‘केही’ को कुरो

Posted: March 26, 2014 in बेतुके blog

न हातमा कलम न निधारमा परिचय र पनि कपालका घना बस्तिमा केही दगुरेझैं आभाष, शब्दै शब्दको जालोमा छट्पटिएको ‘केही’ निकासको अपेक्षामा जंगलै जंगल 6a00d834624bd669e2014e89aa8ee6970d-800wiभट्कीए जस्तो । यो शब्द ‘केही’ अनौठो रहेछ, केही न केही हरेकसँग हुने अनी बुझ्न नसके केही न केही को हुइने ।

‘पढाइ त सकियो, अब के गर्नुहुन्छ ?’
‘केही न केही त गरिएला नि’
‘कस्तो केही ?’
‘हेरुम !’

भनेपछि हरेक ब्यक्ती केही न केहीलाई लिएरै हिंडेको हुँदोरहेछ,कुनै पनि बेला त्यो ‘केही’ बिस्फोट भैदेला अनी त्यै ‘केही’ को भरमा केही न केही गरिएला भन्ने स्वर्णिम आशमा । त्यो ‘केही’ कहिले बिस्फोट होला त ? कसैका ‘केही’ जन्मिएदेखी नै चुच्चो निकाल्दै बसेका हुन्छन् त कसैका ‘केही’ खन्दा खन्दा लोद भएपछि बल्ल चुच्चो पसार्ने गरी लुकेका हुन्छन् । कुनै कुनैका चाँही बिस्तारै बिस्तारै आँफै समयसँगै घस्रन थाल्छन् अनी अनुकुल बातावरण पाउने बित्तिकै खरायो तालमा दगुर्न थाल्छन् ।

यसरी ‘केही’ मा केही खोजिरहँदा यो ‘म’ पात्रलाई पक्कै केही भएको छ भनी सोच्नु हुँदो हो ? केही त पक्कै भएको छ । मैले यो ‘केही’ महसुस गर्न थालेको भर्खरै हो । त्यो ‘केही’ के हो ? थाहा भएन । कहिले काँही डर लाग्छ, कँही यो ‘केही’ ले केही नै नभएको शुन्यमा त पुर्‍याउने हैन ?

‘कुरो मात्र गरेर भएन । केही(काम) गर्नुपर्‍यो ।’
‘केही(माया?) भएकै हुनुपर्छ । छाम त मुटु’
‘केटो गतिलो छ, केही(खास) बात छ केटोमा’

यसरी ‘केही’ केही नै नबोलिकन केही भनिरहेका छन्, मात्र सक्नुपर्‍यो सुन्न, बुझ्न र मनन गर्न । केही न केही त अवश्य छ हरेकभित्र, तर त्यसलाई खनेर निकाल्न केही न केही त अवश्यै चाहिएला-परिश्रम, अथक प्रयास, धैर्यता आदि आदि, हैन र ? तर सपना मात्र बुन्ने दिमाग र अल्छे शरीरले कहाँ गरी खान दिदाँ रहेछन् र,
यिनिहरु चिच्याउँदै छन्-’यहाँ २ दिनमै ‘केही’ खन्नुपर्‍यो, कोही मजदुर छ कि छैन, हँ ?’

Leave a Reply using mail or your social media FB, Twitter etc.

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s