भिसा गर्ल – आँत भिज्छ, भिज्दैन गला #सुक्ष्म_विश्लेषण

Posted: May 8, 2014 in movie मन्थन
Tags: ,

visa_girl_ver11_xlg

नेपाली चलचित्र भिसा गर्ल हुन त 2012 Oct 05 अर्थात २०६९ असोज १९ गतेका दिन रिलिज भएको हो तर DVD ल्याई हेरीसकेपछि तत्कालिन समयमा मिश्रित त कहिँ अलि बढी आलोचित प्रतिकृया पाएको यस चलचित्रको बिषयमा खस्र्याकखुस्रुक केही नलेखी बस्नै सकिइएन।

रिलिज पश्चात चलचित्र सम्बन्धि आएका लेखहरु पढ्दा चलचित्र व्यवसायिक हिसाबमा चिप्लिएको भान हुन्छ, त्यो आफ्नै ठाउँमा छ तर त्यसको निर्देशनका साथै टिम वर्क तथा प्रस्तुतिकरणका बारेमा भने हेरीसकेपछि एउटा शब्द उच्चारण हुनपुग्यो – अब्बल !

प्रस्तुतिकरणप्रति अब्बलताका कारण अर्थाउनु अघि

Nepali Movie ‘Visa Girl’ Story in Short Form

आदित्य, संदेश र रियाज – तिन शहरिया युवा – NRN स्तुतिसँग मायाको खेल खेली अमेरिका हानिन चाहन्छन। आफु उत्कृस्ठ देखिन खुट्टा तानातान देखि हरेक तिकडम अपनाईन्छन् तर स्तुतिको व्वायफ्रेन्ड पहिलेदेखि रहेको थाहा हुन आएपछि छायाँ, प्राप्ति र हिसिला – जो पहिलेदेखि उनीहरुलाई मन पराउँदथे – सँग जोडी बनिनपुग्छन।

पात्रहरु

स्तुति – ऋचा शर्मा

आदित्य – विनय श्रेष्ठ

संदेश – कर्मा शाक्य

रियाज – रेमन दास श्रेष्ठ

छायाँ – रिमा बिश्वकर्मा

प्राप्ति – सलोनी राजभण्डारी

हिसिला – मेनुका प्रधान

Now the Reason Why Nepali Movie ‘Visa Girl’ Presentation is Excellent :-

Use of Symbolization :-

A : आदित्य – बल

हरियो टेनिस बललाई Destination USA सँग Symbolize गरिइएको छ

जस्तै : Embassy मा भिसा interview जानुभन्दा पहिले आदित्य बलसँग खेलिरहेको हुन्छ फ्याँक्दै – पकड्दै, होला कि नहोला दोधार

ball 1

Interview मा reject भएपछि बल तलबाट गुड्दै गई टाढा जान्छ जसरि टाढा हुँदैछ अमेरिका सपना

ball 2

NRN VISA Girl स्तुतिको through अमेरिका छुन त सकिएला तर गाह्रो छ जसरि खाटमुनिको बल टिप्नु

ball 3

स्तुतिकाण्डबाट नि बात नबनेपछि आदित्य आफै त्याग्छ अमेरिका भुत – छायाँछेउ हुँदै गुड्किन्छ बल

ball 4

B : रियाज – खुट्टा

जड्याहा बाबु,  कि ब्यां कि ज्याँ (कि बिहे कि काम) भनि कराईरहने आमा – परिवारसँग हल्का केहि दुरी छ रियाजको जसलाई उसको खुट्टा दैलो पार गर्न अक्मकाएको दृश्यबाट दर्शाईएको छ

jutta 1

पछि अमेरिका आशा बिथोलिएपछि आमालाई किनेको सल दिनजाँदा दैलो पार गरी दुरी कम गरेको संकेत छाडिइएको छ

jutta 2

C : संदेश – ओछ्यान

“तलाई मेरो ठाउँमा नसुत भनेको हैन जहिले नि” – ‘मेरो ठाउँ’ शब्द र आरामले सुतिरहेको भाइलाई अफ्ठ्यारो तरिकाले बेडको पल्लो कुना सार्नु – संकेत पर्याप्त छ सौतेनी भाइ जनाउन

sutai 1

Unexpressed Love :-

सिधै व्यक्त नगरिइएका मायाका भाव र प्रेमीले बुझोस् भन्ने प्रेमिकाको भावना – खाँचो केहिको

Lady Her Love Silently Saying Through
प्राप्ति संदेश Salt/Pepper Cartoon
छायाँ आदित्य घुमाउरो कुरा
हिसिला रियाज कालो टिका

#संदेशले नि आफ्नो step brother लाई भाइले बनाएको sketch through understand गरेको देखाइन्छ

Creativity Concept :-

सानै सहि Creativity र Concept मा कन्ज्युस्याँई गर्दैन चलचित्र – चाहे त्यो संवाद होस् वा दृश्य

औंला औंलाको संवाद

creativity 1

टाउको भरि छाता

creativity 3

घटना – परिस्थितिसँग matching T-Shirt

creativity 4

Sharp Sniff  :-

दर्शकले याद नगर्ने वा याद गरेर नि केहि फरक नपर्ने अवस्थाका दृश्यहरुमा नि निकै ख्याल गरिइएको छ – निकै नै मिहिन अध्ययन र तिखो सुघन शक्ति प्रयोग गरिइ

जस्तै : तिनजनाको गुलाफको फुल साँच्चिकै तिनथरिको छ

4

5

6

आस्तिक आदित्य अल्कोहोलमा नि आस्था देखाउँछ

2

Music & Lyrics  :-

मन छुने music अनि च्वास्स मुटु नै छेड्ने शब्द संयोजन छ song lyrics मा। प्रचण्डमान श्रेष्ठको निर्देशकीय टिम वर्क तारिफयोग्य त छ नै साथै काली प्रसाद बास्कोटा , सबिन एकतारे, कल्याण सिंह, अनिल स्थापित आदिको म्युजिक टिम वर्क नि प्रशंसायोग्य छ ।

Dialogue Delivery :-

चलिआएको चलचित्र चलनभन्दा बाहिर गएर शहरका युवा जमात बनेका पात्रहरु खिचातानी र झगडै गर्दा नि लाप्पा र धिसुम-धाँईको आवाज ननिकाली सभ्य तरिकाले लड्छन्।

संवाद – कम, सटिक र अर्थपूर्ण बोल्छन। कुनै कुनै संवाद मन तथा मर्मस्पर्शी छन् ।

घटना, मनस्थिति बुझाउन facial or eye expression वा body movement वा काम गराईको मद्दत लिन्छन् – बोलि भन्दा

दृश्य: टोलाएको मनस्थिति – छायाँलाई छायाँमा पारी

1

दृश्य: चित्त दुखेको स्थिति – हिसिला देखाउन चाहन्न मुहार सलले छोपी

3

Character Control :-

संदेश र रियाजका साथीहरु, छायाँको बिधार्थी, स्तुतिको माइजु – न कथाका मुख्य न सहायक न चरित्र पात्र नै हुन् – हुन् त छिटपुट पात्र र नि यिनीहरुको उपस्थितिलाई निर्देशकले न्यायपूर्ण व्यवहार गरेका छन्।

संवादभन्दा दृश्यलाई प्राथमिकता दिइएको भिसा गर्ल यति हुँदाहुँदै पनि के मा चिप्लियो त ?

#Simple Story :-

Story एकदमै साधारण छ – एक पातलो पारदर्शी पहिरन जस्तो। संबेदनशील अंग छोप्न पारदर्शी पहिरन पर्याप्त नभए जस्तै स्तुतिको व्वायफ्रेन्ड रुपी twist ले अंग छोपिएको भान भए झैँ कथा बनेको भान मात्र हुन आउँछ – घुम्ती, मोड भन्न नमिल्ने त्यस्ता twist ले सिधाबाटोलाई हल्का बांगो बनाएका मात्र हुन् जुन पर्याप्त छैन।

#Viewer Scope :-

दर्शक विधा शहर केन्द्रित लिएर आएको भिसा गर्ल शहरिया सोच, बोलीचाली अनि आनीबानीबाट परिचालित छ। शहरबाहिर नि दर्शक छन् र ति ठुलै मासमा छन् – फिलिमले सोच त्यहाँसम्म पुर्याएको देखिन्न। पहिलेनै शहरका (त्यो नि काठमान्डु बिषेशत:) सानो दर्शक परिधि बोकी बनेको चलचित्रले ठुलो दर्शक (नेपालभरिको) नपाउनु जायज हो।

#Language :-

शहरका युवा हिपाग्रेंजीमै बोल्छन् – सत्य हो तर नि पर्दामा नेपालीपन नै खोज्छन्। चलचित्रमा नेपालीपनको झल्को दिन प्रयास नगरिएको त हैन तर भाषाको सवालमा भने कतिपय दर्शकलाई पाच्य नहुन सक्छ – बढ्ता हिपान्ग्रेजी

#Confusion :-

Name, Relation आदि अन्य कुराहरु सिधै नबताई घुमाइ र ढिलो गरी बताउँदा केही दर्शक confused हुन सक्छन्।

– फिलिम शुरु भएको ४० मिनेटपछी बल्ल संदेश आफ्नो भाइ सौतेनी भएको भन्छ

– Interval पछि अर्थात् फिलिम सकिन ४५ मिनेट बाँकी रहँदा शिक्षिकाको नाम छायाँ र पाटने युवतीको नाम हिसिला रहेको थाहा हुन आउँछ

पुरापुर एउटा डल्लो फिलिमरुपी बरफ नै लिने हो भने गलाभन्दा भित्र नगई गला नै भिज्न गाह्रो पर्न जान्छ भिसा गर्ल तर यहि बरफलाई टुक्राई थोपा थोपा लिने हो भने आँतसम्म भिजिन पुग्छ – जुन प्राय: गरिइदैन – फलत: भिसा गर्ल चिप्लिएको हो कि ?

भिसा गर्लको लागि सुक्ष्म विश्लेषणका खेस्रा तयार गर्नु अघि गुगल गर्दै जाँदा कतै – एक समिक्षकले तिखा आलोचनापुर्वक लेखेका थिए – मनभन्दा मस्तिष्कले बनाइएको चलचित्र। हो चलचित्र मस्तिष्कबाटै बनाइएको छ किनकि मिहिन भन्दा मिहिन कुराहरु ध्यानमा राखिएको-सोचिएको छ र सोच्ने कुरा त मस्तिष्कले नै गर्छ नि हैन र ? सहमति छ तर असहमति यस मानेमा छ कि यसरि नै हामीले आफ्नो मस्तिष्क प्रयोग नगरी खालि मनमौजी कलम चलाई सकारात्मक पक्षलाई आत्मसाथ गरी प्रोत्साहन नै नगर्ने हो भने तिक्ष्ण मस्तिष्कबाट चलचित्र बन्दै जानेछन् अनि हामी आफ्नो भुत्ते मनबाट समिक्षा गरिरहने छौं – कालान्तर सम्म!

Request : –  If You Liked the above Article/Review then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for the next post.

दर्शक भै नेपाली चलचित्र भिसा गर्ल हेर्नु भएको थियो भने कस्तो लागेको थियो उक्त चलचित्र ? के कमी-कमजोरी थिए वा के राम्रा पक्ष थिए ? Please Share your Views too🙂

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s