कोही कोही मात्र हुन् कि सबै उस्तै हुन्
एक दुईलाई छाडेर कि संसारै यस्तै हुन्
बुझिनै गार्हो, नंगा भैकन पनि धोका
बाहिर जे देखिए नि प्रंशसाकै भोका
जती खाएपनि नअघाइने यो चिज कस्तो हो ?
सिढीं चढ्न भनेपछि यो भेटी सस्तो भो
एक दुई गीत गाएदेखि पुग्ने रै छ काम
साथमा साथी लाएपछि हुने कामै तमाम
साथी पनि कस्ता-चाकडी र दाम
किन बिगार्यौं कठै ! प्रंशसा मिठो नाम
च र द को परिबन्दमा परेछौ कि कसो ?
आच्चै! र त नि सुकसुक पनि बन्द छ त हो
बुझ्दछु, ओठ बन्द भए नि मनका यि भावहरु
अझ बिर्सी गएका छैनन् प्रंशसास्वरुप दिइने जोशिला ति धापहरु
यि दुई भाइको जालोमा बेरिएछौ एसोरी
उम्काउनै गार्हो भो छुटाउने पो कसोरी
यि भोकाहरु किन यती सारो सारो चिच्याउँछन्
स्वच्छ मनले हात जोड्दा फेरी हाथ मलेको भनी डराउँछन्
कसैको दिलै खोलेर तारिफ गर्दा नि कर्के नजर लाइयो
मात्र मुस्कुराइ स्वागत गर्दा नि तर्के प्रहार गरियो
तिमी त पैले एक्लै थियौ, एकान्त मन पराउथ्यौ
अस्तित्व विलिन होला कि भनी मित्र कम बनाउँथ्यौ
केही त बोल, आखिर यि सब किन हुँदैछन् ?
तिम्रा प्रयास जती किन घाटका पानी पिउँदैछन् ?
मलाई त लाग्दैन, यि दुइद्वारा तिमी बलात्कृत हुँदैछौ
लाग्दछ, तिमी आँफै यिनीप्रति समर्पित हुँदैछौ
अमित (अत्मेय)जी टाइटल अनुसार सुरुवात मज्जा ले नै गर्नु भएको रहेछ अनि त्यहि टाइटलको धार बाहिर गएको जस्तो लाग्छ अन्त्य चाही !
लेख्न चाही अलिक व्यंग्यात्मक खोज्नु भएको रहेछ – तर मलाइ त खै के नभए जस्तो पो लाग्यो !
लेख्न खोज्दा कि त लयात्मकता पकड़नुस हैन भने लयलाइ छाडेर सरर बहेको तालमा लेख्ने कोसिस गरे राम्रो होला ! यो दुवै लाइ मिलाउन लाग्दा अलिक खल्लो हुन्छ प्रस्तुती !
LikeLike
“प्रशंसा” गर्नै मन नलाग्ने भो…..
LikeLike
सबै उस्तै, संसाबरै यस्तै !
चाकडी र प्रशंसाप्रति समर्पित नै भए जस्तो छ सारा जगत् । यसको सेरोफेरोमा व्यङ्ग्य राम्ररी बगाउनुभएको छ अमित जी । अन्तिमको दुई लाइन भने जताबाट फर्काएर बुझ्दा पनि हुने देखिन्छ है ।
LikeLike
राम्रो र प्रशंसायोग्य नै कविता छ ।
तर सुरुका चार लाईनमा र अन्ततिरका हरफहरुमा भएको उचाइ बीचका केही लाईनमा अलिकता फिक्का भएको छ ।
दोस्रो प्याराको छ लाइनलाई कि ८ कि ४ मै सिमित गरेको भए समान धार रहन्थ्यो कि जस्तो लाग्दैछ ।
काव्यमा आफू कमजोर नै भएपनि मनमा लागेको कुरा भने लेखेँ है ।
LikeLike
भन्न हुने हो किन हैन् तर पनि भन्छु है । मेरो अवस्था संग झन्डै ………..
LikeLike