बुद्ध नेपालमा जन्मिएका हैनन् #Reality

Posted: May 14, 2014 in बिचार गुत्थी
Tags: ,

buddha, birthplace, myth, nepal

Buddha

मेरी आमा भन्ने गर्नुहुन्थ्यो – “बेटु! यदि हरकोहीले कुनै रुखलाई सिधा छ भनी भनिरहेका छन् भने तँ नि आफ्नो बुद्धि, विवेकको प्रयोग नगरी सिधा होस् या बाङ्गो सिधै भन् है त”। माँको उक्त कुरा केही हदसम्म त अपनाइयो पनि – किनकि सुन्नेलाई त्यही सुनाउनुपर्ने रहेछ जुन उसले सुन्न चाहन्छ र न मात्र भलो हुनेरहेछ नत्र रातो हलुवावेदलाई आगो हो भनी विश्वस्त भैं चिसोमा तातो हुन खोजिरहेका बाँदरको झुण्डलाई भँगेरीले त्यो हलुवावेद आगो हैन फल हो भन्दा उल्टै प्राणत्याग गर्नुपरेको कथाले मष्तिस्कमा दस्तक दिन आइपुग्ने रहेछ।   [ Mom ले यसअघि SEX शिक्षा मा Guide गर्नुभएको थियो ]

तर Buddha was born in Nepal को मुद्दामा भने म मामुको युक्तिमा हिड्न सकिरहेको छैन।मन मनमनै गौरवान्तित महसुस गर्छ – बुद्ध नेपाली भूमिमा जन्मिएका थिए – मेरो देशको शान 🙂 तर यथार्थको धरातलमा उभिई सोच्दा मन फेरी खिन्न हुनपुग्छ – खोक्रो राष्ट्रियता अनि भ्रमको आडम्बर कहिलेसम्म ? 😦

बुद्धको जन्मस्थल नेपाल भन्ने कथनसँग म बिश्वस्त हुन नसकेको मैले यी प्रश्नहरु आफैलाई सोधी हेर्दा नपाएपछि हो।

प्रश्न १अशोक स्तम्भ तथा अन्य स्मारकहरुबाट सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिएको प्रमाणित हुन्छ तर उक्त जन्म अवधिमा नेपाल शब्द अस्तित्वमा थियो या थिएन ?

buddha, nepal, history, lonelyplanet

नेपालको इतिहासको शुरुवात किरात बंशबाट लिने हो भने पनि नेपाल शब्दको अस्तित्व थियो भन्नेमा आश जगाउन सकिन्छ किनकि Lonelyplanet.com मा लेखिए अनुसार किरात बंशको शुभारम्भ इशापूर्व २५०० वर्षअघि 6th Century तिर राजकुमार सिद्धार्थ गौतमको जन्म हुनुपूर्व नै 7/8th Century तिर किराँतीहरुको उदय भएको बुझिइन्छ….

….. तर प्रश्न २ मा नअल्झिदासम्म!

प्रश्न २ – नेपाल शब्द अस्तित्वमा थियो भने पनि तत्कालिन गौतम बुद्ध अवधिताका नेपाल सीमाक्षेत्रमा लुम्बिनी पर्थ्यो या पर्थेन ?

पर्थ्यो भन्नेमा शंका बिधमान त छ नै तर नि पूर्णत बिश्वस्त हुन इतिहासका ठेली पल्टाउनु पर्ने हुन्छ। 

त्यतिबेला पर्थेन भने अहिले पर्छ, कुरो सकिएन र यतिले ? – मनमनै यो प्रश्नले नगाँजेको हैन तर केहि केटौले प्रश्न यो प्रश्नभन्दा हावी भैदिएर आएपछि म चुप लागे।

“लुम्बिनी अहिलेको आधुनिक नेपालमा पर्ने भएकाले गौतम बुद्ध नेपालमा जन्मेको मान्ने हो भने कथमकथाचित भविष्यमा नेपाल चिनमा गांभिन पुग्यो भने गौतम बुद्ध अब चाइनामा जन्मिएको भन्न मिल्छ ?”

अर्को केटौले प्रश्न – “नेपालमा जन्मिएकोलाई नेपाली भनिए झैं गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भने उनि नेपाली हुन् भनि किन भनिइदैन?”

गुगलमा छरिएर रहेका सत्य(?) पढ्दै आफैभित्र चलेका गम्भीर तर्कहरु यस्ता साधारण वजनबिनाका केटौले प्रश्नहरु सामु निरिह बनेपछि खै के भन्ने हुँदोरहेछ…

उत्तर दिन गाह्रो परिरहेको यस्ता बचकाना प्रश्नहरुलाई एकातिर पन्छाई थाँती राख्ने हो भने नि अर्को प्रश्न टड्कारै छ!

प्रश्न ३ – सिद्धार्थ गौतम बुद्ध तब कहलिए जब उनले बुद्धत्व प्राप्त गरे। बुद्ध हुनुपूर्व उनि मात्र एक राजकुमार थिए। लुम्बिनीमा त राजकुमार सिद्धार्थ गौतम जन्मेका हुन्। बोधि (ज्ञान,बुद्धत्व) त उनले बोधगयामा प्राप्त गरे। हैन र ?

यस्ता प्रश्नहरुको बीच घेरिएपछि म बिश्वस्त भएको यस कुरामा हो!

Siddhartha Gautam was born in Lumbini, present-day Nepal, who became one of the Buddha after the Enlightenment.

One of the Buddha ?

हामीले सजिलोको लागि गौतम बुद्धको पर्यायवाची बुद्ध बनाएका हौँ। अन्तरनिहित सत्य साक्षात्कार गरेका व्यक्ति बुद्ध, अरिहन्त कहलिन्छन र गौतम बुद्ध भन्दा पहिले र पछि त्यस्ता व्यक्तिले जन्म लिएका थिएनन् भनि ठोकुवा गर्न सकिइदैन।

definition of buddha

बौद्धधर्मावलम्बिहरु गौतम बुद्ध – मात्र एक बुद्ध स्विकार्दैनन्।

siddharth not only one buddha

 बुद्ध

कोलाहलपूर्ण वातावरणमा एकान्त खोइ कहाँ छ ?

बुद्ध एक त्यहाँ छ – शान्त मन जहाँ छ।

बुद्ध कहाँ जन्मिए, व्यर्थैमा यो विवाद किन ?

शान्त यस तलाउमा कृपया ढुंगा नहान।

 

सत्य अहिंसाका पुजारी शान्तिका ति दुत हुन्

स्थुल शरीर नसम्झ, ज्योति एक रुप हुन्

बुद्ध कुन देशका, यो हानाथाप किन ?

कलहको यो बिउलाई झ्यांग बनाउन पाइन्न।

Request : –  If You Liked the above Article then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for the next post.

 # बुद्ध, उनको जन्मस्थल आदिको यो Reality मेरो नितान्त व्यक्तिगत Realization हो …  तर तपाईंको विचारहरुले मलाई Convinced OR Confused बनाउन सक्छन भने म हृदयदेखि आभारी हुनेथिए!

Comments
  1. Keith LLoyd says:

    Hi there, your writing is enlightening to the facts that most of us are into epic confusion. Though Buddha is one word “invented” rightly after Lord Gautam Buddha. His birth however is undoubtedly in Nepal but his devine enlightenment acquired in India the then country beside Nepal. Regarding the origin of INDIA itself is blur… the land then was divided and ruled from various rulers and made their colony and part of area to be claimed as this and that… so then Nepal is born. So let us not keep that confusion into mind of Buddha’s birthplace. Whatever the circumstances it had been Buddha is definitely born in Nepal. Enlightenment and Existence are two different factors though one can not question anybody of the nationality as the then Nation is already existed. It is solely not my intention to get any unnecessary arguments after this comment but Lets talk the walk or vice versa that Buddha is the pride of Nepal and definitely a Nepali born citizen. World is based on existence of a body and thus cited the nationality. It is a great paradox and an unsolving issues of tarnishing the Lord as a citizenship of a particular nation. Bodhagaya is merely a place where he acquired his devine Enlightenment in the so called India. Likewise, people come to Nepal and get enlightened, receives honors, climb mountains, this and that and that does not make anybody a citizen of that particular country. It is never a based on spiritual enlightenment one is given a citizenship. Universal truth and let us follow some of the practical conspiracy theories of the giant nations.

    Like

  2. Hrisheekesh says:

    भारतीय होस् क्या हो ?

    Like

  3. परकासदीप says:

    ल मलाई पनि यस्तै लाग्थ्यो । ठिक लेख लेख्यो साथीले ।

    Like

  4. khagendra2043 says:

    केटौले प्रश्न:- तलाई यो आर्टिकल लेख्न कुनचै धोतीले कति पैसा खुवायो……?

    Like

  5. tulasi pathak says:

    tero mobile no. de ma phone garchhu khate

    Like

Leave a Reply using mail or your social media FB, Twitter etc.