत्युतरमा हाम्रो कनभर्सेसन इन्ड हुन्थ्यो उनको ‘यस् आइ यम ‘ बाट । हुन पनि उनि बोलि र विचारमा अन्य लेडी भन्दा बोल्ड नै थिइन – जुन उनको इलेभेन मिनट्स रिडिंगले पनि प्रस्ट्याइसकेको छ ।

“सुजु ! कहाँ पुग्यौ ?? “ – पाउलोको बुक ब्यागमा राख्दै सोध्छु

“दृश्य र पल्पसा भेट भएको च्यापटरमा “ पुन: एक पुलुक्क हेराइ म तर्फ ।

उनी बेन्चको एक छेउ बसेर उनको फेभोरेट बुक ‘पल्पसा क्याफे’ पढ्दैछिन् , म भने उनको काखमा टाउको राखी बेन्चमा लम्पसार छु। केशर शम्शेरले आफ्नै लागि निर्माण गरेको यो स्वप्न बगैचा अहिले थुप्रै स्वप्निल जोडीहरुलाई आफ्नो सपनालाई तरंगित बनाउन भरमग्दुर प्रयास गर्दैछ , जसको फाइदा हामी दुइले पनि कुनै कुनै शनिबार उठाउने गरेका  छौ ।

उनको हात सुम्सुयाउदै म पुन: “ याद छ हाम्रो भेट ??” प्रत्युतरमा उनी मेरो कपाल मुसार्दै हल्का एक मुस्कान ।

(more…)

Royal Palace
Narayan Hiti Royal Palace, Kathmandu
विश्व मानचित्रमा एसिया महादेशको ०.३ प्रतिशत भुमि ओगटेको भुपरिवेष्ठित देश नेपाल मुख्यत एसियाका ज्योति गौतम बुद्दको जन्मस्थल लुम्बिनी र संसारकै अग्लो हिमचुचुरो सगरमाथाको कारणले प्रख्यात छ । करिब १ लाख ४७ हजार वर्ग क्षेत्रफल रहेको दुइ विशाल राष्ट्र चिन र भारत बिच सरदर १८३ कि.मि. को चौडाइ र ८८५ कि.मि. को लम्बाइ ( पूर्ब मेची देखि पश्चिम महाकाली ) भइ फैलिएको छ । छेवैको छिमेकी  देश बिट्रेनको अधिनस्थ रहदाको समयमा पनि आफ्नो सार्वभौमिकतामा आँच आउन नदिएको नेपाल जन्मैदेखि स्वतन्त्र रहेको छ । सुर्य नअस्ताउने साम्राज्य भनिएको तत्कालिन वृहत बेलायतले वि.सं. १९८० मा नेपाललाई स्वतन्त्र राज्यको रुपमा दिएको मान्यताले नेपाल बिट्रिश उपनिवेश नभएको पुष्टि गर्दछ ।
गोरखापति श्री ५ पृथ्विनारायण शाहको वि.सं. १८२५ आश्विन १३ इन्द्रजात्राका दिन काठमाडौं उपत्यका विजयका साथै शुभारम्भ भएको नेपाल एकिकरण अभियान उनका उत्तराधिकारीहरुको समयमा बढ्दै गएर पूर्वमा मेचिपारि सिक्किम (टिष्टा) र पश्विममा महाकालीपारि देहरादुन, सतलज सम्म पुगेको थियो । पछि समय अन्तरालसँगै राजाहरुको अदुरदर्शी निर्णय तथा भाइ – भारदारहरुको सत्ता र शक्ति प्राप्तिको निम्ति खेलिएका कुटनीतिक तथा षडयन्त्रमुलक दाउपेचका कारण नेपालको राजनीति पूर्णत अराजक , अस्थिरता र उतारचढावबाट गुज्रिइ  फलत: बिट्रेनको इष्ट इण्डिया कम्पनिसँग वि.सं. १८७३ मा सुगौली सन्धि गर्न बाध्य भयो जसको कारण नेपाल आफ्नो एक तिहाइ भुभाग गुमाउदै  अहिलेको सीमांकनमा आइ पुग्यो।
(more…)
नेपालको इतिहासको व्याख्या गर्ने हो भने नेपालको उत्पत्ति देखि लिएर अहिलेको अन्योलग्रस्त स्थिती सम्मको चर्चा परिचर्चा गर्ने हो भने काठमाडौं उपत्यका यसको मुख्य पृष्टभुमीमा रहन जान्छ । प्राचिन समयमा कान्तिपुर नगरी पनि भनिने काठमाडौं उपत्यका झण्डै झण्डै नेपालको सिंगो इतिहास बोकेको प्रमुख प्रतिनिधि स्थल हो ।
नेपाल राज्यको स्थापनाक्रम र मन्जुश्रीले चोभार डाँडा काटी काठमाडौं दहलाइ बस्ती बनाएदेखिको विकासक्रमलाई मध्यनजर गर्ने हो भने दुवै एक अर्काको पर्यायवाची बन्न जान्छन् । गोपालवंशी, महिषपालहरुको कान्तिपुर शासनसँगै नेपाल नामको राज्यको स्थापना भएको देखिइन्छ । किराँतकाल, लिच्छविकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको वृहत आधुनिक नेपाल अहिले गणतन्त्र (राजतन्त्र विहिन)परिस्थितिसम्म आइपुग्दा पनि काठमाडौं (राजधानी बनाइएकै कारणले होला सायद)नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको एक पहिचानबाट विमुख भै सकेको छैन ।
राष्ट्रिय राजनीति र देशको अस्तित्व तथा अस्मिताको प्रमुख केन्द्रबिन्दु रहेको काठमाडौं नगरी ९० को दशकताका कस्तो थियो त ?????
केहि फाइल चित्रहरु – इतिहासको पानाबाट …………………

(more…)

नेपाली राहदानी
सरकारले चैत २९ गते एमआरपी छपाइ सम्बन्धी चैत ६ गते गरेको निर्णय फिर्ता लिए लगत्तै एमआरपी विवाद २०६६ को ठुलो काण्ड हुनबाट बचेको छ ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन( आइकाओ) ले २०६६ चैत १९ (2010 Apr 1st ) देखि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको मेसिनले पढ्न सक्ने पासपोर्ट प्रचलनमा ल्याउनको लागि नेपाल सरकारलाई २०६१ मै पत्र पठाएको थियो र तत्कालिन शेर बहादुर देउवा मन्त्रिपरिषदले तत्कालै कार्यान्वयन निम्ति एक समिति पनि बनाएको थियो । “जब भयो राती, अनि बुढि ताती” भनेझै ५ बर्षसम्म निष्क्रृय भै समयको अन्त्यतिर आइसकेपछि मात्र मेसिन रिडेबल पासपोर्ट विषयमा सक्रिय हुनुमा सरकारी पक्षको ठुलो लापरवाहि देखिइन्छ र पनि अहिलेको माधव कुमार नेपाल सरकारले कुटनीतिक र राजनीतिक दबाबका साथै समयसीमाको अभाव देखाउँदै भारतलाई पासपोर्ट छाप्न दिनु बाध्यात्मक परिस्थिति रहेको स्पष्टोक्ति मिडियालाई दिएका थिए । समय छदै आइकाओले पत्राचार गरेको भएपनि त्यतातिर ध्यान नदिनु र नेपाली जनतालाई पछि राहदानीकै कारण पर्न जाने असुविधा तिर  नसोचिनु पुर्णत सरकारी पदाधिकारीहरुको नालायकीपनको उपज मात्र हो ।

(more…)

Sujata Koirala
हुन त नेपाली राजनीतिक इतिहासमा उनी जति विवादित कोही छैन । जब जब कोइराला सरकार कुनै काण्डमा मुछियो तब तब कोइरालापूत्री सुजाताको पनि सँगसँगै नाम जोडिएकै छ । २०४८ मा बाबु प्रधानमन्त्रि भए पश्चात राजनीतिमा हाम्फालेकी सुजाता बाबुकै शक्तिमा चलखेल गर्न जर्मनीबाट नेपाल फर्किएकी हुन् । कोइराला सरकारका पालामा भएका तत्कालिन काण्डहरुको पछाडि यिनै संकीर्ण सोचकी धनी सुजाताको निर्णय हुन सक्ने विश्चस्त सुत्रहरु बताउँछन । अहिलेको विवादित एमआरपी प्रकरण होस् वा राष्ट्रिय ध्वजावाहक तत्कालिन शाही नेपाल वायुसेवा निगमसँग सम्बन्धित लाउडा ,धमिजा जस्ता चर्चित काण्ड ‍-हरेक विवादित निर्णयमा उनको नाम जोडिनुले यो मात्र एक संयोग नभएर पैसा र शक्ति सम्मिलित संकुचित सोचको उपज भएको प्रष्ट पार्दछ ।
आमा सुस्मा कोइरालाको निधन पश्चात उनको नाममा ट्रस्ट खोलेर समाजसेवा मार्फत राजनीतिमा प्रवेश गरेकी सुजाता ट्रस्टकै मामिलामा पनि चोखी छैनन् । समाजसेवाको नाममा सुस्मा कोइराला मेमोरियल ट्रस्टबाट लाखौ पैसा उठाई मण्डिखाटार,काठमाडौंमा घर किनेको आरोप लागेकी सुजाता बेलायतस्थित नेपाली दुतावास भवन बेच्ने विवादास्पद निर्णयको समेत आरोपित व्यक्तित्व हुन् ।
सत्ता परिवर्तनपिच्छे भष्ट्राचारका निम्ति नेताहरुलाई कमाइ खाने भाँडो बनेको नेपाल वायुसेवा निगम तीव्र राजनीतिक हस्तक्षेपका कारण दिनदिनै धराशायी बन्दै गइरहेको छ । २०४६ को बहुदलिय व्यवस्थाको उदयसँगै मौलाउदै गएको भष्ट्राचार र राजनीतिक दाउपेचको चरम चपेटामा परेको निगम २०५० सालमा आफुसँग चालु अवस्थामा रहेका दुइ बोइंग जहाज एयरबस किन्ने भन्दै तत्कालिन गिरिजा सरकारद्दारा कौडीको भाउमा जर्मनीलाई बेच्ने निर्णयसँगै पुर्णतया ओरालो लागेको देखिइन्छ ।

(more…)