हामीले देख्दै आएका, देखेर पनि वास्ता नगरिएका, वास्ता गरेर पनि कलमद्वारा नपोखिएका नेपाली आधुनिक समाजका चार दृश्य:-
पहिलो:-
पुषको पहिलो हप्ताको जाडो जाडो मौसम छ । साथी हुन् शायद, कुरा गर्दैछन् (हल्का कुइरो हुनाले प्रस्ट देखिएको छैन)
“जाडो छ हगि ?” मसिनो आवाज ।
” हो त! हात छाम त ” अली भारी आवाज ।
” बदमास ! छोड, कस्तो जाडो लाग्यो मलाई ”
“अब…… ” दुई ज्याकेट घस्रिदाको ख्यास्राक आवाज आयो ।
देखें, साइकल डोर्याँउदै गरेको एक केटो र सँगै हिड्दै गरेकी केटी अंगालोमा बाँधिएर ट्युशन(शायद) जाँदै थिए, पछाडि क्यारियरमा कक्षा ८ को किताब च्यापिएको थियो ।
दोश्रो:-
” पाँच अरु दिनु न ”
” ती बाट यि आको पच्चिस ! सधैं ओहोरदोहोर गरिन्छ हो भैया ”
” ५०-५० केजीको दुई बोरा चामल पनि त छ दिदी ”
“लिने भए खुरुक्क यो बिस लेउ, हैन भने यो पनि दिन्न ”
” हे दिदी ! गरीबको पेटमा लात नहान्नु न हो ”
” कस्तो किचकिचिया रहेछ, ल लेउ यो दुई रुपैयाँ ”
त्यै साँझ ति महिला चटपटेवालाकाँ घुच्चुप खाँदै गरेको देखियो ।
तेस्रो:-
“साहुजी ! एउटा चुरोट दिनु त ।”
दोकानको छेवैमा केही अधवैशें उमेरका मानिसहरु राजनीतिक तथा समसामयिक गफगाफ गर्दैछन् ।
” खानै थियो त अली पर गएर खाए हुन्न ? किन यो भिड्मा फेरी बुढाहरुको छेवैमा खाएको नि ?” २४-२५ बर्षे एक केटाले चुरोट सल्काइरहँदा म आफ्नै मनभित्र उसँग प्रश्नोत्तर गर्दै थिए ।
“उनिहरु आँफै खाँदैछन्, फेरी यि चिन्दै नचिनेका बुढासँग के को डर ?” म भित्रको उ जङियो ।
“उनिहरुको खराब नभै राम्रो आचरण समात्न सक्किन ? अनी फेरी उमेर ढल्केका जो सुकै हुन्, उनिहरुसँग डर हैन आदर राख्नुपर्छ । भरसक चुरोट खाँदै नखाने, लिए पनि आदर गर्नुपर्ने बुढाबुढी बिच नभै साथीहरुसँग ठीक ठाउँमा लिए हुन्न ?” मनमनै मैले यती भनिरहँदा सम्म एक कृत्रिम वायुमण्डल मेरो नाकमा ठोकिइसकेको थियो
चौथो:-
“ओ दाई ! हेर्नुन, यो केटो अघिदेखी हामीलाई पछ्याउदै छ ।”
” अनि मोटि,सोटी भनी जिस्काउदै पनि छ ” अर्कीले थपी ।
“ओइ केटा,के हो ? हाम्रो गाउँको चेलीबेटिलाई जिस्काउने तँ ?” त्यो दाई भनाउँदो सुरिदै आएर त्यो केटोको कलर समाती एक मुक्का दिइ त गो । रन्थनिएर गिरेको त्यो केटोलाई ‘दाइ’ थर्काउँदै थियो
“अब देखी तलाईं यो टोलमा देखे भने तेरो खैरियत छैन, बुझिस् ?” नाकबाट बगेको रगत पुछ्दै भुँइमा लडेको त्यो केटो भन्दै थियो
” म त मोबाईलमा श्वेतासँग कुरा गर्दै थिए, साला, वैसै पिट्दो रहेछ ”
Note : December 14, 2007 at 12:42pm posted on my facebook
really interesting stories. loved them all.
LikeLiked by 1 person