Archive for the ‘बिचार गुत्थी’ Category

buddha, birthplace, myth, nepal

Buddha

मेरी आमा भन्ने गर्नुहुन्थ्यो – “बेटु! यदि हरकोहीले कुनै रुखलाई सिधा छ भनी भनिरहेका छन् भने तँ नि आफ्नो बुद्धि, विवेकको प्रयोग नगरी सिधा होस् या बाङ्गो सिधै भन् है त”। माँको उक्त कुरा केही हदसम्म त अपनाइयो पनि – किनकि सुन्नेलाई त्यही सुनाउनुपर्ने रहेछ जुन उसले सुन्न चाहन्छ र न मात्र भलो हुनेरहेछ नत्र रातो हलुवावेदलाई आगो हो भनी विश्वस्त भैं चिसोमा तातो हुन खोजिरहेका बाँदरको झुण्डलाई भँगेरीले त्यो हलुवावेद आगो हैन फल हो भन्दा उल्टै प्राणत्याग गर्नुपरेको कथाले मष्तिस्कमा दस्तक दिन आइपुग्ने रहेछ।   [ Mom ले यसअघि SEX शिक्षा मा Guide गर्नुभएको थियो ]

तर Buddha was born in Nepal को मुद्दामा भने म मामुको युक्तिमा हिड्न सकिरहेको छैन।मन मनमनै गौरवान्तित महसुस गर्छ – बुद्ध नेपाली भूमिमा जन्मिएका थिए – मेरो देशको शान 🙂 तर यथार्थको धरातलमा उभिई सोच्दा मन फेरी खिन्न हुनपुग्छ – खोक्रो राष्ट्रियता अनि भ्रमको आडम्बर कहिलेसम्म ? 😦

बुद्धको जन्मस्थल नेपाल भन्ने कथनसँग म बिश्वस्त हुन नसकेको मैले यी प्रश्नहरु आफैलाई सोधी हेर्दा नपाएपछि हो।

(more…)

डर हैन, सबैभन्दा ठुलो डर यसैमा छ । “लोकतन्त्र नै सबैभन्दा गतिलो प्रतिशोध हो” बिचार  राखी अघी बढेकी बेनजिरले २००८ देख्न पाइनन्, यसको ताजा प्रमाण हो यो ।

‘ बिचार  राख्न के को डर ?’ लाई अंगाल्दै बिचार  पोख्न पोख्तहरु अर्काको बिचार लाई १% पनि राम्ररी नकेलाको दृश्य फेरी दु:खलाग्दो बिषय हो । सबभन्दा धारिलो प्रहार- बिचार  सही तरिकाले प्रयोग नगरिए बिचार  सस्ट्रा नभै बिचाराधिनले सम्बोधित नगरिएला भन्न सकिन्न ।

मोहनदास करमचन्द गान्धी महात्मा गान्धीमा परिणत भए- मात्र एक बिचार  पछ्याउँदा । इतिहास पल्टाउन सक्ने सामर्थ्य राख्ने एक बिचार को सहायताले भारतले अंग्रेजहरुलाई आफ्नो इतिहासभन्दा अघी बढ्न दिएन । तोप र गोलाको बौछार अगाडि नांगो तर दृण बिचार  लिइ महात्मा गान्धी बढ्दा आज भारतले भन्न पाएको छ- “भारतियहरुको भारतमा तपाईंलाई स्वागत छ”

९० को दशकसम्म  भारिभरकम शब्दको उपाधिले बिभुषित बिचार  आजकाल किन हो सस्तो भाउमा जता पनि पाइन थालिएको छ । बोली  बेच नेता होउ, बिचार  बेच बौद्दिक कहलाउ । आशा कल्पित मुहार र स्वर्णिम सपनामा व्यस्त आँखा केही हेर्न चाहन्छन तर यहाँ आश्वासनका ठुला ठुला पोका बिचार , मिडिया र स्वार्थको संयोजनबाट यसरी पस्किइन्छन कि मानौ ति आँखा यो भन्दा ठुलो चिज हेर्ने सामर्थ्य राख्दैनन् । सामर्थ्य राखे सुर्यलाई एक टक हेर्दा ज्योति बिलिन भए झै अवस्था आउनेछ ।

 बिचारै बिचार को संजालबाट यो देश मात्र नभै पुरै विश्व एक फरक बिचार  चाहन्छ, भोक जाग्रित गराउने बिचार  न कि खोक्रो आडम्बरको ठेलीले मुखमा बुजो लगाउने बिचार ।

फरक बिचार  लिएर हिंड्नु निश्चय नै सहज चाँही छैन । नमुना, सिद्दान्तवादी, एक्लो आदी इत्यादी उपनामहरुलाई अंगिकार गर्न सक्ने साहस र ठुलो हृदय हुनुपर्छ । क्रान्तिको जन्म बिचार को शशक्तिकरणबाट नै शुरु हुन्छ । एक बिचार को उत्पतिले मानव सही अर्थमा मानव कहलाउँछ अनी त्यसको असार एक देश वा पुरै विश्व महसुस गर्छ । न्युटन, आइन्सटाइन जस्ता बैज्ञानिकहरुको बिचारको धरातलमा टेकी आजको विश्व यो समयसम्म आइपुगेको छ । मार्टिन लुथर किंगले ५०-६० को दशकताका बर्ण बिभाजनको मुद्दा उठाउँदा आज कोण्डोलिजा राइस्(अश्वेत महिला) बिदेशमन्त्रीको कार्यभार सम्हाल्दै छिन् । मात्र बिचार  साथमा लिइ मुद्दा उठाउनु सहज भने पक्कै हैन, सहि बिचार  सहि तरिकाले उठाइएको छ भने त्यसको सहि प्रतिफल वर्तमानले नपाए पनि भविष्यले अवश्यै पाउनेछ भन्ने आशय माथिको पङक्तिले दिएको छ । (more…)

नेपाल देश मात्र एक हो तर यहाँ तीन देश बाचेका छन् । एक काठमाडौं, दोश्रो मोफसलका शहरहरु र तेस्रो सुदुर पश्चिम ।

हरेक सुबिधाले सु-सम्पन्न काठमाडौंमा लाग्छ जिन्दगी कुद्दैछ,सहरलाई हेर्दा लाग्छ त्यहाँको जिन्दगी चल्दैछ र सुदुरको जिन्दगी त ठप्पै छ भन्दा नि हुन्छ । एकै देशभित्र रहेर पनि यत्रो फरक किन ? अनी समाधान के त ? प्रान्तिय क्षेत्र अर्थात स्वायत्त प्रदेशमा बिभाजन गरेर यसको समाधान होला त ? उत्तर अहिले थाहा भएन तर काठमाडौंलाई हेरेर एक समाधान निकाल्न सकिन्छ कि? काठमाडौंको जिन्दगी कुदेको त छ तर एकोहोरो,एक्लो अनी भिडै भिडमा दुर्गन्धित भइ। राजधानी अन्त सारे के होला ? काठमाडौं एक पर्यटकिय नगरीको रुपमा परिभाषित होला, जनसंख्याको चापले थिचिएको यस खाल्टोले राहतको सास लेला अनी मन्दिरै मन्दिरको सहरमा मल्लकालिन ति कलाऋतिले म बाँच्ने भए भनी सास फेर्न सक्थे होलान् । राजधानीको टोपी अर्कैलाई लाउन दिए उ पनि कुद्थ्यो कि ? साथै अरुलाई पनि कुदाउथ्यो कि ? (more…)

२०५८-२-१९ मा एक हत्याकाण्डका शिकार भएका नेपालका शाहवंशीय राजा बिरेन्द्र बितेको हेर्दाहेर्दै ६ बर्ष बितिसकेको छ । यो ६ बर्षमा धेरै  परिवर्तन आइसकेको छ । हिजोसम्म राजसंस्थाप्रति  नतमस्तक हात आज औंला ठड्याइ ठड्याइ प्रश्न गरिरहेका छन । यिनी ति प्रश्नको उत्तर दिने अवस्थामा त छैनन तर फ्रेममा सजिएका उनी मात्र एक प्रश्न सोध्दैछन्

“हिजो मेरो निधनमा रसाएका आँखा आज मलाई किन तर्दैछन् ?”माहोल नै यही छ,माहोल अनुसार त चल्नै पर्‍यो नि!-यस्ता उत्तरदातालाई उनी पुन: प्रश्न गर्छन

“परिवर्तन आउनु ज्यादै राम्रो हो तर ईतिहासलाई के दिने ?”उनको प्रश्नले भविष्यमा राजसंस्था नरहे पनि ईतिहासले केही धरोहर, सामाग्री पाओस् भनी संकेत गरिरहेका छन ।

अहिले नेपाल तन्त्रै तन्त्रको जालोमा बेरिएको छ तसर्थ श्वास लिन कठिनाइ भइरहेको अवस्थामा एक खुला बातावरण खोजिरहेको छ । गणतन्त्रात्मक वा संवैधानिक राजतन्त्रात्मक कुन खुला स्थान पाउने हो ,त्यो अझै अनिर्णित छ तर जालै जालोमा जकडिइ निस्सासिदो अवस्थामा पुग्ने डर पनि उत्तिकै छ ।

King Birendra with family

        King Birendra with his family

(more…)