Archive for the ‘कविता कुण्ड’ Category

A poem created for blog श्वेतबानु

श्वेत पत्र पत्र
भावनासँगको अन्तर्द्वन्द
सङ्लो मनको सजिव चित्रण
श्वेतबानु – एक जल तरंग

एक एहसास
मात्र जिन्दगीको
हरदम हरक्षण
स्पर्श छ – कोमल मनको

थिर आवाज, अस्थिर छ कम्पन
श्वेतबानु – एक जल दर्पण

संघर्षरत त्यो दियो  – आँखा चिम्लेर एक चोटि सोची हेर त ! त्यो दियो तिमी नै हो जो संघर्षरत छौ । अहिले सफलताको पथमा छौ भने पनि अतितमा त एक पटक थियौ नै ।  हैन त  ???

ब्यवधानका हुरि चल्दा             candle
जाग्दो, अझ जुर्मुराउँदो
आशाका किरण साथमा लिइ
निराशाका काला बादलबिच
निभ्दो , बल्दो
संघर्षरत – एक दियो ।

प्रकाश खोज्दछ त्यो
आफै भित्र छ ,जान्दैन बिचरो
आफ्नै छाँयासँग भागी हिड्छ
कति अज्ञानी – त्यो दियो ।
(more…)

मेरो गल्ती
के नै थियो र ?
राम्री हुने चाह नै
दोष भयो, हैन र ?

आश त
तिमीले नै जगायौ
नयाँ जीवनको लोभमा
बम्बै सम्म पुर्‍यायौ
जसोतसो जिन्दगी त थियो
सुखद पलको सपनामा
सबै लुटिइगयौ

बम्बैको यो कोठी
कती भयावह छ
मात्र एक रातको खातिर
युद्द यहाँ भयानक हुन्छ
रगतले लतपतिएको मेरो शरीर
अनी शुन्यतामा भौतारिएको दिमाग
एक प्रश्न सोध्दैछन्
मात्र दुई छाकको लागि
मेरो अस्मिता दाउमा राख्नु
के जरुरी थियो ?

एक जिन्दगी
जीवनदेखि मृत्यू
गोल गोल वृत झै
शुरुदेखि अन्त्य
अनि यात्रामा भेटिइन्छ
मात्र -दुई क्षण सासको साथ ।

यात्रा अनवरत
सहयात्री अनगिनत
र पनि मन उदास
कारण- व्यक्ति पिच्छे फरक फरक।

झुकेको ओसिलो नयन
एक अन्तिम दर्शन मात्र
दृश्य देखी जान पाए
हुने थ्यो पर्याप्त

कसरी सम्भव छ ?
न बोलिबाट न आँखाबाट
पुरै असम्भव छ
न जतायौ माया कुनै भावबाट

माया ! बताइन्न मित्र
महसुस गरीइन्छ
महसुस गर्दै मात्र
भावाविहोर भइन्छ

उफ ! हे कवी महोदय
मनको कुरो मनमै राख्नु
अली बेठिक हो
भन्दै नभनी उनले सुनिन
भन्नु कति सम्मको उचित हो ?

ए मेरा पाठक महोदय
ढुकढुकीको सुमधुर संगीतमा
आँखा मदमस्त हुने गर्छन्
मायाको यो अलौकिक भाषामा
आवाज प्राय: हराउने गर्छन्

हे कवि महाराज
तिम्रो कविता तिमी नै जान
माफ गर, तिमीमा अल्झिए
भुल भयो अन्जान
अमित खोज्दै हिडिथें
कवि अमेत्य फेला परिगो
एक त बेहाल थियो जिन्दगी
अब त झन् कता हराइगो……… (more…)

म HIV +VE

Posted: September 6, 2008 in कविता कुण्ड

संकटकालको घडी यो
आज हो कि भोलि हो
एक त्यान्द्रो साँसमा जो
भविश्य मेरो टिकेको

यो भोक नै यस्तो हो
बेस्कन च्यापिदिने
आँखा अघी अन्धकार छायो
अनी, जताततै बहकिदिने

म त निश्छल नै थिए
यो भोक जाग्रित गराउने तिमी व्यभिचारी
अनी भोकलाई नशा नशामा  पुर्‍याइ
बाटो बिराउन वाध्य गराउने हे ईश्वर ! तिमी अपराधी

म संघर्शरत थिए
आत्म अस्तित्व बचाव निम्ती
दु:खक दिन सकिएकै थिएनन्
यो HIV किन, के क लागि ????
(more…)

उपरास्ट्रपतिले हिन्दिमा सपथ खाइरहदा हरेक नेपालीका मनमा आफ्नो राष्ट्रियता
प्रती उठेका प्रश्न हुन् यि !!!!!!!! छ ??? कसैसँग यसको उत्तर ?????

म एक अबोध बालक
मेरो अस्तित्व के ?
पहिचानको खोज छ
मेरो मात्रित्व के ?

अर्थहिन यात्रा छ
मेरो लक्ष्य के ?
काख नपाको धेरै भो
आमा, अनी वक्षस्थल के ?

मेरो भाषा के ?
अनी संस्कार के ?
दाजुभाइको लुछाचुँडिमा
मेरो आकार के ?

धेरै चाहिन्न
मात्र आमाको वात्सल्यता
अनी एक चिनारी
अर्थात राष्ट्रियता ????

मेरो राष्ट्रियता के ? आधार अब दिलाउ
मेरो देश मेरै हो, आभाष अब दिलाउ

मात्र एक आभाष
जुन आभाषमा म अभिमान गर्न सँकु
र म मेरो पहिचान खोज्न सँकु

Totally personnel…….A same person तिमी in real world with you and ‘तिमी’ in virtual world with me……….no one understand this…only i and who try to understand this……..

तिमीलाई पछ्याइ हिड्दा
म भित्रको ‘तिमी’ मर्ने भो
तिम्रै अस्तित्व बचाउन 
बाध्य भइ टाढा हुनु पर्ने भो 

कल्पनाका दर्पणमा
तिम्रो आभाष सदैव पाइँरहन्छु कि ?
यो शिशु त तिम्रै हो
म मेरो नाम दिन सक्छु कि ?

चाहिन्न तिम्रो स्पर्श
मेरो संसारको तिमी हराउने भो
तिमीलाई केलाउने अवसर पाउँदा
म भित्रको शिशु निस्सासिने भो

म भित्रको ‘तिमी’ बेग्लै हो 
बिना तंरगको
तिम्रो एक पुकारले मात्र
यो पानी धमेलिने भो (more…)

 प्रेम चित्र

तिमि जे भन,
स्वीकार गर या नगर
सुन या नसुन
म सुनाउदै छु
मैले सुनाउदा तिमीलाई दुख्न सक्ला
मुटू छुन सक्ला
आँखा रसाउन सक्ला (more…)

आऋती अलि कस्तो कस्तो
प्रॠति अलि भिन्न अनौठो
आकार एक बिचार  अनेक
प्रंशसकको भिडमा अमेत्य एक (more…)