हामीले देख्दै आएका, देखेर पनि वास्ता नगरिएका, वास्ता गरेर पनि कलमद्वारा नपोखिएका नेपाली आधुनिक समाजका चार दृश्य:-
पहिलो:-
पुषको पहिलो हप्ताको जाडो जाडो मौसम छ । साथी हुन् शायद, कुरा गर्दैछन् (हल्का कुइरो हुनाले प्रस्ट देखिएको छैन)
“जाडो छ हगि ?” मसिनो आवाज ।
” हो त! हात छाम त ” अली भारी आवाज ।
” बदमास ! छोड, कस्तो जाडो लाग्यो मलाई ”
“अब…… ” दुई ज्याकेट घस्रिदाको ख्यास्राक आवाज आयो ।
देखें, साइकल डोर्याँउदै गरेको एक केटो र सँगै हिड्दै गरेकी केटी अंगालोमा बाँधिएर ट्युशन(शायद) जाँदै थिए, पछाडि क्यारियरमा कक्षा ८ को किताब च्यापिएको थियो ।
दोश्रो:-
” पाँच अरु दिनु न ”
” ती बाट यि आको पच्चिस ! सधैं ओहोरदोहोर गरिन्छ हो भैया ”
(more…)