भूमिका : राज्यद्दारा बेपत्ता पारिएको आफ्नो छोराको राज्यद्दारा क्षतिपूर्ति रकम लिन जाँदा एक बुढा बाबुले माड्साबको चियासँग गर्नु परेको साक्षात्कार तथा माड्साबको हाकाहाकी चियारुपी भ्रस्टाचारको सामु नझुकी एक बाबुले गरेको छोरोको आदर्शको सम्मान यो कवितामा समेट्न खोजिएको छ !
माड्साबको चिया
माड्साब
हल्का मुस्कुराए
खैनी माड़ी बोले
केहि चियाखर्च मिल्थ्यो कि बा ?
बा !
यी शब्द नसुनेको नि बर्षौ बितेछन्
मिठो बोली ति माड्साबका
र नि किन तीर झैँ गडेंछन् ?