माड्साबको चिया

Posted: April 28, 2014 in कविता कुण्ड

भूमिका : राज्यद्दारा बेपत्ता पारिएको आफ्नो छोराको राज्यद्दारा क्षतिपूर्ति रकम लिन जाँदा एक बुढा बाबुले माड्साबको चियासँग गर्नु परेको साक्षात्कार तथा माड्साबको हाकाहाकी चियारुपी भ्रस्टाचारको सामु नझुकी एक बाबुले गरेको छोरोको आदर्शको सम्मान यो कवितामा समेट्न खोजिएको छ ! 

माड्साबको चिया

माड्साब                                     tea money

हल्का मुस्कुराए

खैनी माड़ी बोले

केहि चियाखर्च मिल्थ्यो कि बा ?

 

बा !

यी शब्द नसुनेको नि बर्षौ बितेछन्

मिठो बोली ति माड्साबका

र नि किन तीर झैँ गडेंछन् ?

 

बुढो ज्यान

र धाइरहने यो काम

तुहिंदै छ छोरोको सिद्दान्त

इमान्दारिताको हुदैछ छ जो अन्त्य

 

प्रणालीको परिवर्तन

अनि शान्तिको पुनरागमन

जायज माग हुन् बा भनी

जंगलै होमिइगो कठै

जनयुद्द त साम्य भो कसै

तर न शान्ति फर्की आयो न छोरो नै

 

माथिल्ला हाकिम भन्छन्

हाम्लाई सूचना हैन पैसा आछ

बेपत्ताको सूचीमा तिम्रो छोराको नाम नि गाछ

 

बा !

माड्साब अलि कड्कडाए

झल्यास्स भएँ

छोरो त थिएन अगाडि

थिए त माड्साबका सुन्दरमुस्कान उही

कडापनका साथ केही

 

माड्साबका चिया बडा महँगा छन्

चियाको हरियो रंगले आफैलाई रंगा छन्

घरकी बुढी चियाखर्च दे भैगो नि भन्छिन्

बिचरी मेरी सोझी बुढी चियाखर्च के बुझ्थिन ?

 

फेरि मात्र एक बार भए त म नि मानुँ

यी मात्र हुन् कि हर ओठ तलतलमा छन् म कसोरी जानूँ ?

यही अराजकताको विरुद्ध रहेको छोरोको आदर्श चियाको मोलसँग म कुन मनले साँटु ??

 

त्यो त मिल्दैन हुजुर

मेरो आत्माले दिदैन

म अडिग भएँ

माड्साब ढिट भए

भने, फाइल अघि बढाउन मिल्दैन

किन ? म कड्किए

कागजपत्र मिल्दैन, उनि भड्किए

कस्तो कागजपत्र ? म सशंकित भएँ

नाता प्रमाणिकरणको, उनि अतिरंजित भए

खै के मा ? म आतंकित भएँ

नाम – सुनिल कार्की, दीर्घ र ह्रस्व ‘नि’ बाझियो छोराको, उनि आक्रामिक भए

 

क्षणभरको सन्नाटा

अनि यी दुई आँखाबिचको युद्द्ता

आँखाको पानी पुरै धमिलो

देखी सब मैदानै छाडीयो

 

मर्न देउ मेरो छोरोलाई

बेपत्ताहरुको अँध्यारो सुचीमा

मलाई मेरो छोरो जन्माउनु छैन

फेरी ब्युँताएर अर्को माड्साब बनाउनु छैन

 

माफ गर माड्साब

मैले चिया खुवाउन सकिन

खै किन हो छोरोको आत्मा रुवाउन सकिन

 

माड्साब! मौका मिले फेरि सामना गर्छु

तिमी जस्ताको तलतल मेटियोस्, यही कामना गर्छु !!

तिमी जस्ताको तलतल मेटियोस्, यही कामना गर्छु !!

 

Request : –  If You Liked the above Article then Plz like the Facebook Page of this Blog  ‘Ametya‘ – for next post.

यी माड्साबहरुको चियाको तलतल मेटिन्छ होला त ?

Comments
  1. Rochak Dahal says:

    Nikai ramro lagyo . 🙂

    Liked by 1 person

  2. beingnrb says:

    Outstanding! Keep writing.

    Liked by 1 person

Leave a Reply using mail or your social media FB, Twitter etc.